back
CTIZAN AD

तामझामका साथ  उद्घाटन गरिएका जलयात्रा अलपत्र   

वि.सं.२०७७ मंसिर ९ मंगलवार

687 

shares

मङ्सिर , जाजरकोट  । प्रथम जाजरकोट महोत्सवको अवसरमा भेरी नदीमा छ वर्षअघि तामझामका साथ उद्घाटन गरिएका जलयात्रा (र्याफ्टिङ) अलपत्र परेको छ । भेरी नदीको रिम्नाबजारबाट जगतीपुरस्थित मटेलासम्म २० किलोमिटर दूरीमा र्याफ्टिङ सञ्चालन गर्ने गरी शुरु गरिएको थियो ।

पूर्वाधार निर्माणबिनै हचुवामा शुरु भएको जलयात्रा नियमित हुन नसकेको स्थानीयवासी बताउँछन् । नेपाल पर्यटन बोर्ड र प्रथम जाजरकोट महोत्सव आयोजक समितिको लगानीमा भेरी–कर्णाली एडभेञ्चर प्रालि सुर्खेतले जलयात्रा शुरु गरेको थियो ।

एडभेञ्चरले दुईवटा डुङ्गा ल्याएर नदीमा जलयात्रा शुरु गरे पनि दिगो नबन्दा जाजरकोटको पर्यटन क्षेत्र खस्किएको व्यवसायी कमानबहादुर खड्काले बताए । अन्य नदीको तुलनामा भेरी नदीमा जलयात्रा गर्न सहज र कम जोखिम रहेको बताइन्छ । “जलयात्रा सञ्चालन गरे आन्तरिक र बाह्य पर्यटकको आकर्षणको केन्द्र बन्न सक्थ्यो, भेरी नदीमा २० किलोमिटर दूरीको यात्रा गर्न दुई घण्टा समय लाग्ने गरेको छ”, उनले भने।

पूर्वाधार, जनशक्ति र बजेट अभावमा जलयात्रा अलपत्र परेको सरोकारवाला निकायले बताउँदै आएका छन् । जलयात्राले जिल्लाको आर्थिक वृद्धिमा पनि सहयोग पुर्याउने अपेक्षा गरिएको भए पनि सञ्चालन नहुँदा समस्या भएको छ ।  रासस

वि.सं.२०७७ मंसिर ९ मंगलवार ११:३१ मा प्रकाशित

‘महिनावारी आराम कक्ष’ स्थापनापछि नियमित विद्यालय आउन थाले किशोरीहरु

‘महिनावारी आराम कक्ष’ स्थापनापछि नियमित विद्यालय आउन थाले किशोरीहरु

मान्म (कालीकोट) । कालीकोट जिल्लाको रास्कोट नगरपालिकामा सामुदायिक विद्यालयमा ‘महिनावारी...

बीस किलोमिटर नहर क्षेत्रमा अतिक्रमणः अतिक्रमण हटाउन सात दिने अल्टिमेटम

बीस किलोमिटर नहर क्षेत्रमा अतिक्रमणः अतिक्रमण हटाउन सात दिने अल्टिमेटम

महेन्द्रनगर । महाकाली सिँचाइ आयोजनाअन्तर्गतको पहिलो र दोस्रो चरणको मूल...

पालिकाद्धारा बीस विद्यालयलाई ल्यापटप वितरण

पालिकाद्धारा बीस विद्यालयलाई ल्यापटप वितरण

सिमकोट (हुम्ला) । जिल्ला सदरमुकाममा रहेको सिमकोट गाउँपालिकाले आफ्ना मातहतमा...

हुम्ला र बाजुरा सीमा विवादबारे जाँचबुझ गर्न गृहको टोली हुम्लामा

हुम्ला र बाजुरा सीमा विवादबारे जाँचबुझ गर्न गृहको टोली हुम्लामा

सिमकोट (हुम्ला) । हुम्ला र बाजुराको सीमा क्षेत्र लाम्पाटामा भएको...

महाकाली नदीमा सेनाको विपद् अभ्यास

महाकाली नदीमा सेनाको विपद् अभ्यास

महेन्द्रनगर । नेपाली सेनाको अगुवाइमा कञ्चनपुरको भीमदत्त नगरपालिका–१२ ऐरीस्थित महाकाली...

हुम्लाको नेप्का गाउँमा पहिराले विद्यालय भवन बगायो

हुम्लाको नेप्का गाउँमा पहिराले विद्यालय भवन बगायो

अदानचुली (हुम्ला) । हुम्लाको चङ्खेली गाउँपालिका–५ नेप्का गाउँमा गएराति खसेको...