back
CTIZAN AD

बीस किलोमिटर नहर क्षेत्रमा अतिक्रमणः अतिक्रमण हटाउन सात दिने अल्टिमेटम

वि.सं.२०८३ जेठ २६ मंगलवार

342 

shares

महेन्द्रनगर । महाकाली सिँचाइ आयोजनाअन्तर्गतको पहिलो र दोस्रो चरणको मूल नहरको सीमाभित्र अतिक्रमण गरी बनाइएका संरचना हटाउन सातदिने अल्टिमेटम दिइएको छ ।

मङगलबार महाकाली सिँचाइ व्यवस्थापन कार्यालय कञ्चनपुरले एक सूचना जारी गरी महाकाली सिँचाइको मूल नहर तथा शाखा नहरहरूको सीमाभित्र स्वीकृतिबिना स्थायी र अस्थायी घरटहरा निर्माण गर्ने, निर्माण सामग्री राख्ने, नहर पुरेर बाटो बनाउने, नहर संरचना भत्काउने, ढल तथा पानी नहरमा मिसाउने तथा नहरको पानीलाई अवरोध पुर्याउने कार्य गरेको पाइएकाले सात दिनभित्र भत्काउन वा हटाउन आग्रह गरेको हो ।

सिँचाइ व्यवस्थापन कार्यालयका प्रमुख प्रमोद तिम्सिनाल तोकिएको समयमा संरचना नहटाए आवश्यक कारबाहीका साथै सो कार्यमा लाग्ने सम्पूर्ण खर्च सम्बन्धित व्यक्ति वा संस्थाबाट असुलउपर गरिने बताए ।

उनले सिँचाइको पहिलो र दोस्रो चरणअन्र्तगत ७५ किलोमिटर मूल नहरमध्ये करिब २० किलोमिटर नहरको दायाँ बायाँ अतिक्रमण गरिएको जानकारी दिए ।

केही दिनअघि महेन्द्रनगरस्थित डिभिजन सडक कार्यालयले पनि गड्डाचौकीदेखि कैलालीको चिसापानीसम्मको १२६ किलोमिटर महेन्द्र राजमार्गको अतिक्रमण हटाउन १५ दिने सूचना जारी गरेको थियो ।

वि.सं.२०८३ जेठ २६ मंगलवार १७:३१ मा प्रकाशित

प्रधानमन्त्रीको स्टाटसलाई लिएर एमाले युवा नेतृ तिमिल्सिनाको प्रश्न– ‘कार्यकारी प्रमुख हो कि प्रवक्ता?’

प्रधानमन्त्रीको स्टाटसलाई लिएर एमाले युवा नेतृ तिमिल्सिनाको प्रश्न– ‘कार्यकारी प्रमुख हो कि प्रवक्ता?’

काठमाडौं । नेकपा (एमाले)की युवा नेतृ उषाकिरण तिमिल्सिनाले प्रधानमन्त्री बालेन...

एनआरएनएद्वारा बाढीपीडितका लागि पाँच करोड ४८ लाख रुपैयाँ सहयोगको प्रतिबद्धता

एनआरएनएद्वारा बाढीपीडितका लागि पाँच करोड ४८ लाख रुपैयाँ सहयोगको प्रतिबद्धता

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी)...

प्रभावित नागरिकको जीवनरक्षालाई पहिलो प्राथमिकतामा राखेर उद्धार तथा राहत जारी

प्रभावित नागरिकको जीवनरक्षालाई पहिलो प्राथमिकतामा राखेर उद्धार तथा राहत जारी

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी...

प्रभावित क्षेत्रका सेवाग्राहीप्रति संवेदनशील बन्न राष्ट्र बैंकको आग्रह

प्रभावित क्षेत्रका सेवाग्राहीप्रति संवेदनशील बन्न राष्ट्र बैंकको आग्रह

काठमाडौं । रसुवालगायतका क्षेत्रमा हालै आएको प्राकृतिक विपद्बाट भएको ठूलो...

चीनको सुरुङ उद्धार विशेषज्ञ टोली हेलिकप्टरसहित नेपाल आइपुग्यो

चीनको सुरुङ उद्धार विशेषज्ञ टोली हेलिकप्टरसहित नेपाल आइपुग्यो

काठमाडौं । रसुवामा भोटेकोसी नदीमा आएको विनाशकारी बाढीपछि विभिन्न जलविद्युत्...

उद्धार र राहतका लागि सवारी साधन उपलब्ध गराउन निर्माण व्यवसायी महासंघको अपिल

उद्धार र राहतका लागि सवारी साधन उपलब्ध गराउन निर्माण व्यवसायी महासंघको अपिल

काठमाडौं । चीनको तिब्बततर्फबाट रसुवाको भोटेकोसी हुँदै त्रिशूली नदीमा आएको...