back
CTIZAN AD

यस्तो छ हेर्नुहोस् नेपालमा आजसम्मको कोरोना अपडेटको पूर्ण विवरण

वि.सं.२०७७ मंसिर ८ सोमवार

666 

shares

८ मङ्सिर, काठमाडौं । नेपालमा सोमबार ( ८ मङ्सिर) सम्म पिसीआर प्रविधिबाट १६ लाख ७० हजार ४५६ वटा कोरोना भाइरसको नमुना परीक्षण गरिएको छ ।

जसमा पछिल्लो २४ घण्टामा पिसीआर प्रविधिबाट १०,३८१ वटा नमुना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

त्यसैगरी हालसम्म देशैभरी संक्रिय संक्रमित १८,८८४ जना रहेका छन् । ती मध्ये देशका विभिन्न अस्पताल तथा आइसोलेशन सेन्टरहरुमा ६,६१३ जनाको उपचार भइरहेको छ । साथै होम आइसोलेसनमा बस्नेको संख्या१२ हजार २७१ रहेको छ ।

त्यसैगरी देशभरका विभिन्न अस्पतालको आइसीयुमा ३६५ जना संक्रमित उपचाररत छन् ।

मन्त्रालयका अनुसार प्रदेश १ मा ५२, प्रदेश २ मा ९, बागमती प्रदेशमा १४४, गण्डकी प्रदेशमा ८६, लुम्बिनी प्रदेशमा ५८, कर्णाली प्रदेशमा १२ र सुदूरपश्चिममा४ जना गरी जम्मा ३६५ जना आइसीयुमा उपचाररत छन् ।

त्यसैगरी प्रदेश १ मा ११ जना, प्रदेश २ मा १ जना, बागमती प्रदेशमा ३४ जना, गण्डकी प्रदेशमा १४ जना र लुम्बिनी प्रदेशमा ३ जना गरी जम्मा ६३ जना भेन्टिलेटरमा उपचाररत छन् ।

त्यस्तै ५०० भन्दा बढी संक्रमित उपचार रहेको जिल्ला, झापा, मोरङ, सुनसरी, काठमाडौं, भक्तपुर, ललितपुर, कास्की गरी जम्मा ४ वटा रहेका छन् ।

यसैगरी क्वारेन्टिनमा ६२९ जना रहेका छन् भने शून्य संक्रमित रहेको जिल्ला मनाङ र मुगु रहेको छ ।

त्यस्तै आज थपिएका १९८० जनासँगै नेपालमा हालसम्मको कूल संक्रमितको संख्या २ लाख २२ हजार २८८ पुगेको छ । साथै आज ३०४३ जना निको भएसँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या २ लाख २ हजार ६७ पुगेको छ ।

आज १६ जना थपिएसँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १३३७ पुगेको छ ।

आज देशैभरी १९८० जनामा कोरोना संक्रमण
नेपालमा आज काठमाडौं उपत्यकाका १००७ जनासहित देशैभरी १९८० जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौंमा ७७९, ललितपुरमा १४३ र भक्तपुरमा ८६ जना संक्रमित थपिएका हुन् ।

मन्त्रालयका अनुसार आज प्रदेश १ को इलाममा ५, उदयपुरमा ४, ओखलढुंगामा २, खोटाङमा ३, झापामा १०६, तेह्रथुममा १, ताप्लेजुङमा ११, पाँचथरमा १, भोजपुरमा २, धनकुटामा ५, मोरङमा ३७, संखुवासभामा १, सोलुखुम्बुमा ६ र सुनसरीमा ५० गरी प्रदेशमा २४५ जना संक्रमित थपिएका हुन् ।

प्रदेश २ को धनुषामा ३, पर्सामा १५, बारामा ४, महोत्तरीमा २, रौतहटमा ४, सप्तरीमा १२, सर्लाहीमा ३ र सिराहामा ४ जना गरी प्रदेशमा आज ४७ जना संक्रमित थपिएका छन् ।

बागमती प्रदेशको काठमाडौंमा ७७९, काभ्रेपलान्चोकमा ५४, चितवनमा ८३, दोलखामा १६, धादिङमा १४, नुवाकोटमा १६, भक्तपुरमा ८६, मकवानपुरमा ५४, रसुवामा ६, रामेछापमा ३, ललितपुरमा १४३, सिन्धुपाल्चोकमा १३ र सिन्धुलीमा ३ जना गरी प्रदेशमा आज १२६९ जनामा संक्रमण देखिएको छ ।

गण्डकी प्रदेशको कास्कीमा ७०, गोरखामा ३८, तनहुँमा १६, नवलपरासीपूर्वमा २०, पर्वतमा ६, म्याग्दीमा ५, लमजुङमा ५, बागलुङमा १६ र स्याङजामा ८ जना गरी प्रदेशमा आज १८४ जना संक्रमित थपिएका छन् ।

त्यस्तै लुम्बिनी प्रदेशको अर्घाखाँचीमा ३, कपिलवस्तुमा ११, गुल्मीमा २, दाङमा ५१, नवलपरासीमा ९, पाल्पामा १०, प्युठानमा १२, बर्दियामा ५, बाँकेमा १५ र रुपन्देहीमा ४७ गरी प्रदेशमा आज जम्मा १६५ जनामा संक्रमण पुष्टि भएको छ ।

