back
CTIZAN AD

बोर्डले बैंक अफ काठमाण्डू र सानिमा बैंकलाई ऋणपत्र बिक्री गर्न दियो अनुमति

वि.सं.२०७७ मंसिर ३ बुधवार

645 

shares

३ मंसिर, काठमाडौं । नेपाल धितोपत्र बोर्डले दुई वटा वाणिज्य बैंकको ऋणपत्र बिक्री गर्न अनुमति दिएको छ ।

बोर्डले बैंक अफ काठमाण्डू र सानिमा बैंकलाई ऋणपत्र बिक्री गर्न अनुमति दिएको हो । दुवै बैंकले ऋणपत्र बिक्री गर्नको लागि बोर्डमा अनुमति दिएका थिए ।बोर्डले बैंक अफ काठमाण्डू र सानिमा बैंकलाई ५ अर्व ६० करोड रुपिँया बराबरको ५६ लाख कित्ता ऋणपत्र निष्कासनको लागि अनुमति दिएको हो ।

बैंक अफ काठमाण्डूले प्रति कित्ता १ हजार रुपैयाँका दरले १ अर्ब ६० रुपैयाँको दरले १६ लाख कित्ता ऋणपत्र बिक्री गर्न अनुमति पाएको हुन । त्यसमा ६४ करोडको ऋणपत्रमा लगानीकर्ताले आवेदन दिन पाउने छन भने बाँकी रहेको ९६ करोडको बैंक आफैले विभिन्न संघ संस्थालाई बिक्री गर्ने छ । बैंकको बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ रहेको छ ।

यस्तै सानिमा बैंकले प्रति कित्ता १ हजार रुपैयाँको दरले ४ अर्ब रुपैयाँको ४० लाख कित्ता ऋणपत्र बिक्री गर्न लागेको छ ।

बोर्डका अनुसार सानिमा बैंकको दसवर्षे डिबेन्चेर २०८६ अन्तर्गत इकाइधनीहरुले वार्षिक ८.५ प्रतिशत ब्याजदर पाउनेछन्। बैंकको ऋणपत्रको बिक्री प्रबन्धक एनआईसी एसिया क्यापिटल लिमिटेड छ ।

त्यस्तै, बैंक अफ काठमान्डूको दसवर्षे डिबेन्चेर २०८६ अन्तर्गत इकाइधनीहरुले वार्षिक ८.५ प्रतिशत ब्याजदर पाउनेछन् । बैंकको ऋणपत्रको बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ ।

वि.सं.२०७७ मंसिर ३ बुधवार १४:२५ मा प्रकाशित

यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

एनआईसी एशिया बैंकद्वारा प्यान र ईमेल अद्यावधिक गर्न आग्रह

एनआईसी एशिया बैंकद्वारा प्यान र ईमेल अद्यावधिक गर्न आग्रह

काठमाडाैँ । NIC Asia Bank ले आफ्ना ग्राहकहरूलाई खातामा स्थायी...

सामाजिक उत्तरदायित्वअन्तर्गत प्रभु बैंकको HRDC लाई सहयोग

सामाजिक उत्तरदायित्वअन्तर्गत प्रभु बैंकको HRDC लाई सहयोग

काठमाडौं  । प्रभु बैंक लिमिटेड ले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत...

सानिमा बैंकको नयाँ योजना: ०% ब्याजमा १२ महिनासम्म किस्ताबन्दी सुविधा

सानिमा बैंकको नयाँ योजना: ०% ब्याजमा १२ महिनासम्म किस्ताबन्दी सुविधा

काठमाडौं । सानिमा बैंक ले आफ्ना क्रेडिट कार्ड प्रयोगकर्ताका लागि...

यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

महालक्ष्मी विकास बैंकद्धारा विभिन्न संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रमहरु सम्पन्न

महालक्ष्मी विकास बैंकद्धारा विभिन्न संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रमहरु सम्पन्न

काठमाडौँ । महालक्ष्मी विकास बैंकले वित्तीय साक्षरता, शिक्षा, स्वास्थ्य, दैवी...