back
CTIZAN AD

हेर्नुहोस् यस्तो छ नेपालमा ७ मङ्सिर सम्मको कोरोना अपडेको पूर्ण विवरण

वि.सं.२०७७ मंसिर ७ आइतवार

717 

shares

७ मंसिर, काठमाडौं । नेपालमा आइतबार (७ मंसिर) सम्म पिसीआर प्रविधिबाट १६ लाख ६० हजार ७५ वटा कोरोना भाइरसको नमुना परीक्षण गरिएको छ ।

जसमा पछिल्लो २४ घण्टामा पिसीआर प्रविधिबाट ८,०३२ वटा नमुना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

त्यसैगरी हालसम्म देशैभरी संक्रिय संक्रमित २० हजार १६६ जना रहेका छन् । ती मध्ये देशका विभिन्न अस्पताल तथा आइसोलेशन सेन्टरहरुमा ६,५५४ जनाको उपचार भइरहेको छ । साथै होम आइसोलेसनमा बस्नेको संख्या १३ हजार ६१२ रहेको छ ।

त्यसैगरी देशभरका विभिन्न अस्पतालको आइसीयुमा ३५९ जना संक्रमित उपचाररत छन् ।

मन्त्रालयका अनुसार प्रदेश १ मा ४५, प्रदेश २ मा ९, बागमती प्रदेशमा १४२, गण्डकी प्रदेशमा ८६, लुम्बिनी प्रदेशमा ५८, कर्णाली प्रदेशमा१२ र सुदूरपश्चिममा ७ जना गरी जम्मा ३५९ जना आइसीयुमा उपचाररत छन् ।

त्यसैगरी प्रदेश १ मा ८ जना, प्रदेश २ मा १ जना, बागमती प्रदेशमा ३८ जना, गण्डकी प्रदेशमा १४ जना र लुम्बिनी प्रदेशमा ३ जना र सुदूरपश्चिम प्रदेशमा २ गरी जम्मा ६६ जना भेन्टिलेटरमा उपचाररत छन् ।

त्यस्तै ५०० भन्दा बढी संक्रमित उपचार रहेको जिल्ला, झापा, मोरङ, काठमाडौं, भक्तपुर, ललितपुर, कास्की, रुपन्देही र कैलाली गरी ८ वटा रहेका छन् ।

यसैगरी क्वारेन्टिनमा ६८६ जना रहेका छन् भने शून्य संक्रमित रहेको जिल्ला मनाङ र मुगु  रहेको छ ।

त्यस्तै आज थपिएका १६६९ जनासँगै नेपालमा हालसम्मको कूल संक्रमितको संख्या २ लाख २० हजार ३०८ पुगेको छ । साथै आज ५६९९ जना निको भएसँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या १ लाख ९९ हजार २४ पुगेको छ ।

आज १६ जना थपिएसँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १३२१ पुगेको छ ।

आज देशैभरी १६६९ जनामा कोरोना संक्रमण
नेपालमा आज काठमाडौं उपत्यकाका ९५७ जनासहित देशैभरी १६६९ जना कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौंमा ७७३, ललितपुरमा १३१ र भक्तपुरमा ५३ जना संक्रमित थपिएका हुन् ।

मन्त्रालयका अनुसार आज प्रदेश १ को इलाममा ९, उदयपुरमा ७, ओखलढुंगामा ३, खोटाङमा ४, झापामा ६५, ताप्लेजुङमा २, तेह्रथुममा २, धनकुटामा २, पाँचथरमा १, मोरङमा ८६, सोलुखुम्बुमा १, संखुवासभामा ८ र सुनसरीमा ५२ गरी प्रदेशमा २४२ जना संक्रमित थपिएका हुन् ।

प्रदेश २ को धनुषामा ९, पर्सामा ३, बारामा ७, महोत्तरीमा ५, रौतहटमा १, सप्तरीमा ७, सर्लाहीमा ३ र सिराहामा २६ जना गरी प्रदेशमा आज ६१ जना संक्रमित थपिएका छन् ।

बागमती प्रदेशको काठमाडौंमा ७७३, काभ्रेपलान्चोकमा ८, चितवनमा ८, दोलखाम ४, धादिङमा १३, नुवाकोटमा २५, भक्तपुरमा ५३, मकवानपुरमा ५, रामेछापमा २, ललितपुरमा १३१, सिन्धुपाल्चोकमा ४ र सिन्धुलीमा २ जना गरी प्रदेशमा आज १०२८ जनामा संक्रमण देखिएको छ ।

गण्डकी प्रदेशको कास्कीमा ७६, गोरखामा ३, तनहुँमा ६, नवलपरासीपूर्वमा १, म्याग्दीमा १, लमजुङमा ६, बागलुङमा ३ र स्याङजामा ६ जना गरी प्रदेशमा आज १०२ जना संक्रमित थपिएका छन् ।

त्यस्तै लुम्बिनी प्रदेशको अर्घाखाँचीमा ३, कपिलवस्तुमा ३, गुल्मीमा ६, दाङमा ५४, नवलपरासीमा ६, पाल्पामा २५, प्युठानमा ४, बर्दियामा ४, बाँकेमा २२, रुपन्देहीमा ४० र रोल्पामा ४ जना गरी प्रदेशमा आज जम्मा १७१ जनामा संक्रमण पुष्टि भएको छ ।

