back
CTIZAN AD

यस्तो छ हेर्नुहोस् नेपालमा १० मंसिरसम्मको कोरोना अपडेटको पूर्ण विवरण

वि.सं.२०७७ मंसिर १० बुधवार

717 

shares

१० मंसिर,काठमाडौं । नेपालमा बुधबार ( १० मंसिर ) सम्म पिसीआर प्रविधिबाट १६ लाख ९० हजार ५०९ वटा कोरोना भाइरसको नमुना परीक्षण गरिएको छ ।

जसमा पछिल्लो २४ घण्टामा पिसीआर प्रविधिबाट ९,२१० वटा नमुना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
त्यसैगरी हालसम्म देशैभरी संक्रिय संक्रमित १६,६३९ जना रहेका छन् । ती मध्ये देशका विभिन्न अस्पताल तथा आइसोलेशन सेन्टरहरुमा ६४५५ जनाको उपचार भइरहेको छ । साथै होम आइसोलेसनमा बस्नेको संख्या १०, १८४ रहेको छ ।

त्यसैगरी देशभरका विभिन्न अस्पतालको आइसीयुमा ३४५ जना संक्रमित उपचाररत छन् ।

मन्त्रालयका अनुसार प्रदेश १ मा ३२, प्रदेश २ मा ८, बागमती प्रदेशमा १३६, गण्डकी प्रदेशमा ८६, लुम्बिनी प्रदेशमा ६३, कर्णाली प्रदेशमा १२ र सुदूरपश्चिममा ८ जना गरी जम्मा ३४५ जना आइसीयुमा उपचाररत छन् ।

त्यसैगरी प्रदेश १ मा ८ जना, बागमती प्रदेशमा ४१ जना, गण्डकी प्रदेशमा ११ जना र लुम्बिनी प्रदेशमा ३ जना गरी जम्मा ६३ जना भेन्टिलेटरमा उपचाररत छन् ।

त्यस्तै काठमाडौं, भक्तपुर, ललितपुर र कास्की गरेर ४ जिल्लामा ५०० भन्दा बढी संक्रमित उपचार रहेका छन् भने क्वारेन्टिनमा ६६९ जना रहेका छन् भने शून्य संक्रमित रहेको जिल्ला मनाङ, डोल्पा र मुगु रहेको छ ।

त्यस्तै आज थपिएका १९४८ जनासँगै नेपालमा हालसम्मको कूल संक्रमितको संख्या २ लाख २६ हजार २६ पुगेको छ । साथै आज ३१४० जना निको भएसँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या २ लाख ७ हजार ९९८ पुगेको छ ।

आज २८ जना थपिएसँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १३८९ पुगेको छ ।

आज देशैभरी १९४८ जनामा कोरोना संक्रमण
नेपालमा आज काठमाडौं उपत्यकाका ८३५ जनासहित देशैभरी १९४८ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौंमा ६३५, ललितपुरमा ११३ र भक्तपुरमा ८७ जना संक्रमित थपिएका हुन् ।

मन्त्रालयका अनुसार आज प्रदेश १ को इलाममा १९, उदयपुरमा ८, ओखलढुंगामा १, खोटाङमा २, झापामा १९३, तेह्रथुममा २, भोजपुरमा ३, धनकुटामा १, पाँचथरमा ७, मोरङमा ७२, संखुवासभामा २८ र सुनसरीमा ५३ गरी प्रदेशमा आज ३८९ जना संक्रमित थपिएका हुन् ।

प्रदेश २ को धनुषामा ४६, पर्सामा ३, बारामा ३, महोत्तरीमा १३, रौतहटमा ३, सप्तरीमा १०, सर्लाहीमा ८ र सिराहामा २० जना गरी प्रदेशमा आज १०६ जना संक्रमित थपिएका छन् ।

बागमती प्रदेशको काठमाडौंमा ६३५, काभ्रेपलान्चोकमा ३१, चितवनमा ८२, दोलखामा ४, धादिङमा ३, नुवाकोटमा ५, भक्तपुरमा ८७, मकवानपुरमा ३७, रसुवामा १, रामेछापमा ३, ललितपुरमा ११३, सिन्धुपाल्चोकमा ८ र सिन्धुलीमा ४ जना गरी प्रदेशमा आज १०१३ जनामा संक्रमण देखिएको छ ।

गण्डकी प्रदेशको कास्कीमा ९०, गोरखामा १४, तनहुँमा १५, नवलपरासीपूर्वमा १९, पर्वतमा ६, म्याग्दीमा ३, लमजुङमा ८, बागलुङमा १२ र स्याङजामा १३ जना गरी प्रदेशमा आज १८० जना संक्रमित थपिएका छन् ।

त्यस्तै लुम्बिनी प्रदेशको अर्घाखाँचीमा ४, कपिलवस्तुमा ८, गुल्मीमा ३०, दाङमा ५१, नवलपरासीमा १७, पाल्पामा २५, प्युठानमा ८, बर्दियामा ४, बाँकेमा १७ र रुपन्देहीमा ४७ र रोल्पामा ३ जना गरी प्रदेशमा आज जम्मा २१४ जनामा संक्रमण पुष्टि भएको छ ।

