back
CTIZAN AD

“खुला आकाश” प्रतिरक्षा सन्धिबाट अमेरिका बाहिरियो, बाइडेन भन्छन् –अमेरिका पुनः जोडिनेछ

वि.सं.२०७७ मंसिर ८ सोमवार

699 

shares

८ मंसिर, वासिङ्टन । संयुक्तराज्य अमेरिकाले औपचारिक रुपमा आइतबारदेखि “खुला आकाश” प्रतिरक्षा सन्धिबाट बाहिरिएको घोषणा गरेको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनका अवधिमा अमेरिका यो सहित धेरैवटा अन्तर्राष्ट्रिय सन्धि सम्झौताबाट अलग भइसकेको छ ।

अमेरिका र रुसबीच शीतयुद्धका अवधिमा एकअर्का मुलुक वा पक्ष राष्ट्रका आकाशको प्रयोगका बारेमा रहेका कठिनाई हटाउन महाशक्ति राष्ट्र अमेरिका र रुसबीच यो खुला आकाश सम्झौता गरिएको थियो ।

तर राष्ट्रपति ट्रम्पले गत मे महिनामा रुसले सम्झौताका शर्तहरु उल्लंघन गरिरहेको आरोप लगाउँदै यस सम्झौताबाट अमेरिका बाहिरिने घोषणा गरेका थिए ।

अमेरिकी विदेश मन्त्रालयले आइतबार प्रकाशन गरेको वक्तव्यमा यो सन्धिबाट अमेरिका सन् २०२० नोभेम्बर २२ देखि बाहिरिने र अमेरिका अबदेखि खुला आकाश सन्धिको पक्ष राष्ट्र नरहेको उल्लेख गरिएको छ ।

यस सन्धिमा सन् १९९२ मा हस्ताक्षर भएको थियो र सन् २००२ देखि कार्यान्वयनमा आएको थियो । रुस र अमेरिका सहित सन्धिमा हस्ताक्षर गरेका ३५ राष्ट्रले एकअर्का मुलुकका आकाशमाथि हतियारविहीन निरीक्षण उडान भर्न सहमति जनाएका थिए ।

रुस र अमेरिकाले प्रायः एकअर्का मुलुकमाथि सन्धिका प्रावधान उल्लंघन गरेको आरोप लगाउँदै आएका थिए । तर ट्रम्प प्रशासनले छ महिनाको समयावधि दिएर सन्धिबाट बाहिरिने घोषणा गरेको थियो ।

ट्रम्प प्रशासन यसअघि इरानसँगको भएको सन् २०१५ को आणविक सम्झौताबाट पनि अलग भएको घोषणा गरेको थियो । साथै जलवायु परिवर्तन सम्बन्धी पेरिस सम्झौताबाट समेत ट्रम्प प्रशासन बाहिरिएको थियो ।

हाल राष्ट्रपति–निर्वाचित जो बाइडेनले पेरिस सम्झौतामा अमेरिका पुनः प्रवेश गर्ने घोषणा गरिसकेका छन् ।(रासस–एएफपी)

वि.सं.२०७७ मंसिर ८ सोमवार १८:५१ मा प्रकाशित

इरान-अमेरिका सम्झौता अन्योलमा

इरान-अमेरिका सम्झौता अन्योलमा

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले निकट दिनमा इरानसँग सम्झौता...

मुम्बईको फ्लाइओभरमुनि सडक बालबालिकाका लागि ‘स्कुल’

मुम्बईको फ्लाइओभरमुनि सडक बालबालिकाका लागि ‘स्कुल’

मुम्बई ।   मुम्बईको व्यस्त फ्लाइओभरमुनि पुनः प्रयोग गरिएका ढुवानी कन्टेनरभित्र...

इयु प्रतिबन्धबारे चीनको  कडा चेतावनी

इयु प्रतिबन्धबारे चीनको  कडा चेतावनी

बेइजिङ । युक्रेन युद्धमा रुसलाई सहयोग गरेको आरोपमा चिनियाँ कम्पनीहरूलाई...

अमेरिकी आग्रहमा परमाणु हतियार कार्यक्रम नरोक्ने उत्तर कोरियाको भनाई

अमेरिकी आग्रहमा परमाणु हतियार कार्यक्रम नरोक्ने उत्तर कोरियाको भनाई

सियोल । उत्तर कोरियाले आफ्नो आणविक हतियार कार्यक्रमलाई बलियो बनाउने...

क्षेप्यास्त्र आक्रमणपछि मध्यपूर्वमा नयाँ सङ्कट, युद्धलाई थप चर्काउने संकेत

क्षेप्यास्त्र आक्रमणपछि मध्यपूर्वमा नयाँ सङ्कट, युद्धलाई थप चर्काउने संकेत

तेहरान । इरानले शनिबार बहराइन र कुवेतमा क्षेप्यास्त्र प्रहार गरेको...

इरान-अमेरिका आक्रमण तीव्र

इरान-अमेरिका आक्रमण तीव्र

दुबई । इरान र संयुक्त राज्य अमेरिकाबीचको तनाव पुनः तीव्र...