back
CTIZAN AD

वेस्टइंडिज विरुद्धको टि-२० श्रृखलाबाट बाहिरिए विलियमशन र बोल्ट, क-कस्ले पाए त मौका

वि.सं.२०७७ मंसिर ३ बुधवार

645 

shares

३ मङ्सिर, काठमाडौँ । वेस्टइंडिज र न्यूजिल्याण्ड बिचमा हुने टि-२० श्रृखलाबाट कप्तान केन विलियमशन र फास्ट बलर ट्रेन्ट बोल्ट बाहिरिएका छन । न्यूजिल्याण्ड क्रिकेटले उनीहरुलाई बिस्राम दिने निर्णय गरेको हो ।

कप्तान केन विलियमशनको स्थानमा टिम साउदीले वेस्टइंडिज विरुद्धको टि-२० श्रृखलामा कप्तानी गर्ने छन ।

न्यूजिल्याण्डको टि-२० टिममा काइल जेमीसन र डेभन कन्वेलाई पहिलो पटक समावेश गरिएको छ । त्यसैगरि ब्याट्सम्यान रस टेलर र पहिलो पटक टि-२० टिममा मौका पाएका फास्ट बलर काइल जेमीसनलाई न्यूजिल्याण्ड क्रिकेटले पहिलो र दोस्रो टि-२० का लागि मात्र टिममा समावेश गरेको छ । पहिलो र दोस्रो टेस्ट पछि दुवै खेलाडी न्यूजिल्याण्डको टेस्ट टिमसँग जोडिने छन ।

न्यूजिल्याण्ड र वेस्टइंडिज बिच ३ खेलको टि-२० श्रृखला र २ खेलको टेस्ट श्रृखला हुने छ । नोभेम्बर २७ मा न्यूजिल्याण्ड विरुद्ध पहिलो टि-२० खेल्दैँ वेस्टइंडिजले न्युजिल्याण्ड भ्रमणको सुरुवात गर्ने छ ।

वेस्टइंडिज विरुद्धको टि २० श्रृखलाका लागि न्यूजिल्याण्डको टिम:

टिम साउदी, हमीश बेनेट, डेभन कोन्वे, लकी फग्र्युसन, मार्टिन गप्टिल, काइल जेमिसन, डार्ली मिशेल, जिमी नीशम, ग्लेन फिलिप्स, मिचल श्यान्टनर, ईश सोधी, टिम सेफर्ट, रस टेलर ।

वेस्टइंडिज विरुद्धको टेस्ट श्रृखलाका लागि न्यूजिल्याण्डको टिम:

केन विलियमशन, टस ब्लेन्डेल, ट्रेन्ट बोल्ट, कोलिन डि ग्रान्डहोम, काइल जेमीसन, टम लाथम, हेनरी निकोल्स, अजाज पटेल, टिम साउथी, रस टेलर, नइल वाग्नर, बीजे वाटलिंग, विल योंग ।

वि.सं.२०७७ मंसिर ३ बुधवार १४:१७ मा प्रकाशित