कर्णाली प्रदेशको जुम्लामा २ र सुदूरपश्चिम प्रदेशको अछाममा २, कन्चनपुरमा १, कैलालीमा ३, डडेल्धुरामा ६, दार्चुलामा १३, डोटीमा २, बाजुरामा ४ र बैतडीमा १३ जना गरी प्रदेशमा आज ४४ जना थपिएसँगै देशैभरी १९४८ जना संक्रमति थपिएका हुन् । जसमा महिला ७७४ र पुरुष ११७४ जना रहेका छन् ।

आज थपिएका १९४८ जनासँगै नेपालमा हालसम्मको कूल संक्रमितको संख्या २ लाख २६ हजार २६ पुगेको छ ।

आज ३१४० जना कोरोना संक्रमणबाट मुक्त
१० मंसिर, काठमाडौं । पछिल्लो २४ घण्टामा देशैभरी ३१४० जना कोरोना संक्रमित निको भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा देशका विभिन्न आइसोलेशन सेन्टर र होम आइसोलेसनमा रहेकाहरु मध्ये ३१४० जना संक्रमणबाट मुक्त भएर डिस्चार्ज भएका हुन् । आज निको भएका ३१४० जनासँगै नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या २ लाख ७ हजार ९९८ पुगेको छ । मन्त्रालयका अनुसार कूल संक्रमित मध्ये निको हुनेको यो दर ९२ प्रतिशत हो ।

कति छन् त होम आइसोलेसनमा ?
स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म १०,१८४ जना कोरोना संक्रमित होम आइसोलेसनमा रहेका छन् ।
जसमा प्रदेश १ मा १२४७, प्रदेश २ मा २७७, बागमती प्रदेशमा ७,५२४, गण्डकी प्रदेशमा ६२०, लुम्बिनी प्रदेशमा २८४, कर्णाली प्रदेशमा ६र सुदूरपश्चिम प्रदेशमा २२६ जना गरी १०,१८४जना रहेका छन् । साथै देशका विभिन्न अस्पताल तथा आइसोलेसन सेन्टरमा ६४५५ जनाको उपचार भइरहेको छ ।

आज एकैदिन २८ जनाको मृत्यु
नेपालमा आज पनि कोरोना संक्रमणबाट २८ जनाको मृत्यु भएको छ । यो संख्या दैनिक मृत्यु हुनेको संख्यामा अहिलेसम्मकै बढी हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज विभिन्न जिल्लाका २८ जनाको मृत्यु भएको हो । आज थपिएका २८ जनासँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १३८९ पुगेको छ ।

पछिल्ला केही दिनयता कोरोना संक्रमणबाट दैनिक मृत्यु हुनेको संख्यामा वृद्दि हुँदै आएको छ । मंगलबार पनि २४ जनाको मृत्यु भएको थियो ।

यस्तो छ हेर्नुहोस् नेपालमा ९ मंसिरसम्मको कोरोना अपडेटको पूर्ण विवरण


.

वि.सं.२०७७ मंसिर १० बुधवार १७:४५ मा प्रकाशित

झापाका हात्तीपीडितले पाए दुई करोड क्षतिपूर्ति

झापाका हात्तीपीडितले पाए दुई करोड क्षतिपूर्ति

भद्रपुर (झापा) । झापामा मानव–हात्ती द्वन्द्वका कारण एक वर्षमा करिब...

नेत्रज्योति सङ्घलाई ‘पब्लिक हेल्थ अवार्ड’

नेत्रज्योति सङ्घलाई ‘पब्लिक हेल्थ अवार्ड’

काठमाडौँ । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) को दक्षिणपूर्वी एशिया क्षेत्रीय...

सत्तारुढ सांसदको दोहोरो भूमिकामाथि डा. आचार्यको प्रश्न

सत्तारुढ सांसदको दोहोरो भूमिकामाथि डा. आचार्यको प्रश्न

काठमाडाैँ ।  वरिष्ठ अधिवक्ता एवं संविधानविद् डा भीमार्जुन आचार्यले सत्तारुढ...

१० घण्टामा प्रधानमन्त्री बालेनका दुई स्टाटस, देशलाई आत्मनिर्भर बनाउने यात्रामा साथ दिन आग्रह

१० घण्टामा प्रधानमन्त्री बालेनका दुई स्टाटस, देशलाई आत्मनिर्भर बनाउने यात्रामा साथ दिन आग्रह

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ले करिब १० घण्टाको अन्तरालमा...

यी स्थानहरुमा सडक अवरुद्ध, यातायात प्रभावित

यी स्थानहरुमा सडक अवरुद्ध, यातायात प्रभावित

काठमाडौँ । वर्षा, पहिरो, भास र कटानका कारण देशका विभिन्न...

विद्युतमा लगाइएको भ्याट तत्काल फिर्ता लिन घिसिङको माग

विद्युतमा लगाइएको भ्याट तत्काल फिर्ता लिन घिसिङको माग

नेपाल विद्युत प्राधिकरणका पूर्वप्रमुख कार्यकारी अधिकृत(सिइओ) तथा उज्यालो पार्टी नेपालका...