back
CTIZAN AD

झिलिमिली बत्तीले उज्यालो बनेको धरान : तिहारको रौनकले सहर नै चम्कियो

वि.सं.२०८२ कात्तिक ६ बिहीवार

1.1K 

shares

 

धरान, (सुनसरी) । ‘फेसन’ र सांस्कृतिक विविधताको सहर भनेर चिनिने धरान अहिले तिहारको झिलिमिली उज्यालोमा झनै रौनकिलो बनेको छ । देशका अन्य सहरझैँ यहाँका घरघरमा झिलिमिली बत्ती बलिरहेका छन् । सडक गल्लीमा फूलमालाको सुगन्ध फैलिएको छ भने राति बत्तीको उज्यालोले सहर नै चम्किएको छ । दिउँसो बजारको भीडभाड र किनमेलले तिहारको उत्सवलाई झनै रंगीन बनाएको छ ।

तिहारलाई फूल, रङ र उज्यालोको पर्वका रूपमा मनाइन्छ । नेपाली घरघरमा दियो बाल्ने परम्परा पुरानो भए पनि अहिले माटाको दियो र मैनबत्तीको स्थान आधुनिक विद्युतीय बत्तीले लिएको छ । यससँगै विद्युतीय बत्तीको माग हरेक वर्ष बढ्दै गएको छ ।

धरानका व्यवसायी सुलिन श्रेष्ठ भन्छन्, “पहिले दियो र मैनबत्तीको चलन थियो, अहिले विद्युत सहज भएपछि ती सामान विस्थापित भइसकेका छन् । तिहार सुरु भएपछि झिलिमिली बत्तीको बिक्री धेरै बढ्छ । दैनिक करिब ५० देखि ६० हजार रुपैयाँसम्मको बिक्री हुन्छ ।”

घर, पसल र कार्यालयमा रातभर उज्यालो पार्ने चलन बढेसँगै बत्तीको व्यापार पनि फस्टाएको छ । बजारमा हाल ३० रुपैयाँदेखि २० हजार रुपैयाँसम्मका फरक–फरक डिजाइनका बत्ती पाइन्छन् । श्रेष्ठका अनुसार, “धरानका गल्लीगल्ली झिलिमिली बत्तीले सजिएका छन्, युवायुवतीहरू त्यसैमा सेल्फी खिच्दै सामाजिक सञ्जालमा तस्बिरहरू सेयर गर्छन् । देउसी–भैलोका समूहले घरघरमा पुगेर गीत र नृत्यको माधुर्य फैलाइरहेका छन् ।”

अर्का बत्ती व्यापारी कृष्ण यादवका अनुसार, धरानमा हरेक वर्ष नयाँ शैलीका बत्तीको माग बढ्दो छ । “सामाजिक सञ्जालमा देखेका दृश्यहरू देखाएर यस्तै चाहियो भन्छन् । यस वर्ष नयाँ डिजाइनका एलईडी स्ट्रिङ, रिमोट कन्ट्रोल बत्ती र नयाँ खालका झिलिमिलीहरू बढी बिक्री भइरहेका छन्,” यादवले बताए ।

सुनसरी उद्योग वाणिज्य सङ्घका महासचिव प्रभाव खतिवडाले पनि गत वर्षको तुलनामा यस वर्ष तिहारमा व्यापार करिब २० प्रतिशतले बढेको बताए । “हरेक घरमा झिलिमिली बत्ती र सजावटको आकर्षण बढेको छ । यसले बजारमा आर्थिक गतिविधि पनि बढाएको छ । फूल, माला, बत्ती र उत्सव मिलनले धरान साँच्चिकै उज्यालो सहर बनेको छ,” उनले भने, “सांस्कृतिक र आर्थिक दृष्टिले पनि तिहारले धरानलाई नयाँ ऊर्जा र चमक दिएको छ ।”

 

 

वि.सं.२०८२ कात्तिक ६ बिहीवार ०८:०३ मा प्रकाशित

देवचुली नगरपालिकाद्वारा ९८ करोड बजेट पारित

देवचुली नगरपालिकाद्वारा ९८ करोड बजेट पारित

नवलपुरको देवचुली नगरपालिकाको १८औँ नगरसभा अधिवेशन सम्पन्न भएको छ। नगर...

 प्रगतिशील बुद्धिजिवी संघको अध्यक्षमा पोखरेल निर्वाचित

 प्रगतिशील बुद्धिजिवी संघको अध्यक्षमा पोखरेल निर्वाचित

काठमाडौँ । अखिल नेपाल प्रगतिशील बुद्धिजिवी संघको अध्यक्षमा महादीप पोखरेल...

‘हेलो गृह कल सेन्टर’ सञ्चालनमा, यी नम्बरमा फोन गर्न सकिने

‘हेलो गृह कल सेन्टर’ सञ्चालनमा, यी नम्बरमा फोन गर्न सकिने

काठमाडौं ।  गृहमन्त्रालयले आफ्नो कार्यक्षेत्रसँग सम्बन्धि गुनासो,उजुरी तथा सुझाव सङ्कलन...

रासायनिक मल नपाएर समस्यामा म्याग्दीका किसान  

रासायनिक मल नपाएर समस्यामा म्याग्दीका किसान  

म्याग्दी ।  म्याग्दीमा रासायनिक मलको अभाव भएको छ । मुख्य...

गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा आउँछः पर्यटनमन्त्री पौडेल

गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा आउँछः पर्यटनमन्त्री पौडेल

देवदह (रुपन्देही) । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री खडक राज...

फिफा विश्वकप फुटबलः अष्ट्रेलिया पराजित गदै अमेरिका नकआउट चरण प्रवेश

फिफा विश्वकप फुटबलः अष्ट्रेलिया पराजित गदै अमेरिका नकआउट चरण प्रवेश

काठमाडौँ । फिफा विश्वकप फुटबल–२०२६मा अमेरिकाले अष्ट्रेलियालाई पराजित गर्दै नकआउट...