back
CTIZAN AD

आज बिहीवार : तपाईंको राशिफल कस्तो छ ?

वि.सं.२०८२ कात्तिक ७ शुक्रवार

1.1K 

shares

 

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आज कार्यक्षेत्रमा आत्मविश्वास बढ्नेछ। पुरानो प्रयासको प्रतिफल पाइनेछ। मिहिनेतले नयाँ अवसर दिलाउनेछ। आर्थिक स्थिति बलियो बन्दै जानेछ। शुभचिन्तकहरूको सहयोगले मन प्रशन्न हुनेछ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
अचानक सुखद् समाचार सुन्न पाइनेछ। व्यापारमा लाभ हुनेछ। परिवारमा रमाइलो वातावरण रहनेछ। प्रेमसम्बन्धमा निकटता बढ्नेछ। स्वास्थ्य सामान्य रहला, आहारमा ध्यान दिनुहोस्।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
आफ्नो विचार सशक्त रूपमा प्रस्तुत गर्न सकिनेछ। अध्ययन वा बौद्धिक काममा प्रगति हुनेछ। दाम र मान दुवै प्राप्त हुने सम्भावना छ। दिउँसोतिर साना चुनौती आउन सक्छन्, संयम रहनुहोस्।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
नयाँ कामको सुरुवात गर्न अनुकूल समय छैन। पारिवारिक कारणले केही तनाव हुन सक्छ। खर्च बढ्ने सम्भावना छ। दिउँसोपछि परिस्थिति सुधारोन्मुख बन्नेछ। मित्रको सहयोग उपयोगी हुनेछ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
धेरै समयदेखि अड्किएको काम बन्नेछ। नयाँ योजनाले सफलता दिलाउनेछ। आर्थिक लाभका अवसर बढ्नेछन्। समाजमा सम्मान प्राप्त हुनेछ। शुभकर्म र भेटघाटका लागि शुभ दिन हो।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
सकारात्मक सोचले प्रगति दिलाउनेछ। पुरानो समस्या सुल्झिनेछ। कामप्रति लगनशीलता बढ्नेछ। प्रेमसम्बन्धमा सुधार हुनेछ। धार्मिक कार्यमा मन जानेछ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
घरपरिवारमा सान्त्वना मिल्नेछ। करियरमा राम्रो अवसर प्राप्त हुनेछ। व्यापारमा आम्दानी बढ्नेछ। लामो समयदेखि पर्खिएको फल आज मिल्ने सम्भावना छ। आत्मविश्वासले सफलता दिलाउनेछ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आज खर्चिलो दिन हुन सक्छ। साझेदारीमा सावधानी अपनाउनुहोस्। कार्यस्थलमा असमझदारी हुन सक्छ। दिउँसोपछि परिस्थिति सुधार हुने संकेत छन्। धैर्यले सफलता दिलाउनेछ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
शुभकाम र योजना सफल हुनेछन्। आर्थिक लाभ हुनेछ। मित्र वा आफन्तको सहयोगले कार्य सिद्ध हुनेछ। यात्रा वा नयाँ प्रस्तावका लागि समय अनुकूल छ। आत्मबल बढ्नेछ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
आज मिहिनेतअनुसार राम्रो परिणाम पाइनेछ। पारिवारिक सद्भाव बढ्नेछ। नयाँ योजनाले उत्साह ल्याउनेछ। अध्ययनमा रुचि बढ्नेछ। धार्मिक वा सामाजिक कार्यक्रममा सहभागी भइनेछ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
कर्मठता र इमान्दारीको मूल्यांकन हुनेछ। अवसरका ढोका खुल्नेछन्। पुरानो समस्या समाधान हुनेछ। खर्च र आम्दानी दुबै बढ्ने सम्भावना छ। आत्मबलले लक्ष्यमा पुग्न सहयोग पुर्‍याउनेछ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
आज मन प्रसन्न रहनेछ। रमाइलो यात्रा वा प्रियजनसँग भेटघाट हुनेछ। सृजनात्मक कामबाट प्रशंसा पाइनेछ। आर्थिक रूपमा सहजता आउनेछ। प्रेम र पारिवारिक जीवनमा मधुरता रहला।

 

२०८२ असोज ३० गते, बिहीवार, १६ अक्टोबर २०२५
तिथि : कार्तिक कृष्णपक्ष तृतीया
नक्षत्र : विशाखा
चन्द्रराशि : वृश्चिक

उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य)

 

वि.सं.२०८२ कात्तिक ७ शुक्रवार ०७:१६ मा प्रकाशित

सुन र चाँदीको मूल्यमा गिरावट

सुन र चाँदीको मूल्यमा गिरावट

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा उच्च गिरावट आएको...

बाढीपीडितलाई राहत बाँड्न नुवाकोट पुग्यो नेप्लिज तेक्वान्दो एकेडेमी

बाढीपीडितलाई राहत बाँड्न नुवाकोट पुग्यो नेप्लिज तेक्वान्दो एकेडेमी

नुवाकोट । रसुवाको भोटेकोशी क्षेत्रमा आएको बाढी तथा विपद्बाट प्रभावित...

कर्मचारी सञ्चय कोषद्वारा बाढीपीडितका लागि दुई करोड ५० लाख सहयोग

कर्मचारी सञ्चय कोषद्वारा बाढीपीडितका लागि दुई करोड ५० लाख सहयोग

काठमाडौँ । रसुवाको भोटेकोशी तथा त्रिशूली नदीमा यही भदौ १०...

एनएमबि बैंकद्वारा भोटेकोशी बाढीपीडितलाई ३ करोड ६१ लाख सहयोग

एनएमबि बैंकद्वारा भोटेकोशी बाढीपीडितलाई ३ करोड ६१ लाख सहयोग

काठमाडौं । एनएमबि बैंक लिमिटेडले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट...

भोटेकोशी बाढीपीडितका लागि एभरेष्ट बैंकको ३ करोड ११ लाख सहयोग

भोटेकोशी बाढीपीडितका लागि एभरेष्ट बैंकको ३ करोड ११ लाख सहयोग

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट...

भोटेकोशी बाढीपीडितका लागि प्रभु बैंकको २ करोड ११ लाख सहयोग

भोटेकोशी बाढीपीडितका लागि प्रभु बैंकको २ करोड ११ लाख सहयोग

काठमाडौं । प्रभु बैंक लिमिटेडले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी...