back
CTIZAN AD

मेलाको आम्दानी शैक्षिक विकासमा लगानी

वि.सं.२०७३ पुस २७ बुधवार

1K 

shares

२७ पुस,पोखरा। नेपाल शैक्षिक परार्मश सङ्घ (स्क्यान) कास्कीद्वारा आयोजित “स्क्यान शैक्षिक मेला २०७३” बाट भएको आम्दानी जिल्लाका सामुदायिक विद्यालयको भौतिक निर्माणमा लगानी गरिने भएको छ ।

उच्चशिक्षाका लागि विदेशका विभिन्न विश्वविद्यालयमा अध्ययन गर्न इच्छुक विद्यार्थी र उनीहरुका अभिभावकलाई परामर्श दिने उद्देश्यले मेलाको आयोजना गरिएको हो ।

नमस्ते इन्स्टिच्युटको प्रस्तुतिमा हुने मेलाको सम्पूर्ण तयारी पूरा भएको स्क्यान कास्कीका अध्यक्ष मिलन तिवारीले जानकारी दिनुभयो । पोखरा सभागृहमा तीन दिनसम्म चल्ने मेलामा शैक्षिक गतिविधि समेटिएका ४५ वटा स्टल रहेका छन् ।

मेलामा शैक्षिक परामर्श व्यवसायी, स्वदेशी शैक्षिक संस्था, अष्ट्रेलिया, न्युजिल्यान्ड, युके, अमेरिका, डेनमार्क, जापान, जर्मन, नर्वे, भारत, स्वीडेन, फिनल्यान्डलगायत देशका कलेज तथा विश्वविद्यालयका आधिकारिक प्रतिनिधि सहभागी हुने स्क्यान कास्कीका उपाध्यक्ष तथा मेला संयोजक रमेशकुमार थापाले जानकारी दिनुभयो ।

पश्चिमाञ्चल क्षेत्रबाट बर्सेनि एक हजार ५०० भन्दा बढी विद्यार्थी उच्च शिक्षा अध्ययनका लागि विदेश जाने गरेको तथ्याङ्क छ । पोखरा र वरपर करिब २०० वटा शैक्षिक परार्मश दातृसंस्था सञ्चालनमा रहे पनि शिक्षा मन्त्रालयमा २७ वटाले मात्रै सेवा सञ्चालनको मान्यता प्राप्त गरेका छन् । रासस

वि.सं.२०७३ पुस २७ बुधवार ०७:३६ मा प्रकाशित

बोइलर कुखुराको अवैध ओसारपसार नियन्त्रण भएपछि मासु पसल पुनः सञ्चालन हुँदै

बोइलर कुखुराको अवैध ओसारपसार नियन्त्रण भएपछि मासु पसल पुनः सञ्चालन हुँदै

नेपालगञ्ज । बाँकेको सीमा क्षेत्रबाट हुने बोइलर कुखुराको अवैध ओसारपसार...

ज्योति विकास बैंकका एटिएमहरूमा ‘नेपालपे’ कार्ड चल्ने

ज्योति विकास बैंकका एटिएमहरूमा ‘नेपालपे’ कार्ड चल्ने

काठमाडौँ । ज्योति विकास बैंकका ग्राहक तथा सर्वसाधारणले अब बैंकको...

सुर्खेतमा दुई दिन कुरेर सिलिण्डर भर्छन् उपभोक्ता

सुर्खेतमा दुई दिन कुरेर सिलिण्डर भर्छन् उपभोक्ता

कर्णाली । सुर्खेतमा एक सातादेखि खाना पकाउने एलपी ग्यास लिन...

संरक्षण र रेखदेखको पर्खाइमा रहेका विमानस्थल

संरक्षण र रेखदेखको पर्खाइमा रहेका विमानस्थल

गण्डकी । बिना व्यावसायिक योजना निर्माण गरिएका कतिपय विमानस्थल सञ्चालनमा...

आँपको उत्पादन बढ्यो, घटेन मूल्य

आँपको उत्पादन बढ्यो, घटेन मूल्य

काठमाडौँ । आँपको उत्पादनको पछिल्लो तथ्यांक हेर्ने हो भने यसको...

पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडक सञ्चालनमा

पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडक सञ्चालनमा

चितवन । ठाउँठाउँमा खसेको पहिरो पन्छाएपछि नारायणगढ–मुग्लिन सडक पूर्ण रूपमा...