back
CTIZAN AD

यस्तो छ हेर्नुहोस् नेपालमा ६ मंसिरसम्मको कोरोना अपडेटको पूर्ण विवरण

वि.सं.२०७७ मंसिर ६ शनिवार

822 

shares

६ मंसिर काठमाडौं । नेपालमा शनिबार (६ मंसिर) सम्म पिसीआर प्रविधिबाट १६ लाख ५२ हजार ५३ वटा कोरोना भाइरसको नमुना परीक्षण गरिएको छ ।

जसमा पछिल्लो २४ घण्टामा पिसीआर प्रविधिबाट ८,१४४ वटा नमुना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

त्यसैगरी हालसम्म देशैभरी संक्रिय संक्रमित २४००९ जना रहेका छन् । ती मध्ये देशका विभिन्न अस्पताल तथा आइसोलेशन सेन्टरहरुमा ६,८०३ जनाको उपचार भइरहेको छ । साथै होम आइसोलेसनमा बस्नेको संख्या १७ हजार २०६ रहेको छ ।

त्यसैगरी देशभरका विभिन्न अस्पतालको आइसीयुमा ३३६ जना संक्रमित उपचाररत छन् ।

मन्त्रालयका अनुसार प्रदेश १ मा ४६, प्रदेश २ मा ९, बागमती प्रदेशमा १२१, गण्डकी प्रदेशमा ८६, लुम्बिनी प्रदेशमा ५६, कर्णाली प्रदेशमा ११ र सुदूरपश्चिममा ७ जना गरी जम्मा ३३६ जना आइसीयुमा उपचाररत छन् ।

त्यसैगरी प्रदेश १ मा ८ जना, प्रदेश २ मा १ जना, बागमती प्रदेशमा २२ जना, गण्डकी प्रदेशमा १४ जना र लुम्बिनी प्रदेशमा २ जना गरी जम्मा ४७ जना भेन्टिलेटरमा उपचाररत छन् ।

त्यस्तै ५०० भन्दा बढी संक्रमित उपचार रहेको जिल्ला, झापा, मोरङ, सुनसरी, काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, काभ्रे, कास्की, नवलपरासीपूर्व, दाङ, रुपन्देही र कैलाली गरी १२ वटा रहेका छन् ।

यसैगरी क्वारेन्टिनमा ७५७ जना रहेका छन् भने शून्य संक्रमित रहेको जिल्ला मनाङ र मुस्ताङ रहेको छ ।

त्यस्तै आज थपिएका १६७४ जनासँगै नेपालमा हालसम्मको कूल संक्रमितको संख्या २ लाख १८ हजार ६३९ पुगेको छ । साथै आज २३२३ जना निको भएसँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या १ लाख ९३ हजार ३२५ पुगेको छ ।

आज ७ जना थपिएसँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १३०५ पुगेको छ ।

आज काठमाडौं उपत्यकाका ८९९ सहित देशैभरी १६७४ जनामा कोरोना संक्रमण
नेपालमा आज काठमाडौं उपत्यकाका ८९९ जनासहित देशैभरी १६७४ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौंमा ६८५, ललितपुरमा १६५ र भक्तपुरमा ४९ जना संक्रमित थपिएका हुन् ।

मन्त्रालयका अनुसार आज प्रदेश १ को इलाममा ४, उदयपुरमा २, खोटाङमा १, झापामा ५७, भोजपुरमा १, धनकुटामा ७ र सुनसरी ५ र सोलुखुम्बु १ गरी प्रदेशमा ७८ जना संक्रमित थपिएका हुन् ।

प्रदेश २ को धनुषामा ११, बारामा ५, महोत्तरीमा ३,सप्तरीमा २, सर्लाहीमा ४ र सिराहामा ७ जना गरी प्रदेशमा आज ३२ जना संक्रमित थपिएका छन् ।

बागमती प्रदेशको काठमाडौंमा ६८५, काभ्रेपलान्चोकमा ५६, चितवनमा ६१, दोलखामा ३, धादिङमा १८, नुवाकोटमा ८, भक्तपुरमा ४९, मकवानपुरमा २५, रामेछापमा ४, ललितपुरमा १६५, सिन्धुपाल्चोकमा ७ र सिन्धुलीमा २ जना गरी प्रदेशमा आज १०८३ जनामा संक्रमण देखिएको छ ।

गण्डकी प्रदेशको कास्कीमा ७५, गोरखामा ९, तनहुँमा ४४, नवलपरासीपूर्वमा २८, पर्वतमा ६, म्याग्दीमा ३, लमजुङमा ५, बागलुङमा ७ र स्याङजामा ७ जना गरी प्रदेशमा आज १८४ जना संक्रमित थपिएका छन् ।

