back
CTIZAN AD

यस्तो छ हेर्नुहोस् नेपालमा हालसम्मको कोरोना अपडेटको पूर्ण विवरण

वि.सं.२०७७ मंसिर ५ शुक्रवार

738 

shares

५ मंसिर, काठमाडौं । नेपालमा शुक्रबार ( ५ मंसिर) सम्म पिसीआर प्रविधिबाट १६ लाख ४३ हजार ८९९ वटा कोरोना भाइरसको नमुना परीक्षण गरिएको छ ।

जसमा पछिल्लो २४ घण्टामा पिसीआर प्रविधिबाट १०,३४० वटा नमुना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
त्यसैगरी हालसम्म देशैभरी संक्रिय संक्रमित २४ हजार ६६५ जना रहेका छन् । ती मध्ये देशका विभिन्न अस्पताल तथा आइसोलेशन सेन्टरहरुमा ५,६२४ जनाको उपचार भइरहेको छ । साथै होम आइसोलेसनमा बस्नेको संख्या १९ हजार ४१ रहेको छ ।

त्यसैगरी देशभरका विभिन्न अस्पतालको आइसीयुमा ४०३ जना संक्रमित उपचाररत छन् ।

मन्त्रालयका अनुसार प्रदेश १ मा ४८, प्रदेश २ मा १२, बागमती प्रदेशमा १७७, गण्डकी प्रदेशमा ८८, लुम्बिनी प्रदेशमा ५९, कर्णाली प्रदेशमा १२ र सुदूरपश्चिममा ७ जना गरी जम्मा ४०३ जना आइसीयुमा उपचाररत छन् ।

त्यसैगरी प्रदेश १ मा ६ जना, प्रदेश २ मा १ जना, बागमती प्रदेशमा ३८ जना, गण्डकी प्रदेशमा १२, जना, लुम्बिनी प्रदेशमा ५ जना र सुदूरपश्चिममा १ जना गरी जम्मा ६३ जना भेन्टिलेटरमा उपचाररत छन् ।

त्यस्तै ५०० भन्दा बढी संक्रमित उपचार रहेको जिल्ला, झापा, मोरङ, सुनसरी, काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, काभ्रे, कास्की, दाङ, रुपन्देही र कैलाली गरी १२ वटा रहेका छन् ।

यसैगरी क्वारेन्टिनमा ७५३ जना रहेका छन् भने शून्य संक्रमित रहेको जिल्ला मनाङ हेको छ ।

त्यस्तै आज थपिएका १९४५ जनासँगै नेपालमा हालसम्मको कूल संक्रमितको संख्या २ लाख १६ हजार ९६५ पुगेको छ । साथै आज ५३६४ जना निको भएसँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या १ लाख ९१ हजार २ पुगेको छ ।

आज २२ जना थपिएसँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १२९८ पुगेको छ ।

आज देशैभरी १९४५ जनामा कोरोना संक्रमण
नेपालमा आज काठमाडौं उपत्यकाका ११०७ जनासहित देशैभरी १९४५ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौंमा ८६२, ललितपुरमा १७४ र भक्तपुरमा ७१, जना संक्रमित थपिएका हुन् ।

मन्त्रालयका अनुसार आज प्रदेश १ को इलाममा २, उदयपुरमा ७, ओखलढुंगामा ६, झापामा ३३, तेह्रथुममा ४, भोजपुरमा १, पाँचथरमा १, धनकुटामा २, संखुवासभामा ३४, मोरङमा २०, सुनसरीमा ५५ र सोलुखुम्बुमा ३ गरी प्रदेशमा आज १६८ जना संक्रमित थपिएका हुन् ।

प्रदेश २ को धनुषामा २४, पर्सामा १, बारामा ७, महोत्तरीमा ४, रौतहटमा १, सप्तरीमा २, सर्लाहीमा ३ र सिराहामा १७ जना गरी प्रदेशमा आज ५९ जना संक्रमित थपिएका छन् ।

बागमती प्रदेशको काठमाडौंमा ८६२, काभ्रेपलान्चोकमा ५४, चितवनमा ८७, दोलखामा १७, धादिङमा १४, नुवाकोटमा ११, भक्तपुरमा ७१, मकवानपुरमा ८, रामेछापमा ६, ललितपुरमा १७४, सिन्धुपाल्चोकमा ११ र सिन्धुलीमा २ जना गरी प्रदेशमा आज १३१७ जनामा संक्रमण देखिएको छ ।

गण्डकी प्रदेशको कास्कीमा ८८, गोरखामा ११, तनहुँमा ७, नवलपरासीपूर्वमा १४, पर्वतमा १, लमजुमा ११, बागलुङमा ५ र स्याङजामा ७ जना गरी प्रदेशमा आज १४५ जना संक्रमित थपिएका छन् ।

त्यस्तै लुम्बिनी प्रदेशको अर्घाखाँचीमा २, कपिलवस्तुमा ७, गुल्मीमा ४, दाङमा ५१, नवलपरासीमा १९, पाल्पामा १५, प्युठानमा ६, बर्दियामा ९, बाँकेमा ८ र रुपन्देहीमा ६० जना गरी प्रदेशमा आज जम्मा १८१ जनामा संक्रमण पुष्टि भएको छ ।

