back
CTIZAN AD

मध्यरातकाे समय भेटेकी यान्छीले प्रधानमन्त्री ओलीलाई के सुझाब दिएकी थिइन् ?

वि.सं.२०७७ मंसिर ३ बुधवार

732 

shares

काठमाडौं । जब–जब सत्तारुढ नेकपाको आन्तरिक विवाद उत्कर्षमा पुग्छ तब–तब उत्तरी छिमेक सक्रिय भएको देखिन्छ । जसको निरन्तरता हाल पनि छ ।

गत वैशाखमा नेकपा विभाजनको तहसम्म पुगेको बेला उत्तर छिमेकले विवाद समाधानमा भूमिका खेलेको थियो । हाल पनि उत्तर छिमेकको भूमिका उसैगरि सक्रिय बनेको छ ।

बुधबार बोलाइएको सचिवालय बैठक अन्यौंलपूर्णं बन्दै गर्दा एकाएक मध्यरातीकाे समय चिनियाँ राजदूतले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर छलफल गरेकी थिइन् । यान्छीको मंगलबार रात गरिएको संवादसँगै बुधबार सचिवालयको बैठक बसेको छ ।

के सुझाब दिएकी थिइन् यान्छीले ?

प्रधानमन्त्री ओली निकट स्रोतका अनुसार मंगलबार रात ९ बजे यान्छी राष्ट्रपति सि चिनफिङको पत्र भन्दै बालुवाटार छिरेकी थिइन् । उनले प्रधानमन्त्रीलाई भेटेर पार्टी विभाजन जसरी पनि रोक्न आग्रह गरेकी थिइन् । स्रोतले उल्लेख गरेअनुसार यान्छीले प्रधानमन्त्री ओलीलाई घुमाउरो पारामा सत्ताबाट निस्किएर भएपनि पार्टी विभाजन रोक्न सुझाएकी थिइन् ।

उनले नेकपा कुनै हालतमा विभाजन हुन नहुने चाहना चिनियाँ कम्युनिष्ट पार्टीको भएको बताएको स्रोत बताउँछ । व्यक्ति फेरिएर केहि हुँदैन् तर पार्टी फुट्ने वा फेरिने गर्नु हुँदैन् भन्ने उनले सुझाब दिएकी थिइन् । छलफलमा यान्छीले नेकपासँग चिनियाँ कम्युनिष्ट पार्टी खुलेर सहकार्य गर्न चाहेको पनि बताएकी थिइन् ।

जनाइएअनुसार उनले अन्य शीर्ष नेतासँग पनि एकै पटक भेट गर्न चाहेकी थिइन् । तर विवाद आउनसक्ने भन्दै यान्छी पछि हटेको बुझिएको छ । तर, उनले चिनियाँ कम्युनिष्ट पार्टीको सन्देश भने सबैलाई पुर्याएको बुझिएको छ ।

वि.सं.२०७७ मंसिर ३ बुधवार १४:३१ मा प्रकाशित

राहदानी सेवाग्राहीका घरमा पु¥याउँदै चितवन प्रशासन

राहदानी सेवाग्राहीका घरमा पु¥याउँदै चितवन प्रशासन

चितवन । जिल्ला प्रशासन कार्यालय चितवनमा बनेर आएका राहदानी लिन अब...

हुम्लामा पनि डेङ्गुका बिरामी फेला

हुम्लामा पनि डेङ्गुका बिरामी फेला

अदानचुली (हुम्ला) । जिल्ला अस्पताल सिमकोटमा एक जना डेङ्गु सङ्क्रमित...

विद्यार्थीलाई सीप सिकाउन कपाल काट्ने तालिम दिइँदै

विद्यार्थीलाई सीप सिकाउन कपाल काट्ने तालिम दिइँदै

म्याग्दी । जिल्लास्थित बेनी नगरपालिका–४ तातोपानीस्थित सरस्वती माध्यमिक विद्यालयका विद्यार्थीलाई...

तस्बिरमार्फत गुल्मी चिनाउँदै दिनेश

तस्बिरमार्फत गुल्मी चिनाउँदै दिनेश

तम्घास (गुल्मी) । सदरमुकाम तम्घासमा यही वैशाख ११ देखि गुल्मी...

पश्चिम एशिया द्वन्द्वको मारमा नेपालको पर्यटन क्षेत्र

पश्चिम एशिया द्वन्द्वको मारमा नेपालको पर्यटन क्षेत्र

काठमाडौँ । पश्चिम एशियामा विगत केही हप्तादेखि भू–राजनीतिक तनाव बढिरहँदा...

अटो चलाएर आत्मनिर्भर बन्दै महिला

अटो चलाएर आत्मनिर्भर बन्दै महिला

ललितपुर । यहाँको महाङ्काल गाउँपालिका–४ की मखमली वाइबा पतिको मृत्युपछि...