कर्णाली प्रदेशको कालिकोटमा १, जुम्लामा ८, दैलेखमा ३, सल्यानमा ६ र सुर्खेतमा ५ गरी प्रदेशमा आज २३ जना संक्रमित थपिएका हुन् ।

सुदूरपश्चिम प्रदेशको अछाममा २, कन्चनपुरमा ६,कैलालीमा २६, डडेल्धुरामा ७, डोटमा ३, बझाङमा १ र बैतडीमा २ जना गरी प्रदेशमा आज ४७ जना थपिएसँगै देशैभरी १९८० जना संक्रमति थपिएका हुन् । जसमा महिला ७८९ र पुरुष ११९१ जना रहेका छन् ।
आज थपिएका १९८० जनासँगै नेपालमा हालसम्मको कूल संक्रमितको संख्या २ लाख २२ हजार २२८ पुगेको छ ।

कोरोनाबाट निको हुनेको संख्या २ लाख नाघ्यो
पछिल्लो २४ घण्टामा देशैभरी ३०४३ जना कोरोना संक्रमित निको भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा देशका विभिन्न आइसोलेशन सेन्टर र होम आइसोलेसनमा रहेकाहरु मध्ये ३०४३ जना संक्रमणबाट मुक्त भएर डिस्चार्ज भएका हुन् ।

आज निको भएका ३०४३ जनासँगै नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या २ लाख २ हजार ६७ पुगेको छ । मन्त्रालयका अनुसार कूल संक्रमित मध्ये निको हुनेको यो दर ९०.९ प्रतिशत हो ।

कति छन् त होम आइसोलेसनमा ?
स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म १२ हजार २७१ जना कोरोना संक्रमित होम आइसोलेसनमा रहेका छन् ।
जसमा प्रदेश १ मा १२७१, प्रदेश २ मा २८०, बागमती प्रदेशमा ८,७४७, गण्डकी प्रदेशमा ८९३, लुम्बिनी प्रदेशमा ४४९, कर्णाली प्रदेशमा १३ र सुदूरपश्चिम प्रदेशमा ६१८ जना गरी १२ हजार २७१ जना रहेका छन् । साथै देशका विभिन्न अस्पताल तथा आइसोलेसन सेन्टरमा ६,६१३ जनाको उपचार भइरहेको छ ।

कोरोना संक्रमणबाट ज्यान गुमाउनको संख्या १३३७ पुग्यो
नेपालमा आज पनि कोरोना संक्रमणबाट १६ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज विभिन्न जिल्लाका १६ जनाको मृत्यु भएको हो ।
आज थपिएका १६ जनासँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १३३७ पुगेको छ ।

हेर्नुहोस् यस्तो छ नेपालमा ७ मङ्सिर सम्मको कोरोना अपडेको पूर्ण विवरण

.

वि.सं.२०७७ मंसिर ८ सोमवार १७:२९ मा प्रकाशित

नेकपा संयोजक प्रचण्ड तीन दिने भ्रमणका लागि श्रीलङ्का प्रस्थान

नेकपा संयोजक प्रचण्ड तीन दिने भ्रमणका लागि श्रीलङ्का प्रस्थान

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड श्रीलङ्का...

रौतहटमा एक युवकद्वारा आत्मदाह प्रयास, कीर्तिपुर बर्न अस्पताल रिफर

रौतहटमा एक युवकद्वारा आत्मदाह प्रयास, कीर्तिपुर बर्न अस्पताल रिफर

काठमाडौं । रौतहटमा एक युवकले आफ्नै शरीरमा पेट्रोल छर्केर आत्मदाहको...

चार मन्त्रीद्वारा सामूहिक राजीनामा

चार मन्त्रीद्वारा सामूहिक राजीनामा

सुर्खेत । कर्णाली प्रदेश सरकारमा सहभागी नेपाली कांग्रेसका मन्त्रीहरूले सामूहिक...

प्रभु बैंकको ४८ करोड कर्जा दुरुपयोग प्रकरणमा एक पक्राउ, सीआईबीद्वारा अनुसन्धान तीव्र

प्रभु बैंकको ४८ करोड कर्जा दुरुपयोग प्रकरणमा एक पक्राउ, सीआईबीद्वारा अनुसन्धान तीव्र

काठमाडौं । प्रभु बैंक लिमिटेडबाट रिसोर्ट निर्माण तथा जग्गा खरिदका...

कर्णाली सरकारका चार मन्त्रीद्धारा सामूहिक राजीनामा

कर्णाली सरकारका चार मन्त्रीद्धारा सामूहिक राजीनामा

काठमाडौं । कर्णाली सरकारमा सहभागी कांग्रेसका चार मन्त्रीले सामूहिक राजीनामा...

डेङ्गुको जोखिममा कञ्चनपुर, सतर्कता अपनाउन आग्रह

डेङ्गुको जोखिममा कञ्चनपुर, सतर्कता अपनाउन आग्रह

कञ्चनपुर । कञ्चनपुरमा चालु आर्थिक वर्षको पछिल्लो छ महिनामा मात्रै...