back
CTIZAN AD

यस्तो छ हेर्नुहोस् नेपालमा ९ मंसिरसम्मको कोरोना अपडेटको पूर्ण विवरण

वि.सं.२०७७ मंसिर ९ मंगलवार

738 

shares

९ मंसिर, काठमाडौं । नेपालमा मंगलबार ( ९ मंसिर) सम्म पिसीआर प्रविधिबाट १६ लाख ८१ हजार २९९ वटा कोरोना भाइरसको नमुना परीक्षण गरिएको छ ।

जसमा पछिल्लो २४ घण्टामा पिसीआर प्रविधिबाट १०,८४३ वटा नमुना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

त्यसैगरी हालसम्म देशैभरी संस्थागत तथा होम आइसोलेसनमा रहेका संक्रिय संक्रमितको संख्या १७ हजार ८५९ रहेको छ ।
त्यसैगरी देशभरका विभिन्न अस्पतालको आइसीयुमा ३९३ जना संक्रमित उपचाररत छन् ।

मन्त्रालयका अनुसार प्रदेश १ मा ५२, प्रदेश २ मा १०, बागमती प्रदेशमा १४९, गण्डकी प्रदेशमा १०२, लुम्बिनी प्रदेशमा ६३, कर्णाली प्रदेशमा ११ र सुदूरपश्चिममा ६ जना गरी जम्मा ३९३ जना आइसीयुमा उपचाररत छन् ।

त्यसैगरी प्रदेश १ मा ७ जना, बागमती प्रदेशमा ४० जना, गण्डकी प्रदेशमा ८ जना र लुम्बिनी प्रदेशमा २ जना गरी जम्मा ५७ जना भेन्टिलेटरमा उपचाररत छन् ।

त्यस्तै ५०० भन्दा बढी संक्रमित उपचार रहेको जिल्ला, झापा, मोरङ, सुनसरी, काठमाडौं, भक्तपुर, ललितपुर, कास्की र रुपन्देही गरी ५ वटा रहेका छन् ।

यसैगरी क्वारेन्टिनमा ६२७ जना रहेका छन् भने शून्य संक्रमित रहेको जिल्ला मनाङ र मुस्ताङ रहेको छ ।

त्यस्तै आज थपिएका १७९० जनासँगै नेपालमा हालसम्मको कूल संक्रमितको संख्या २ लाख २४ हजार ७८ पुगेको छ । साथै आज २७९१ जना निको भएसँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या २ लाख ४ हजार ८५८ पुगेको छ ।

आज २४ जना थपिएसँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १३६१ पुगेको छ ।

आज देशैभरी थपिए १७९० जना कोरोना संक्रमित
नेपालमा आज काठमाडौं उपत्यकाका ९४७ जनासहित देशैभरी १०९० जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौंमा ६९२, ललितपुरमा १९० र भक्तपुरमा ६५ जना संक्रमित थपिएका हुन् ।

मन्त्रालयका अनुसार आज प्रदेश १ को इलाममा ५ , उदयपुरमा ५, ओखलढुंगामा १, खोटाङमा १ , झापामा ३३, तेह्रथुममा ५, भोजपुरमा २, धनकुटामा ५, पाँचथरमा ३, मोरङमा ७५, संखुवासभा २ र सुनसरीमा ११० गरी प्रदेशमा २४९ जना संक्रमित थपिएका हुन् ।

प्रदेश २ को धनुषामा २, पर्सामा ७, बारामा ५, महोत्तरीमा २, रौतहटमा ५, सप्तरीमा १०, सर्लाहीमा १ र सिराहामा ५ जना गरी प्रदेशमा आज ३७ जना संक्रमित थपिएका छन् ।

बागमती प्रदेशको काठमाडौंमा ६९२, काभ्रेपलान्चोकमा ६१, चितवनमा १७, दोलखामा ५, धादिङमा १५, नुवाकोटमा ८, भक्तपुरमा ६५, मकवानपुरमा २, रसुवामा १, रामेछापमा ७, ललितपुरमा १९०, सिन्धुपाल्चोकमा १३ र सिन्धुलीमा २ जना गरी प्रदेशमा आज १०७८ जनामा संक्रमण देखिएको छ ।

गण्डकी प्रदेशको कास्कीमा ८३, गोरखामा २५, तनहुँमा १३, नवलपरासीपूर्वमा ९, पर्वतमा १, म्याग्दीमा १, लमजुङमा ६, बागलुङमा २ र स्याङजामा ८ जना गरी प्रदेशमा आज १४८ जना संक्रमित थपिएका छन् ।