त्यस्तै लुम्बिनी प्रदेशको अर्घाखाँचीमा ४, कपिलवस्तुमा ३३, गुल्मीमा ४, दाङमा १०, नवलपरासीमा ३३, पाल्पामा १९, प्युठानमा ३, बर्दियामा १७, बाँकेमा ३९, रुकुमपूर्व १ र रुपन्देहीमा ५७ र रोल्पामा ७ जना गरी प्रदेशमा आज जम्मा २२७ जनामा संक्रमण पुष्टि भएको छ ।

कर्णाली प्रदेशको दैलेखमा ४, रुकुम पश्चिममा १, सल्यानमा ४ र सुर्खेतमा १ र गरी प्रदेशमा आज १० जना संक्रमित थपिएका हुन् ।

सुदूरपश्चिम प्रदेशको अछाममा ३, कन्चनपुरमा ३, कैलालीमा ४०, डडेल्धुरामा ६, बाजुरामा १, बैतडीमा १, बझाङमा ६ जना गरी प्रदेशमा आज ६० जना थपिएसँगै देशैभरी १६७४ जना संक्रमति थपिएका हुन् । जसमा महिला ६६१ र पुरुष १०१३ जना रहेका छन् ।
आज थपिएका १६७४ जनासँगै नेपालमा हालसम्मको कूल संक्रमितको संख्या २ लाख १८ हजार ६३९ पुगेको छ ।

आज २३२३ जना कोरोना संक्रमणबाट मुक्त
पछिल्लो २४ घण्टामा देशैभरी २३२३ जना कोरोना संक्रमित निको भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा देशका विभिन्न आइसोलेशन सेन्टर र होम आइसोलेसनमा रहेकाहरु मध्ये २३२३ जना संक्रमणबाट मुक्त भएर डिस्चार्ज भएका हुन् ।

आज निको भएका २३२३ जनासँगै नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या १ लाख ९३ हजार ३३५ पुगेको छ । मन्त्रालयका अनुसार कूल संक्रमित मध्ये निको हुनेको यो दर ८८.४ प्रतिशत हो ।

कति छन् त होम आइसोलेसनमा ?
स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म १७ हजार २०६ जना कोरोना संक्रमित होम आइसोलेसनमा रहेका छन् ।
जसमा प्रदेश १ मा २०६०, प्रदेश २ मा ४७६, बागमती प्रदेशमा ११,६०४ गण्डकी प्रदेशमा ११५३, लुम्बिनी प्रदेशमा १२४६, कर्णाली प्रदेशमा ६८ र सुदूरपश्चिम प्रदेशमा ५९९ जना गरी १७ हजार २०६ जना रहेका छन् । साथै देशका विभिन्न अस्पताल तथा आइसोलेसन सेन्टरमा ६,८०३ जनाको उपचार भइरहेको छ ।

आज ७ जना थपिएसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १३०५ पुग्यो
नेपालमा आज पनि कोरोना संक्रमणबाट ७ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज विभिन्न जिल्लाका ७ जनाको मृत्यु भएको हो । आज थपिएका ७ जनासँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १३०५ पुगेको छ ।

यस्तो छ हेर्नुहोस् नेपालमा हालसम्मको कोरोना अपडेटको पूर्ण विवरण

.

वि.सं.२०७७ मंसिर ६ शनिवार १७:५९ मा प्रकाशित

संसद हल निर्माणमा अर्झै ढिलाइ गरे दैनिक एक करोड जरिवाना तिराइन्छ

संसद हल निर्माणमा अर्झै ढिलाइ गरे दैनिक एक करोड जरिवाना तिराइन्छ

काठमाडौं । सभामुख डीपी अर्यालले संसद हल निर्माण कार्यमा ढिलाइ...

भारतीय हेलिकप्टर अनुमतिबिना नेपाली आकाशमा उडेको विषय संसदमा

भारतीय हेलिकप्टर अनुमतिबिना नेपाली आकाशमा उडेको विषय संसदमा

काठमाडौं । भारतीय सेनाको हेलिकप्टर बिनाअनुमति नेपाली आकाशमा उडेपछि संसदमा...

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सातवटै प्रदेश...

अमेरिका-इरान शान्ति सम्झौतापछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घट्यो

अमेरिका-इरान शान्ति सम्झौतापछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घट्यो

काठमाडौं । अमेरिका र इरानबीच शान्ति सम्झौताको घोषणा भएपछि अन्तर्राष्ट्रिय...

बंगलादेशकाे”आँप कूटनीति”, काठमाडाैँमा बाँडियाे बंगाली आँप

बंगलादेशकाे”आँप कूटनीति”, काठमाडाैँमा बाँडियाे बंगाली आँप

काठमाडौँ । काठमाडौँस्थित बंगलादेशी दूतावासले काठमाडौँमा बंगाली आँप बाँडेको छ...

साहित्यकार न्यौपानेद्वारा लिखित ‘मनका उद्गार’ कृति विमोचन

साहित्यकार न्यौपानेद्वारा लिखित ‘मनका उद्गार’ कृति विमोचन

घोराही । साहित्यकार माधवप्रसाद न्यौपानेद्वारा लिखित ‘मनका उद्गार’ कृतिको विमोचन...