back
CTIZAN AD

नेपालमै बन्दैछ कोरोनाविरुद्वको औषधी, कहाँ पुग्यो परीक्षण प्रक्रिया ?

वि.सं.२०७७ मंसिर ८ सोमवार

723 

shares

काठमाडौं । नेपालमा नै उत्पादित कोरोना भाइरस (कोभिड–१९)विरुद्धको औषधी परीक्षण प्रक्रियामा रहेको छ । नेपालको एक मुख्य औषधी निर्माता कम्पनी देउराली जनता फर्मास्युटिकल्सले नेपालमा नै उत्पादन गरेको फाभिर–२०० औषधी परीक्षण गराउने भएको हो ।

कोभिड–१९ को उपचारको निमित्त नेपालमा नै देउराली जनता फर्मास्युटिकल्सले यो औषधी उत्पादन गरेको हो । कम्पनीले मेन केमिकल विदेशबाट आयात गरि नेपालमा नै फाभिर २०० नामको औषधि उत्पादन गरेको हो ।

चाँडै आधिकारीकता पाउने आशा

हालसम्म देउराली जनता फर्मास्युटिकल्सले उत्पादित औषधी प्रयोगमा ल्याउनको लागि पूर्ण आधिकारीकता नपाए पनि अनुसन्धानको लागि भने अनुमति पाएको छ । नेपाल सरकारले यो औषधी प्रयोग गरि कोरोनाविरुद्धको प्रभावकारीता हेर्नका लागि भने नोभल इन्फ्लुएन्जा उपचार प्रयोगको स्विकृति दिएको छ । हाल यो औषधी परीक्षणकै क्रममा रहेको छ ।

यो औषधीले आधिकारीकता पाउनेमा देउराली जनता फर्मास्युटिकल्सका प्रबन्धनिर्देशक हरिभक्त शर्मा विस्वस्त छन् । उनी भन्छन, ‘यो औषधी जापान, चीन, भारत, रसिया, ईन्डोनेशिया, बङगलादेश, थाईल्याण्ड, टर्किमा परीक्षणपश्चात प्रयोगमा आईसकेको छ, त्यसैले नेपालमा पनि सफलता मिल्नेमा हामि ढुक्क छौँ ।’ उनका अनुसार फेभिर–२०० चाँडै परीक्षण सम्पन्न भई प्रयोगमा आउने र कोभिड–१९ को उपचारका लागि उपयोगी हुने छ ।

प्रयोगको उपाय र मुल्य

विश्वका अन्य देशले प्रयोग गरेको अनुभवलाई हेर्दा यस्तो औषधी प्रयोग अधिकतम १४ दिन सम्म गर्नुपर्ने हुन्छ । जसका लागि १२२ ट्याबलेटको आवश्यकता पर्ने छ, यदि कोभिड लागेको सुरुवाति चरणमा नै औषधी प्रयोग गरिएमा केहि सहज र थोरै दिनमा नै कोरोनाबाट मुक्त हुन सकिने विश्वको अन्य देशहरुमा गरिएको प्रयोग र त्यसको परिणामले देखाएको शर्माले बताए ।

अधिकतम १४ दिन सम्म १२२ ट्याब्लेट प्रयोग गर्नका लागि कोरोनाका रोगिहरुले १२००० खर्च गर्न पर्ने हुन्छ । शर्मा भन्छन, ‘विश्वका अन्य देशहरुले प्रयोगमा ल्याईसकेकाले नेपालमा पनि यसको प्रयोग गर्नका लागि नेपाली चिकित्सकहरु आतुर रहेका छन् ।’ उनका अनुसार औषधी क्लिनिकल परीक्षणका क्रममा रहेकाले चाडै परीक्षण सम्पन्न भई प्रयोगमा आउने छ ।

कसरी हुँदैछ क्लिनिकल परीक्षण ?

देउराली जनता फर्मास्युटिकल्सले उत्पादन गरेको फाभिर २०० नेपाल स्वास्थ्य अनुसन्धान परिषद र औषधी व्यवस्था विभागबाट क्लिनिकल परीक्षणको लागि स्विकृति प्राप्त भएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषदले सो औषधिको क्लिनिकल परीक्षणको काम गरिरहेको छ । परीक्षणका लागि आवश्यक ३६ लाख बराबरको औषधी देउराली जनताले परिषदलाई निःशुल्क उपलब्ध गराई सकिएको छ ।