त्यस्तै लुम्बिनी प्रदेशको अर्घाखाँचीमा १०, कपिलवस्तुमा ९, गुल्मीमा ३, दाङमा ३६, नवलपरासीमा ९, पाल्पामा ११, प्युठानमा २, बर्दियामा ३३, बाँकेमा ३८, रुपन्देहीमा ३८ जना गरी प्रदेशमा आज जम्मा १८९ जनामा संक्रमण पुष्टि भएको छ ।

कर्णाली प्रदेशको कालिकोटमा १, जाजरकोटमा १, जुम्लामा १, दैलेखमा ३, रुकुममा ३, सल्यानमा २ र हुम्लामा २ गरी प्रदेशमा आज १३ जना संक्रमित थपिएका हुन् ।

सुदूरपश्चिम प्रदेशको अछाममा १, कन्चनपुरमा ७, कैलालीमा ६१, डडेल्धुरामा ५, दार्चुलामा १ र बझाङमा १ जना गरी प्रदेशमा आज ७६ जना थपिएसँगै देशैभरी १७९० जना संक्रमति थपिएका हुन् । जसमा महिला ७२१ र पुरुष १०६९ जना रहेका छन् ।

आज थपिएका १७९० जनासँगै नेपालमा हालसम्मको कूल संक्रमितको संख्या २ लाख २४ हजार ७८ पुगेको छ ।

आज देशैभरी २७९१ जना कोरोना संक्रमणबाट मुक्त
९ मंसिर, काठमाडौं । पछिल्लो २४ घण्टामा देशैभरी २७९१ जना कोरोना संक्रमित निको भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा देशका विभिन्न आइसोलेशन सेन्टर र होम आइसोलेसनमा रहेकाहरु मध्ये २७९१ जना संक्रमणबाट मुक्त भएर डिस्चार्ज भएका हुन् ।

आज निको भएका २७९१ जनासँगै नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या २ लाख ४ हजार ८५८ हजार पुगेको छ । मन्त्रालयका अनुसार कूल संक्रमित मध्ये निको हुनेको यो दर ९१ प्रतिशत हो ।

संक्रमणबाट आज २४ जनाको मृत्यु

कोरोना संक्रमणबाट नेपालमा आज एकैदिन २४ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा विभिन्न जिल्लाका २४ जनाको मृत्यु भएको हो । आज थपिएका २४ जनासँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १३६१ पुगेको छ ।

यस्तो छ हेर्नुहोस् नेपालमा आजसम्मको कोरोना अपडेटको पूर्ण विवरण

.

वि.सं.२०७७ मंसिर ९ मंगलवार १७:४२ मा प्रकाशित

सुस्तामा भारतीय हस्तक्षेपप्रति हर्कको कडा आपत्तिः रक्षामन्त्रीलाई संसदमा उभ्याउन रुलिङको माग

सुस्तामा भारतीय हस्तक्षेपप्रति हर्कको कडा आपत्तिः रक्षामन्त्रीलाई संसदमा उभ्याउन रुलिङको माग

काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं संसदीय दलका नेता...

युनलाई थप ३० वर्ष जेल सजाय

युनलाई थप ३० वर्ष जेल सजाय

सियोल । उत्तर कोरियासँग तनाव चर्काउने उद्देश्यले सन् २०२४ मा...

इरान-अमेरिका सम्झौता अन्योलमा

इरान-अमेरिका सम्झौता अन्योलमा

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले निकट दिनमा इरानसँग सम्झौता...

पाल्पाका किसान उन्नत जातका धान उत्पादनमा आकर्षित

पाल्पाका किसान उन्नत जातका धान उत्पादनमा आकर्षित

तानसेन (पाल्पा) । उन्नत जातका धान उत्पादनमा किसानहरुको आकर्षण बढेको...

लागुऔषधसहित ३३ जना पक्राउ

लागुऔषधसहित ३३ जना पक्राउ

काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले मुलुकका विभिन्न भागबाट...

पशुपालनका निम्ति गोठ निर्माण गर्न अनुदान

पशुपालनका निम्ति गोठ निर्माण गर्न अनुदान

मुग्लिन (चितवन) । चितवनको इच्छाकामना गाउँपालिकाले किसानलाई व्यावसायिक पशुपालनमा आकर्षित...