back
CTIZAN AD

तेजपात भारततर्फ निर्यात

वि.सं.२०७३ पुस २७ बुधवार

1K 

shares

२७ पुस,पाल्पा । जिल्लाबाट तेजपातको पात र बोक्रासहित ११ लाख ८१ हजार ८३५ किलो भारत निर्यात भएको छ ।

आव २०७२÷७३ मा ९ लाख ९३ हजार ७११ किलो तेजपातको पात र एक लाख ८८ हजार १२४ किलो बोक्रा भारत निर्यात भएको जिल्ला वन कार्यालयका शाखा अधिकृत रमा श्रेष्ठले जानकारी दिनुभयो । यहाँका सामुदायिक वन र निजी वनमा व्यावसायिक रुपमा तेजापात लगाउन थालेपछि उत्पादन बढ्दै गएको छ ।

गत आवमा जिल्लाबाट रु पाँच करोड ४६ लाख ५४ हजार बराबरको तेजपातको पात र रु एक करोड ८८ लाख १२ हजार बराबरको बोक्रा भारत निर्यात भएको थियो । कोलडाँडा, दोभान, झडेवा, गोठादी, सत्यवती, बल्ढेगढी, भुवनपोखरीलगायत गाविसका सामुदायिक र निजी वनमा व्यावसायिक रुपमा तेजपातको खेती गरिँदै आएको छ ।

तेजपातको पात प्रतिकिलो रु ५० देखि रु ५५ सम्म तथा बोक्रा प्रतिकिलो रु ८० देखि रु १०० सम्ममा स्थानीय बजारमा खरिद बिक्री हुँदै आएको छ । बारीका कान्ला र बाँझो खेतबारी तथा खरायनमा तेजपातको खेती गरिँदै आएको छ ।

एक पटक रोपेपछि पटक÷पटक पात र बोक्राबाट आम्दानी गर्न सकिने भएपछि अधिकांश गाविसमा किसान तेजपातखेतीतर्फ आकर्षित हुन थालेका छन् । रासस

वि.सं.२०७३ पुस २७ बुधवार ०९:४६ मा प्रकाशित

भेरी अस्पतालमा आइसीयु सेवा अभाव

भेरी अस्पतालमा आइसीयु सेवा अभाव

नेपालगञ्ज । भेरी अस्पताल, नेपालगञ्जले अस्पतालमा आइसीयु सेवा नभएकाले बिरामीलाई...

मोरङमा ‘डिजे’ प्रयोग गर्न निषेध

मोरङमा ‘डिजे’ प्रयोग गर्न निषेध

विराटनगर । जिल्ला प्रशासन कार्यालय मोरङले मेला–महोत्सव एवं रातको समयमा...

प्रवेशाज्ञा दस्तुरवापत  दुई करोड ६५ लाख ६८ हजार ५३७ राजस्व सङ्कलन

प्रवेशाज्ञा दस्तुरवापत  दुई करोड ६५ लाख ६८ हजार ५३७ राजस्व सङ्कलन

भद्रपुर (झापा) । प्रवेशाज्ञा (भिसा) दस्तुरवापत गत आर्थिक वर्ष २०८२÷८३...

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज...

नेपाल केरामा आत्मनिर्भर उन्मुख

नेपाल केरामा आत्मनिर्भर उन्मुख

काठमाडौैँ । सरकारको नीतिगत प्रयास र किसानको अथक मेहनतपछि नेपाल...

भारतीय ‘स्वीट कर्न’ सात करोडभन्दा बढी मूल्यको आयात

भारतीय ‘स्वीट कर्न’ सात करोडभन्दा बढी मूल्यको आयात

काठमाडौँ । नेपाली कृषकलाई आफ्नो खेत–बारीमा पाकेको मकैखेती भित्र्याउन भ्याइनभ्याइ...