back

मेलाको आम्दानी शैक्षिक विकासमा लगानी

वि.सं.२०७३ पुस २७ बुधवार

597 

shares
GLOBAL IME AD
NTC AD

२७ पुस,पोखरा। नेपाल शैक्षिक परार्मश सङ्घ (स्क्यान) कास्कीद्वारा आयोजित “स्क्यान शैक्षिक मेला २०७३” बाट भएको आम्दानी जिल्लाका सामुदायिक विद्यालयको भौतिक निर्माणमा लगानी गरिने भएको छ ।

उच्चशिक्षाका लागि विदेशका विभिन्न विश्वविद्यालयमा अध्ययन गर्न इच्छुक विद्यार्थी र उनीहरुका अभिभावकलाई परामर्श दिने उद्देश्यले मेलाको आयोजना गरिएको हो ।

नमस्ते इन्स्टिच्युटको प्रस्तुतिमा हुने मेलाको सम्पूर्ण तयारी पूरा भएको स्क्यान कास्कीका अध्यक्ष मिलन तिवारीले जानकारी दिनुभयो । पोखरा सभागृहमा तीन दिनसम्म चल्ने मेलामा शैक्षिक गतिविधि समेटिएका ४५ वटा स्टल रहेका छन् ।

मेलामा शैक्षिक परामर्श व्यवसायी, स्वदेशी शैक्षिक संस्था, अष्ट्रेलिया, न्युजिल्यान्ड, युके, अमेरिका, डेनमार्क, जापान, जर्मन, नर्वे, भारत, स्वीडेन, फिनल्यान्डलगायत देशका कलेज तथा विश्वविद्यालयका आधिकारिक प्रतिनिधि सहभागी हुने स्क्यान कास्कीका उपाध्यक्ष तथा मेला संयोजक रमेशकुमार थापाले जानकारी दिनुभयो ।

पश्चिमाञ्चल क्षेत्रबाट बर्सेनि एक हजार ५०० भन्दा बढी विद्यार्थी उच्च शिक्षा अध्ययनका लागि विदेश जाने गरेको तथ्याङ्क छ । पोखरा र वरपर करिब २०० वटा शैक्षिक परार्मश दातृसंस्था सञ्चालनमा रहे पनि शिक्षा मन्त्रालयमा २७ वटाले मात्रै सेवा सञ्चालनको मान्यता प्राप्त गरेका छन् । रासस

वि.सं.२०७३ पुस २७ बुधवार ०७:३६ मा प्रकाशित

भ्रष्टाचारविरुद्ध अभियान आवश्यक : नारायणकाजी श्रेष्ठ

भ्रष्टाचारविरुद्ध अभियान आवश्यक : नारायणकाजी श्रेष्ठ

गुल्मी । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का वरिष्ठ उपाध्यक्ष एवं...

आजको मौसम : पहाडी भू भागमा आंशिक बदली हुने पूर्वानुमान

आजको मौसम : पहाडी भू भागमा आंशिक बदली हुने पूर्वानुमान

काठमाडौं । हाल देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको...

बाढीले डाइभर्सन बगाउँदा बिपी राजमार्ग अवरुद्ध

बाढीले डाइभर्सन बगाउँदा बिपी राजमार्ग अवरुद्ध

काभ्रेपलाञ्चोक । अविरल वर्षाका कारण बिपी राजमार्गको माप्तीस्थित रोशी खोलाको...

जिपिएका आधारमा विद्यार्थी भर्ना गर्दै सिटिइभिटी

जिपिएका आधारमा विद्यार्थी भर्ना गर्दै सिटिइभिटी

चितवन । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी)ले ‘एसइई’मा...

देवचुली पर्यटन पदमार्गको सम्भाव्यता अध्ययन कार्यको शुरुवात

देवचुली पर्यटन पदमार्गको सम्भाव्यता अध्ययन कार्यको शुरुवात

काठमाडौँ । देवचुली नगरको दिर्घकालिन पर्यटन विकास गर्ने उद्देश्यका साथ...

तीन हजारभन्दा बढीले घट्यो सुनको मूल्य, प्रतितोला कति ?

तीन हजारभन्दा बढीले घट्यो सुनको मूल्य, प्रतितोला कति ?

काठमाडौं । स्थानीय बजारमा आज सुनको मूल्य ह्वात्तै घट्ेको छ...