back
CTIZAN AD

क्यानोनिङबाट स्थानीयवासी उत्साहित

वि.सं.२०७३ पुस २७ बुधवार

720 

shares

२७ पुस,पोखरा । क्यानोनिङ (छाँगावरोहण)को गाउँमा सम्भावना देखिएपछि स्याङजाको इलादीस्थित सुन्तलाबारीका स्थानीयवासीमा उत्साह थपिएको छ ।

इलादीस्थित सुन्तलाबारीमा नेपाल क्यानोनिङ एसोसिएसनका पदाधिकारी बोलाएर हालै प्रशिक्षण समेत सञ्चालन गरेपछि गाउँमा क्यानोनिङको सम्भावना रहेको कुराले स्थानीयवासीमा खुसीयाली छाएको स्थानीय समाजसेवी मोहन खनाल बताउनुहुन्छ ।

क्यानोनिङको साथै यहाँ वरपरका प्राकृतिक दृश्यावलोकन, स्थानीय कला संस्कृतिमार्फत पर्यटकलाई आकर्षित गर्ने अत्यधिक सम्भावना रहेको उहाँको भनाइ छ । यहाँका सातवटा घरमा दुई वर्षयता होम स्टे सञ्चालन गरिएको र यसको विस्तार गरी १५ वटा घरमा होम स्टे सञ्चालन गर्न लागिएको खनालले बताउनुभयो ।
सुन्तलाबारीको खाल्टे झरना करिब ६० मिटर उचाइमा रहेको छ । सो झरनाका साथै यहाँ नजिकै रहेको वसन्ती दह माथिको ३० मिटर उचाइको अर्को झरनामा समेत क्यानोनिङको सम्भावना छ । साहसिक पर्यटनलाई रुचाउने आन्तरिक तथा बाह्य पर्यटकलाई गाउँमा आकर्षित गरी आयआर्जनका विभिन्न अवसर सिर्जना गर्न सकिने स्थानीयवासीले विश्वास लिएका छन् ।

क्यानोनिङ प्रशिक्षक दवीन्द्र तामाङका अनुसार साहासिक पर्यटकीय खेलमा रमाउन चाहने जो कोही पर्यटकले अब सुन्तलाबारीमा पुगी क्यानोनिङको मज्जा लिन सक्नेछन् । वालिङ नगरपालिका–८ त्रियासीदेखि करिब सात किलोमिटरको दुरीमा रहेको सुन्तलाबारीमा एसोसिएसनले हालै स्थानीय आठजना युवालाई क्यानोनिङको तालिम दिएको थियो । रासस

वि.सं.२०७३ पुस २७ बुधवार ०९:४५ मा प्रकाशित

आज लोकतन्त्रले जितेको छः वरिष्ठ नेता शाह

आज लोकतन्त्रले जितेको छः वरिष्ठ नेता शाह

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाहले...

काठमाडौँका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी

काठमाडौँका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी

काठमाडौँ । प्रतिनिधिसभाको आज सम्पन्न निर्वाचनमा काठमाडौँ जिल्लामा ६० देखि...

प्रतिनिधिसभा सदस्य निर्वाचनः शान्तिपूर्ण रुपमा सम्पन्न

प्रतिनिधिसभा सदस्य निर्वाचनः शान्तिपूर्ण रुपमा सम्पन्न

काठमाडौँ । छिटपुट सामान्य घटनाबाहेक प्रतिनिधिसभा सदस्य निर्वाचनको मतदान आज...

बाँकेमा किरियापुत्रीद्वारा मतदान

बाँकेमा किरियापुत्रीद्वारा मतदान

खजुरा, (बाँके) । नेपालगञ्ज उपमहानगरपालिका–७ स्थित महेन्द्र माध्यमिक विद्यालयमा रहेको...

किरियापुत्रीद्वारा मतदान

किरियापुत्रीद्वारा मतदान

दमौली (तनहुँ) । व्यास नगरपालिका–११ मा दुई जना किरियापुत्रीले मतदान...

मालुमा पुनः मतदान सुरु, माइकिङ गरेर बोलाईदैँ मतदातालाई

मालुमा पुनः मतदान सुरु, माइकिङ गरेर बोलाईदैँ मतदातालाई

काठमााडौँ । दोलखाको तामाकोशी गाउँपालिका–४ मालुस्थित मतदान केन्द्रमा पुनः मतदान...