back

संसद अधिवेशन बोलाउन आनाकानी नगरियोस् – सांसद पन्त

वि.सं.२०७७ मंसिर १० बुधवार

144 

shares
NTC AD
Global IME AD

काठमाडौं । नेपाली कांग्रेसकी नेतृ एवं प्रतिनिधि सभाकी सांसद डा. डिला संग्रौला पन्तले तत्काल संसद अधिवेशन बोलाउन माग गरेकी छिन् । सरकारले एक पछि अर्को अध्यादेश पास गरिरहेको सन्दर्भमा उनले संसद अधिवेशन बोलाउन माग गरेकी हुन् ।

सामाजिक सञ्जालमार्फत नेतृ पन्तले संसद खुलाएर समस्याहरुको हल खोज्न आग्रह गरेकी हुन् । ‘संसदलाई छल्दै भटाभट अद्यादेश ल्याउने कार्यले संविधानको मर्ममा आघात पुर्याइएको हुँदा अबिलम्ब संसद अधिबेशन आह्वान गरि जनताको आवाजलाई मुखरित गरियोस्, निरंकुशताको शैलीले हैन की संविधान र लोकतान्त्रिक पद्धतिको मान्यतामा दृढ भै संसदबाट कुनैपनि समस्याको हल खोजियोस’, पन्तले भनेकी छिन्, ‘संसद अधिबेशन बोलाउन आनाकानी नगरियोस् ।’

सत्तारुढ नेकपाभित्रको किचलोलाई देखाएर संसद अधिवेशन अन्त्य गरि सरकार निरंकुशताको बाटोमा हिँडेको उनको ठहर छ ।

‘नेकपा पार्टी र सरकारको आपसी अन्तरकलह ,किचलो र बैमनस्यताले गत बैशाख २६ गते प्रारम्भ भएको संसदको बर्से अधिबेशन २ महिना नपुग्दै हठातरुपले १८ असारमा जनप्रतिनिधिमूलक सर्बोच्च संस्था संसदको अन्त्यगरी सरकार स्वच्छचारी रुपले जनताप्रति जबाफदेही नभई लोकतान्त्रिक प्रक्रियालाई कुल्चिइ निरंकुशताको बाटोमा अग्रसर हुन पुग्यो’, उनले भनेकी छिन्, ‘कोरोना भाइरसको महामारीले शृजित समस्या ,कुशासनद्वारा आक्रान्त आम नागरिकको आवाजलाई जनप्रतिनिधिहरुले संसदमा बुलन्द गरि घच्घच्याइ सचेत गराउने कार्यलाई प्रतिबन्ध गरि नागरिकता देखि कर्मचारीसम्मका थुप्रै महत्वपूर्ण बिधेयकहरुलाइ थाती राख्न बाध्य पारियो ।’

वि.सं.२०७७ मंसिर १० बुधवार १७:३१ मा प्रकाशित

NLIC AD
NABIL bank AD
बर्सेनि मासिँदै कैलालीका वन, बाढीपीडितका नाममा अतिक्रमण

बर्सेनि मासिँदै कैलालीका वन, बाढीपीडितका नाममा अतिक्रमण

गोदावरी (कैलाली) । बाढीपीडित, पहिरोपीडितलगायत प्राकृतिक विपत्ति र आफ्नो निश्चित...

२९औँ वन्यजन्तु सप्ताहअन्तर्गत बूढीराप्ती सरसफाइ

२९औँ वन्यजन्तु सप्ताहअन्तर्गत बूढीराप्ती सरसफाइ

  नारायणगढ (चितवन) । चितवनमा जारीे २९औँ वन्यजन्तु सप्ताहअन्तर्गत बुधबार...

गण्डकीसहित चार प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना !

गण्डकीसहित चार प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक...

एकीकृत घुम्ती सेवाप्रति सर्वसाधारणको चासो बढ्दै

एकीकृत घुम्ती सेवाप्रति सर्वसाधारणको चासो बढ्दै

महोत्तरी । स्थानीयतहमा राज्यका विभिन्न निकायद्वारा सञ्चालन गरिने एकीकृत घुम्ती...

नेकपा एसले सुदूरपश्चिमको मुख्यमन्त्रीमा सोडारीलाई उम्मेदवार बनाउने

नेकपा एसले सुदूरपश्चिमको मुख्यमन्त्रीमा सोडारीलाई उम्मेदवार बनाउने

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) पार्टीले सुदूरपश्चिम प्रदेशको...

राष्ट्रपति र प्रधानमन्त्रीबीच भेट

राष्ट्रपति र प्रधानमन्त्रीबीच भेट

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भेट...