कोभिडको बिरामिको संख्या बढिरहेको अवस्थालाई सरकारले मनन् गरेर आफुहरुले उत्पादन गरेको औषधि प्रयोगमा ल्याएमा हाल बिकराल बन्दै गएको अवस्थाले समाधान पाउने शर्माले बताएका छन । ‘कोरोना संक्रमितको संख्या दिनप्रतिदिन बढ्दै गइरहेको छ, यो अवस्थामा फाभिर २०० लाई प्रयोगमा ल्याईएमा धेरै हदसम्म नियन्त्रण गर्न सकिने छ’, उनी भन्छन्, ‘बिरामीलाई आईसियुसम्म पुराउनै पर्दैन, कोरोनाबाट छोटो समयमा नै बिरामिहरु मुक्तहुन सक्छन् ।’ अत्यावश्यक प्रयोगका लागि सरकारले अनुमति दिएमा बिरामीहरु चाडै निको भएर घर फर्कने र हालको बिकराल अवस्थाको समाधानमा सहयोग पुग्ने पनि शर्माले बताएका छन ।

क्लिनिकल परीक्षणको काम कहाँ पुग्यो ?

देउराली जनता फर्मास्युटिकल्सले उत्पादन गरेको कोभिड १९ विरुद्धको फाभिर २०० हाल डा. देबश बरालको नेतृत्वमा क्लिनिकल परीक्षणकै क्रममा रहेको छ । औषधि व्यवस्थापन विभागका सुचना अधिकृत सन्तोष के.सि का अनुसार विभागले अनुसन्धानको सम्पुर्ण जिम्मेवारी नेपाल स्वास्थ्य अनुसन्धान परिषदलाई दिएको छ ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषदले दिएको जानकारी अनुसार क्लिनिकल परीक्षणको क्रममा रहेको औषधीको अहिले तेस्रो फेजको परीक्षण भईरहेको छ । परिषदले डा. देवश बरालको नेतृत्वमा फाभिर–२०० को क्लिनिकल परीक्षण भईरहेको जानकारी दिएको छ । परीक्षणमा संलग्न बरालले भने अनुसन्धानको क्रममा नै रहेकोले अहिले नै सबै सुचनाहरु बाहिर ल्याउन नमिल्ले बताए । उनी भन्छन, ‘अहिले अनुसन्धानकै क्रममा छ, चाडै नै नतिजा थाहा पाउनुहुन्छ ।’

देउराली जनता फर्मास्युटिकल्सले उत्पादन गरेको फाभिर–२०० ले क्लिनिकल परीक्षणमा राम्रो नतिजा दिएमा स्वदेशमा नै कोरोना विरुद्धको औषधी सहज रुपमा पाउन सकिने देखिन्छ ।

वि.सं.२०७७ मंसिर ८ सोमवार १७:३२ मा प्रकाशित

जलवायु परिवर्तनको प्रभावले यार्सागुम्बा उत्पादन घट्दै

जलवायु परिवर्तनको प्रभावले यार्सागुम्बा उत्पादन घट्दै

मनाङ । विगतमा हिमाली जिल्लाका बासिन्दाका लागि यार्सागुम्बा ‘सुन फल्ने...

सरकारी वरपरका पसल अनुगमन : फोटोकपी र पिउने पानीमा ठगिँदै उपभोक्ता

सरकारी वरपरका पसल अनुगमन : फोटोकपी र पिउने पानीमा ठगिँदै उपभोक्ता

टीकापुर । कैलालीको टीकापुरका सरकारी कार्यालयहरु इलाका प्रशासन कार्यालय, मालपोत,...

हरिवनमा बसको ठक्करबाट मृत्यु

हरिवनमा बसको ठक्करबाट मृत्यु

बरहथवा (सर्लाही) । यात्रुवाहक बसको ठक्करबाट सर्लाहीको हरिवनमा एक पुरुषको...

राष्ट्रियसभामा नीति तथा कार्यक्रममाथि छलफल जारी रहने

राष्ट्रियसभामा नीति तथा कार्यक्रममाथि छलफल जारी रहने

काठमाडौँ । राष्ट्रियसभामा आगामी आर्थिक वर्ष २०८३/८४ का लागि नेपाल...

अवैध गतिविधि नियन्त्रणमा प्रहरीको ‘स्विप अप्रेसन’ प्रभावकारी

अवैध गतिविधि नियन्त्रणमा प्रहरीको ‘स्विप अप्रेसन’ प्रभावकारी

गण्डकी । समाजमा अवैध गतिविधि, गुण्डागर्दी गर्ने र शान्तिसुरक्षामा खलल...

कक्षा ११ र १२ का लागि छात्रवृत्ति आवेदन माग, १७ गते परीक्षा

कक्षा ११ र १२ का लागि छात्रवृत्ति आवेदन माग, १७ गते परीक्षा

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले कक्षा ११ र १२ को छात्रवृत्तिका...