back
CTIZAN AD

आज तिहारको मुख्य दिन : भाइटीकाले दिदीबहिनी र दाजुभाइबीच खुसी साटिँदै

वि.सं.२०८२ कात्तिक ६ बिहीवार

1.5K 

shares

काठमाडौँ । यमपञ्चकका रुपमा मनाइने तिहारको मुख्य दिन आज भाइटीका धुमधामका साथ मनाइँदैछ । दिदीबहिनीहरूले दाजुभाइको दीर्घायु, आरोग्य र समृद्धिको कामना गर्दै श्रद्धा, विश्वास र ममताका साथ पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाइरहेका छन् ।

हरेक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने यो चाडलाई यमद्वितीया पनि भनिन्छ । यस वर्ष तिथि वृद्धि भएकाले भाइटीका छैटौँ दिन परेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाउने परम्परा छ । यस्तो पूजा गर्नाले अखण्ड सौभाग्य र ऐश्वर्य प्राप्त हुने विश्वास रहेको धर्मशास्त्रविद् तथा समितिका सदस्य प्रा. डा. देवमणि भट्टराईले बताए ।

समितिका अध्यक्ष प्रा. शम्भुप्रसाद ढकालका अनुसार आज टीका लगाउने शुभ साइत बिहान ११ः३९ बजेको अभिजित् मुहूर्तलाई मानिएको छ । यस वर्ष टीका लगाइदिने दिदीबहिनी पूर्व र टीका लगाउने दाजुभाइ पश्चिम फर्कनुपर्ने परम्परा समितिले जनाएको छ । यसरी गर्दा तुला राशिमा रहेका पश्चिमका चन्द्रमा सम्मुख हुने र शुभ कर्म सफल हुने विश्वास छ ।

राज्य सञ्चालकहरूले भने साइतमै टीका लगाउनुपर्ने समितिको सल्लाह छ । आज लक्ष्मी पूजाका दिन स्थापना गरिएको दियो, कलश र गणेशको पूजा गरी मूल थालीमा लेखिएको अष्टदलमा अष्टचिरञ्जीवी र अन्य देवताको पूजा आराधना गर्ने परम्परा छ । त्यसपछि दिदीबहिनीले परम्पराअनुसार तेलको धाराले छेकी दाजुभाइको निधारमा पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाई मखमली, सयपत्री, गोदावरी आदिका माला पहिर्याउने गर्छन् ।

शास्त्रीय मान्यताअनुसार तिहारमा लगाइने टीकाको पाँच रङ्ग — रातो, सेतो, पहेँलो, हरियो र नीलो — मुख्य मानिन्छ । टीका लगाइसकेपछि दिदीबहिनीले दाजुभाइलाई सेलरोटी, मसला, ओखर, कटुस आदिका परिकार दिई सत्कार गर्छन् भने दाजुभाइले गच्छेअनुसार कपडा र दक्षिणा दिएर सम्मान प्रकट गर्छन् ।

दिदीबहिनी वा दाजुभाइ नहुनेका लागि बालगोपालेश्वर खुला

दिदीबहिनी नहुनेका लागि आजैका दिन रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिर खुलाइएको छ । वर्षमा एकपटक मात्र खुल्ने यो मन्दिरमा दाजुभाइ वा दिदीबहिनी नहुनेहरू भाइटीकाका दिन टीका लगाउन आउने गर्छन् ।

यसैगरी जयबागेश्वरीस्थित खञ्जनेश्वर महादेव मन्दिरमा पनि यस्तै परम्परा रहँदै आएको छ । विसं २०३५ अघि रानीपोखरीमा मानिस हामफाल्ने समस्या देखिएपछि केही वर्ष बन्द गरिएको मन्दिर अहिले फेरि खुला छ । अहिले पनि भाइटीकाको दिन यहाँ भक्तजनको भीड लाग्ने गर्छ ।

नेवार समुदायले भाइटीकाको दिनलाई ‘किजापूजा’का रूपमा मनाउने गर्छन् । भक्तपुरका नेवार समुदायका केहीले भने यस वर्ष बुधबार नै किजापूजा सम्पन्न गरेको बताइएको छ । भक्तपुर नगरपालिकाका अनुसार यो निर्णय तलेजु मन्दिरका पुजारीको सल्लाहअनुसार गरिएको हो ।

 

वि.सं.२०८२ कात्तिक ६ बिहीवार ०७:३६ मा प्रकाशित

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

कपिलवस्तु । कपिलवस्तु नगरपालिका–६ सिद्धिपुरस्थित भित्री सडकखण्डमा तीन जना सवार...

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

पोखरा । गण्डकी प्रदेशमा औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजाखेती...

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

काठमाडौं । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको गत आर्थिक वर्ष...

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...

फेदीखोलाले मनायाे दोस्रो राष्ट्रिय कोदो दिवसः स्थानीय उत्पादन प्रवर्द्धनमा जोड

फेदीखोलाले मनायाे दोस्रो राष्ट्रिय कोदो दिवसः स्थानीय उत्पादन प्रवर्द्धनमा जोड

स्याङ्जा । नेपाल सरकारको मिति २०८३ साउन ६ गतेको निर्णयअनुसार...

मुग्लिङ–नारायणगढ सडक पहिरोका कारण दुईतर्फी अवरुद्ध

मुग्लिङ–नारायणगढ सडक पहिरोका कारण दुईतर्फी अवरुद्ध

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...