back
CTIZAN AD

संसद अधिवेशन बोलाउन आनाकानी नगरियोस् – सांसद पन्त

वि.सं.२०७७ मंसिर १० बुधवार

801 

shares

काठमाडौं । नेपाली कांग्रेसकी नेतृ एवं प्रतिनिधि सभाकी सांसद डा. डिला संग्रौला पन्तले तत्काल संसद अधिवेशन बोलाउन माग गरेकी छिन् । सरकारले एक पछि अर्को अध्यादेश पास गरिरहेको सन्दर्भमा उनले संसद अधिवेशन बोलाउन माग गरेकी हुन् ।

सामाजिक सञ्जालमार्फत नेतृ पन्तले संसद खुलाएर समस्याहरुको हल खोज्न आग्रह गरेकी हुन् । ‘संसदलाई छल्दै भटाभट अद्यादेश ल्याउने कार्यले संविधानको मर्ममा आघात पुर्याइएको हुँदा अबिलम्ब संसद अधिबेशन आह्वान गरि जनताको आवाजलाई मुखरित गरियोस्, निरंकुशताको शैलीले हैन की संविधान र लोकतान्त्रिक पद्धतिको मान्यतामा दृढ भै संसदबाट कुनैपनि समस्याको हल खोजियोस’, पन्तले भनेकी छिन्, ‘संसद अधिबेशन बोलाउन आनाकानी नगरियोस् ।’

सत्तारुढ नेकपाभित्रको किचलोलाई देखाएर संसद अधिवेशन अन्त्य गरि सरकार निरंकुशताको बाटोमा हिँडेको उनको ठहर छ ।

‘नेकपा पार्टी र सरकारको आपसी अन्तरकलह ,किचलो र बैमनस्यताले गत बैशाख २६ गते प्रारम्भ भएको संसदको बर्से अधिबेशन २ महिना नपुग्दै हठातरुपले १८ असारमा जनप्रतिनिधिमूलक सर्बोच्च संस्था संसदको अन्त्यगरी सरकार स्वच्छचारी रुपले जनताप्रति जबाफदेही नभई लोकतान्त्रिक प्रक्रियालाई कुल्चिइ निरंकुशताको बाटोमा अग्रसर हुन पुग्यो’, उनले भनेकी छिन्, ‘कोरोना भाइरसको महामारीले शृजित समस्या ,कुशासनद्वारा आक्रान्त आम नागरिकको आवाजलाई जनप्रतिनिधिहरुले संसदमा बुलन्द गरि घच्घच्याइ सचेत गराउने कार्यलाई प्रतिबन्ध गरि नागरिकता देखि कर्मचारीसम्मका थुप्रै महत्वपूर्ण बिधेयकहरुलाइ थाती राख्न बाध्य पारियो ।’

वि.सं.२०७७ मंसिर १० बुधवार १७:३१ मा प्रकाशित

देशैभरी मनसुन सक्रिय, आज यी स्थानमा भारी वर्षाको सम्भावना !

देशैभरी मनसुन सक्रिय, आज यी स्थानमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।...

सात महिनामा सक्ने सम्झौता भएको सडक दुई वर्षमा पनि सकिएन

सात महिनामा सक्ने सम्झौता भएको सडक दुई वर्षमा पनि सकिएन

बागलुङ । निर्माण व्यवसायीको चरम लापरवाही बागलुङ जिल्ला सदरमुकामको एक...

आज विश्व आदिवासी मनाइदै, अधिकार र पहिचान संरक्षणमा जोड

आज विश्व आदिवासी मनाइदै, अधिकार र पहिचान संरक्षणमा जोड

काठमाडौँ । विश्वका आदिवासी जनजातिको अधिकार, पहिचान, संस्कृति र जीवनपद्धतिको...

पालिकाले अनुदानमा भैँसी दिएपछि यहाँका किसान उत्साहित

पालिकाले अनुदानमा भैँसी दिएपछि यहाँका किसान उत्साहित

भोजपुर । भोजपुरको हतुवागढी गाउँपालिकाले दुग्ध उत्पादन वृद्धि तथा किसानको...

झापाका हात्तीपीडितले पाए दुई करोड क्षतिपूर्ति

झापाका हात्तीपीडितले पाए दुई करोड क्षतिपूर्ति

भद्रपुर (झापा) । झापामा मानव–हात्ती द्वन्द्वका कारण एक वर्षमा करिब...

नेत्रज्योति सङ्घलाई ‘पब्लिक हेल्थ अवार्ड’

नेत्रज्योति सङ्घलाई ‘पब्लिक हेल्थ अवार्ड’

काठमाडौँ । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) को दक्षिणपूर्वी एशिया क्षेत्रीय...