कर्णाली प्रदेशको कालिकोटमा १, दैलेखमा २, रुकुमपश्चिममा १, सल्यानमा ६ र सुर्खेतमा २ गरी प्रदेशमा आज १२ जना संक्रमित थपिएका हुन् ।

सुदूरपश्चिम प्रदेशको अछाममा १, कन्चनपुरमा ७, कैलालीमा २४, डडेल्धुरामा ५, डोटीमा १, दार्चुलामा १९, बाजुरामा १, बैतडीमा ३ र बझाङमा २ जना गरी प्रदेशमा आज ६३ जना थपिएसँगै देशैभरी १९४५ जना संक्रमति थपिएका हुन् । जसमा महिला ७४० र पुरुष १२०५ जना रहेका छन् । आज थपिएका १९४५ जनासँगै नेपालमा हालसम्मको कूल संक्रमितको संख्या २ लाख १६ हजार ९६५ पुगेको छ ।

आज एकैदिन पाँच हजार ३६४ कोरोना संक्रमणबाट मुक्त
पछिल्लो २४ घण्टामा देशैभरी ५ हजार ३६४ जना कोरोना संक्रमित निको भएका छन् । दिनहुँ निको हुनेको यो संख्या अहिलेसम्मकै बढी हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा देशका विभिन्न आइसोलेशन सेन्टर र होम आइसोलेसनमा रहेकाहरु मध्ये ५३६४ जना संक्रमणबाट मुक्त भएर डिस्चार्ज भएका हुन् ।

आज निको भएका ५,३६४ जनासँगै नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या १ लाख ९१ हजार २ पुगेको छ । मन्त्रालयका अनुसार कूल संक्रमित मध्ये निको हुनेको यो दर ८८ प्रतिशत हो ।

कति छन् त होम आइसोलेसनमा ?
स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म १९ हजार ४१ जना कोरोना संक्रमित होम आइसोलेसनमा रहेका छन् ।
जसमा प्रदेश १ मा २,६१२ प्रदेश २ मा ६५८, बागमती प्रदेशमा ११,३६२, गण्डकी प्रदेशमा २,१२०, लुम्बिनी प्रदेशमा १४७०, कर्णाली प्रदेशमा ११५ र सुदूरपश्चिम प्रदेशमा ६७७ जना गरी १९ हजार १४ जना रहेका छन् । साथै देशका विभिन्न अस्पताल तथा आइसोलेसन सेन्टरमा .. जनाको उपचार भइरहेको छ ।

कोरोना संक्रमणबाट आज पनि २२ जनाको मृत्यु
नेपालमा आज पनि कोरोना संक्रमणबाट २२ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज विभिन्न जिल्लाका २२ जनाको मृत्यु भएको हो ।
आज थपिएका २२ जनासँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १२९८ पुगेको छ ।

यस्तो छ हेर्नुहोस् नेपालमा ४ मंसिरसम्मको कोरोना अपडेटको पूर्ण विवरण

.

वि.सं.२०७७ मंसिर ५ शुक्रवार १७:१० मा प्रकाशित

एक खर्ब निक्षेप सङ्कलन गर्न बोलकबोल आह्वान

एक खर्ब निक्षेप सङ्कलन गर्न बोलकबोल आह्वान

काठमाडौँ । नेपाल राष्ट्र बैंकले रु एक खर्ब बराबरको निक्षेप...

नेप्से परिसूचक १४ अङ्कले बढ्यो

नेप्से परिसूचक १४ अङ्कले बढ्यो

काठमाडौँ ।  धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

न्युयोर्कमा नेपाली–अमेरिकन व्यापार तथा लागानी सम्मेलन हुने

न्युयोर्कमा नेपाली–अमेरिकन व्यापार तथा लागानी सम्मेलन हुने

काठमाडौँ । नेपाल र अमेरिकाबीच व्यापार, लगानी, उद्यमशीलता, नवप्रवर्तन तथा...

जल तथा मौसमजन्य विपद् जोखिम सम्बन्धी पूर्वसूचना प्रवाह गर्ने सम्बन्धमा सम्झौता

जल तथा मौसमजन्य विपद् जोखिम सम्बन्धी पूर्वसूचना प्रवाह गर्ने सम्बन्धमा सम्झौता

काठमाडौँ । नेपाल टेलिकम र जल तथा मौसम बिज्ञान विभागबीच...

एमालेका तीन मन्त्री र एक राज्यमन्त्री पदमुक्त

एमालेका तीन मन्त्री र एक राज्यमन्त्री पदमुक्त

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले नेपाल कम्युनिष्ट पार्टी...

निजी क्षेत्रलाई सरकारले उच्च प्राथमिकता दिएको छः प्रधानमन्त्री

निजी क्षेत्रलाई सरकारले उच्च प्राथमिकता दिएको छः प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले देशको पर्यटन प्रवद्र्धनका निम्ति द्रुत...