back
CTIZAN AD

पहिलो त्रैमासमा ८० करोड कम नाफामा बैंक , कुन बैंकले कति कमाए ?

वि.सं.२०७७ मंसिर ३ बुधवार

573 

shares

३ मंसिर, काठमाडौं । चालु आर्थिक वर्ष २०७७/७८ को पहिलो त्रैमासमा वाणिज्य बैंकहरुको आम्दानीमा गिरावट आएको छ । विश्वव्यापि रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)  का कारण भएको लकडाउन र त्यसबाट जनजिवनमा पर्न गएको असरका कारण बैंकहरुले गत वर्षको पहिलो त्रैमासिकको तुलनामा नाफा कमाउन सकेनन् ।

कोभिड-१९ का कारण व्यवसायहरु धरासाई बनेको अवश्थाले गर्दा ऋणीहरुले समयमा कर्जा भुक्तानी गर्न नसक्दा बैंकहरुको आम्दानी घटेको हो। हाल नेपालमा सञ्चालनमा रहेका २७ वाणिज्य बैंकहमध्ये अधिकांशको नाफा गत वर्षको तुलनामा कमि आएको हो । यो आर्थिक वर्षमा गत वर्षको तुलनामा बैंकहरुको आम्दानी ८० करोड रुपैयाँ कम देखिएको छ ।

यो वर्ष धेरै नाफा कमाउनेमा ग्लोबल आइएमई बैंक शिर्ष स्थानमा रहेको छ । बैंकले पहिलो त्रैमासमा १ अर्ब ५ करोड ८८ रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो वर्षको पहिलो त्रैमासमा बैंलले ७५ करोड ३२ लाख रुपैयाँ नाफा कमाएको थियो ।

नाफा धेरै कमाउनेमा क्रमश दोस्रोमा नबिल बैंक १ अर्ब ३ करोड, एनआईसी एशिया बैंक १ अर्ब २ करोड, प्राइम कमर्सियल बैंक १ अर्ब १ करोड,प्रभु बैंकले ६२ करोडबाट ८५ करोड,राष्ट्रिय वाणिज्य बैंक ८३ करोड,एनएमबि बैंक ७३ करोड, नेपाल इन्भेष्टमेन्ट बैंक ६२ करोड, मेगा बैंक ६० करोड रहेका छन् ।

कुन बैंकले कति कमाए
१) ग्लोबल आइएमई बैंक                 १ अर्ब ६ करोड
२)नबिल बैंक                                   १ अर्ब ३ करोड
३) एनआईसी एशिया बैंक                १ अर्ब २ करोड १० लाख
४) प्राइम कमर्सियल बैंक                 १ अर्ब १ करोड ७६ लाख
५) प्रभु बैंक                                      ८५ करोड
६) राष्ट्रिय वाणिज्य बैंक                     ८२ करोड ९२ लाख
७)एनएमबि बैंक                               ७३ करोड २९ लाख
८) नेपाल इन्भेष्टमेन्ट बैंक                   ६२ करोड ३८ लाख
९) मेगा बैंक                                      ६० करोड ७९ लाख
१०) कुमारी बैंक                                ६० करोड २५ लाख
११) नेपाल बङलादेश बैंक                  ५७ करोड ११ लाख
१२)  नेपाल बैंक लिमिटेड                   ५५ करोड ४ लाख
१३) हिमालयन बैंक                            ५१ करोड ९९ लाख
१४) सिटिजन बैंक                              ५१ करोड ५५ लाख
१५) शिद्धार्थ बैंक                                ५० करोड ६ लाख
१६) कृषि विकास                                ४६ करोड १४ लाख
१७) स्ट्रयाण्डर चार्टड                           ४० करोड १३ लाख
१८)सन्साइजर बैंक लिमिटेड                ३८ करोड २९ लाख
१९) सानिमा बैंक                                 ३७ करोड ३२ लाख
२०) माछापुच्छे्र बैंक                             ३६ करोड ९ लाख
२१) एभरेष्ट बैंक                                       ३३ करोड ४७ लाख
२२) नेपाल क्रेडिट एण्ड कमर्स बैंक          ३३ करोड ४५ लाख
२३)  लक्ष्मी बैंक                                        ३१ करोड २३ लाख
२४) बैंक अफ काठमाडौं                         २४ करोड १४ लाख
२५) सेन्चुरी बैंकल                                    २२ करोड २ लाख
२६) नेपाल एसभिआई बैंक                        २० करोड ५ लाख
२७)सिभिल बैंक                                      ९ करोड ६६ लाख

गत आर्थिक वर्ष २०७६्७७ को पहिलो त्रैमासमा वाणिज्य बैंकहरुले १५ अर्ब ५५ लाख रुपैयाँ नाफा कमाएका थिए तर चालु आर्थिक वर्षमा १४ अर्ब ७६ करोड रुपैयाँ मात्र कमाएका छन् ।

वि.सं.२०७७ मंसिर ३ बुधवार १४:५८ मा प्रकाशित

राहदानी सेवाग्राहीका घरमा पु¥याउँदै चितवन प्रशासन

राहदानी सेवाग्राहीका घरमा पु¥याउँदै चितवन प्रशासन

चितवन । जिल्ला प्रशासन कार्यालय चितवनमा बनेर आएका राहदानी लिन अब...

हुम्लामा पनि डेङ्गुका बिरामी फेला

हुम्लामा पनि डेङ्गुका बिरामी फेला

अदानचुली (हुम्ला) । जिल्ला अस्पताल सिमकोटमा एक जना डेङ्गु सङ्क्रमित...

विद्यार्थीलाई सीप सिकाउन कपाल काट्ने तालिम दिइँदै

विद्यार्थीलाई सीप सिकाउन कपाल काट्ने तालिम दिइँदै

म्याग्दी । जिल्लास्थित बेनी नगरपालिका–४ तातोपानीस्थित सरस्वती माध्यमिक विद्यालयका विद्यार्थीलाई...

तस्बिरमार्फत गुल्मी चिनाउँदै दिनेश

तस्बिरमार्फत गुल्मी चिनाउँदै दिनेश

तम्घास (गुल्मी) । सदरमुकाम तम्घासमा यही वैशाख ११ देखि गुल्मी...

पश्चिम एशिया द्वन्द्वको मारमा नेपालको पर्यटन क्षेत्र

पश्चिम एशिया द्वन्द्वको मारमा नेपालको पर्यटन क्षेत्र

काठमाडौँ । पश्चिम एशियामा विगत केही हप्तादेखि भू–राजनीतिक तनाव बढिरहँदा...

अटो चलाएर आत्मनिर्भर बन्दै महिला

अटो चलाएर आत्मनिर्भर बन्दै महिला

ललितपुर । यहाँको महाङ्काल गाउँपालिका–४ की मखमली वाइबा पतिको मृत्युपछि...