सुदूरपश्चिम प्रदेशको अछाममा १, कन्चनपुरमा ९, कैलालीमा ४६, डडेल्धुरामा .. र बझाङमा ४ र बैतडीमा ५ गरी जना गरी प्रदेशमा आज ६५ जना थपिएसँगै देशैभरी १६६९ जना संक्रमति थपिएका हुन् । जसमा महिला ६५५ र पुरुष १०१४ जना रहेका छन् ।

आज थपिएका १६६९ जनासँगै नेपालमा हालसम्मको कूल संक्रमितको संख्या २ लाख २० हजार ३०८ पुगेको छ ।

आज एकैदिन ५६९९ जना कोरोना संक्रमणबाट मुक्त
पछिल्लो २४ घण्टामा देशैभरी ५६९९ जना कोरोना संक्रमित निको भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा देशका विभिन्न आइसोलेशन सेन्टर र होम आइसोलेसनमा रहेकाहरु मध्ये ५६९९ जना संक्रमणबाट मुक्त भएर डिस्चार्ज भएका हुन् ।

आज निको भएका ५६९९ जनासँगै नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या १ लाख ९९ हजार २४ पुगेको छ । मन्त्रालयका अनुसार कूल संक्रमित मध्ये निको हुनेको यो दर ९०.३ प्रतिशत हो ।

कति छन् त होम आइसोलेसनमा ?
स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म १३ हजार ६१२ जना कोरोना संक्रमित होम आइसोलेसनमा रहेका छन् ।
जसमा प्रदेश १ मा १५३८, प्रदेश २ मा ३०९, बागमती प्रदेशमा ९,०२९, गण्डकी प्रदेशमा १,०३०, लुम्बिनी प्रदेशमा ७७१, कर्णाली प्रदेशमा ९० र सुदूरपश्चिम प्रदेशमा ८४५ जना गरी १३ हजार ६१२ जना रहेका छन् । साथै देशका विभिन्न अस्पताल तथा आइसोलेसन सेन्टरमा .. जनाको उपचार भइरहेको छ ।

कोरोना संक्रमणबाट आज १६ जनाको मृत्यु, हालसम्म कुन प्रदेशमा कति जनाको मृत्यु भयो त ?
कोरोना संक्रमणबाट नेपालमा आज पनि १६ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज विभिन्न जिल्लाका १६ जनाको मृत्यु भएको हो । आज थपिएका १६ जनासँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १३२१ पुगेको छ ।
हालसम्म कुन प्रदेशमा कति जनाको मृत्यु भयो त ?
मन्त्रालयका अनुसार हालसम्म प्रदेश १ मा १७१, प्रदेश २ मा १७४, बागमती प्रदेशमा ६५१, गण्डकी प्रदेशमा ८८, लुम्बिनी प्रदेशमा १८५, कर्णाली प्रदेशमा १५ र सुदूरपश्चिम प्रदेशमा ३७ जनाको मृत्यु भएको छ ।

यस्तो छ हेर्नुहोस् नेपालमा ६ मंसिरसम्मको कोरोना अपडेटको पूर्ण विवरण

वि.सं.२०७७ मंसिर ७ आइतवार १७:२७ मा प्रकाशित

पूर्वतिर सर्दै वर्षा गराउने प्रणाली, आवश्यक सतर्कता अपनाउन आग्रह

पूर्वतिर सर्दै वर्षा गराउने प्रणाली, आवश्यक सतर्कता अपनाउन आग्रह

काठमाडौँ । हाल लुम्बिनी, कर्णाली, बागमती, मधेस र कोशी प्रदेशका...

१० महिनामा १९ खर्ब १६ अर्ब बढी रेमिट्यान्स भित्रियो

१० महिनामा १९ खर्ब १६ अर्ब बढी रेमिट्यान्स भित्रियो

काठमाडौँ । चालु आर्थिक वर्षको १० महिनामा विदेश गएका नेपालीले...

नवनियुक्त मन्त्रीद्वय गुरुङ र पुनद्वारा पद तथा गोपनियताको शपथ ग्रहण

नवनियुक्त मन्त्रीद्वय गुरुङ र पुनद्वारा पद तथा गोपनियताको शपथ ग्रहण

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नवनियुक्त गृहमन्त्री सुधन गुरुङ र...

बीस किलोमिटर नहर क्षेत्रमा अतिक्रमणः अतिक्रमण हटाउन सात दिने अल्टिमेटम

बीस किलोमिटर नहर क्षेत्रमा अतिक्रमणः अतिक्रमण हटाउन सात दिने अल्टिमेटम

महेन्द्रनगर । महाकाली सिँचाइ आयोजनाअन्तर्गतको पहिलो र दोस्रो चरणको मूल...

मन्त्रिपरिषद् बैठकमा डिडीसीको उत्पादन प्रवद्र्धनको एजेन्डामा छलफल

मन्त्रिपरिषद् बैठकमा डिडीसीको उत्पादन प्रवद्र्धनको एजेन्डामा छलफल

काठमाडौँ । स्वदेशी उत्पादनलाई राष्ट्रिय गौरवका रूपमा प्रवद्र्धन गर्न सरकारले...

बिपी राजमार्गको रोशी क्षेत्रमा सवारी आवागमन बन्द

बिपी राजमार्गको रोशी क्षेत्रमा सवारी आवागमन बन्द

काभ्रेपलाञ्चोक । सम्भावित जोखिमलाई मध्यनजर गर्दै बिपी राजमार्गमा आज मध्याह्न...