काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक सुरु भएको छ । बैठक केहि बेर अघि प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको हो ।
बैठकमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केही शर्मा ओलीसहितका सबै सचिवालय सदस्यहरु उपस्थित छन् । दुई अध्यक्ष ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच छलफल भएपश्चात बैठक सुरु भएको हो । ओलीसँग बैठकका बारे छलफल गर्न प्रचण्ड बैठक समयभन्दा अघि नै बालुवाटार पुगेका थिए ।
यसअघि गत शुक्रबार बसेको सचिवालय बैठकले अर्को बैठकका लागि आजको मिति तोकेको थियो । जुन निर्धारित निर्णयअनुसार नै बैठक बसेको हो ।
शुक्रबारको बैठकमा अध्यक्ष प्रचण्डसहितका पाँच सचिवालय सदस्यले १९ पन्ने प्रस्ताव छलफलको लागि अघि सारेका थिए । सारै ओलीले प्रचण्डलाई लेखेको पत्र र प्रचण्डले ओलीलाई लेखेको पत्र पनि छलफलका लागि सबै सदस्यलाई बाँडिएको थियो ।
१९ पन्ने प्रस्ताव आफुँविरुद्व आएको भन्दै ओलीले निरन्तर प्रस्ताव फिर्ता लिएर मात्रै बैठक बसाल्नुपर्ने अडान राख्दै आएका थिए । ओलीले सचिवालय बैठकको समयमै मन्त्रिपरिषदको बैठकसमेत डाकेका थिए । जुन राष्ट्रपति भण्डारीसँगको परामर्श पछि फिर्ता लिए ।
विवादै विवादका बीच सुरु बैठकबाट केहि निष्कर्ष निस्कने आकंलन गरिएको छ ।
वि.सं.२०७७ मंसिर ३ बुधवार १३:५३ मा प्रकाशित






























