back
CTIZAN AD

नेपाली संघीय समाज अमेरिकाको अन्तरक्रिया

वि.सं.२०७३ पुस २७ बुधवार

978 

shares

sanghiya2

लोक चेम्जोङ, न्युयोर्क । नेपाली संघीय समाज अमेरिकाले अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।  अमेरिकाको न्यूर्योकमा समाजका अध्यक्ष समिर मर्हजनको सभापतित्वमा जनवरी ८ का दिन सम्पन्न भएको उक्त अन्तरक्रिया कार्यक्रममा “नेपाल राज्यको निर्माण, ऐतिहासिक पहिचान सहितको संघीयता र नयाँ संविधान अस्विकार्यताको सवाल” विषय रहेको थियो ।
उक्त अन्तरक्रिया कार्यक्रममा त्रिभुवन युनिभर्सिटीका उपप्राध्यापक मानवशास्त्री तथा कर्नेल युनिभर्सिटी अमेरिकाको पिएचडी क्यान्डियट डम्बर चेम्जोङ कार्यक्रमको मुख्य विषय प्रस्तोता हुनुहुन्थ्यो ।
कार्यक्रममा उहाँले नयाँ बनेको संविधानले २५० वर्षदेखि राज्यले विभेदमा पार्दै आएको नेपालका आदिवासी जनजाति, मधेसी थारु, सिमान्तकृत तथा सिल्पी समुदायको अधिकार सुनिश्चित नभएको बताउनु भयो ।

sanghiya4
समाजका उपाध्यक्ष विनोद पोमुले कार्यक्रममा स्वागत मन्तव्य दिदैँ संविधान शंसोधन आदिवासी मधेसको मात्र समस्या नभएर सम्पूर्ण नेपालीको समस्या रहेको बताउनु भयो । उहाँले नया संविधानमा चित्त नबुझेको कुरा नेपाली जनताले उठाउन पाउनुपर्ने कुरा राख्नु भयो ।
यसैगरी फिप्नाका अध्यक्ष लुइसाङ वाइवाले संसारमा रहेका आदिवासी जनजाति एक भएर संविधान संशोधन गराउन पहल गर्नुपर्नेमा जोड दिनुभयो ।
त्यस्तै किरात राई सोसाइटी अफ अमरेरिकाका बोर्ड अफ डाइरेक्टर मनु लोरुङ राइले आदिवासी जनजाति दलित महिला पछाडि पर्नुको मुलकारण एकजुट भएर अगाडि बढ्न नसक्नु प्रमुख कारण रहेको बताउनु भयो ।

sanghiya3
संघीय लिम्वुानका सभापति विरेन्द्र हाङ लिम्बु, अमेरिकी इन तराई एसोसिएसनका (एन्टा) का प्रतिनिधि रणधिर शर्मा, संघीय समाज अमेरिकाका प्रमुख सल्लाहकार दुर्गा सुब्बा र सासाङ लामाको समेत उपस्थिति रहेको उक्त अन्तरक्रियाको समापनका क्रममा समाजका अध्यक्ष समिर महर्जनले आफ्नो हकअधिकार लागि आदिवासी जनजातिहरु सक्षम भएर अनि एकजुट भएर अगाडि बढ्नु बाहेक अन्य कुनै विकल्प नरहेको बताउनु भएको थियो ।

कार्यक्रमका संयोजक संघीय समाज अमेरिकाका उपाध्यक्ष श्रीमती आङछिरीङ शेर्पाले गर्नु भएको भने  संघीय समाज अमेरिकाका महासचिव मनोज सिंहको सञ्चालनमा सम्पन्न भएको थियो ।

sanghiya1

वि.सं.२०७३ पुस २७ बुधवार ०८:३६ मा प्रकाशित

गैरआवासीय नेपाली नागरिकता र अधिकारकाे कार्यान्वयनमा सरकार अघि बढ्ने

गैरआवासीय नेपाली नागरिकता र अधिकारकाे कार्यान्वयनमा सरकार अघि बढ्ने

काठमाडौं । गैरआवासीय नेपाली (एनआरएन) का अधिकार, नागरिकता ऐनको प्रभावकारी...

ओएनएफ नर्वे टि-१० क्रिकेट रनिङ शिल्डको उपाधि हिमालयन भाइकिङलाइ

ओएनएफ नर्वे टि-१० क्रिकेट रनिङ शिल्डको उपाधि हिमालयन भाइकिङलाइ

प्रेम परियार, नर्वे । प्रवासी नेपाली एकता मञ्च (ओएनएफ) नर्वेको...

सापटी दिएको पैसा फिर्ता माग्दै समाजसेवी थापाले भने ….

सापटी दिएको पैसा फिर्ता माग्दै समाजसेवी थापाले भने ….

काठमाडौं । अमेरिकामा बसोबास गर्दै आएका नेपाली समाजसेवी हेम थापाले...

एनआरएनए मेडिहेल्थ सेन्टर आधिकारिक रूपमा भयो दर्ता

एनआरएनए मेडिहेल्थ सेन्टर आधिकारिक रूपमा भयो दर्ता

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् (एनसीसी)...

नेपाल–लक्जम्बर्ग लोककल्याणकारी संस्थाको अध्यक्षमा युद्ध थापा चयन

नेपाल–लक्जम्बर्ग लोककल्याणकारी संस्थाको अध्यक्षमा युद्ध थापा चयन

लक्जम्बर्ग । नेपाल–लक्जम्बर्ग लोककल्याणकारी संस्थाको १३ औँ वार्षिकोत्सव तथा अधिवेशनबाट...

सुदूरपश्चिम समाज मेरिल्यान्डको अध्यक्षमा यज्ञबहादुर राना निर्वाचित

सुदूरपश्चिम समाज मेरिल्यान्डको अध्यक्षमा यज्ञबहादुर राना निर्वाचित

मेरिल्यान्ड (अमेरिका) । सुदूरपश्चिमेली नेपालीहरूको साझा संस्था सुदूरपश्चिम समाज मेरिल्यान्डको...