back
CTIZAN AD

यस्तो छ हेर्नुहोस् नेपालमा ४ मंसिरसम्मको कोरोना अपडेटको पूर्ण विवरण

वि.सं.२०७७ मंसिर ४ बिहीवार

675 

shares

४ मंसिर,काठमाडौं । नेपालमा बिहिबार ( ४ मंसिर ) सम्म पिसीआर प्रविधिबाट १६ लाख ३३ हजार ५५९ वटा कोरोना भाइरसको नमुना परीक्षण गरिएको छ ।

जसमा पछिल्लो २४ घण्टामा पिसीआर प्रविधिबाट ९ हजार ८०५ वटा नमुना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

त्यसैगरी हालसम्म देशैभरी संक्रिय संक्रमित २८ हजार १०६ जना रहेका छन् । ती मध्ये देशका विभिन्न अस्पताल तथा आइसोलेशन सेन्टरहरुमा २,७५९ जनाको उपचार भइरहेको छ । साथै होम आइसोलेसनमा बस्नेको संख्या २५ हजार ३४७ रहेको छ ।

त्यसैगरी देशभरका विभिन्न अस्पतालको आइसीयुमा ३८० जना संक्रमित उपचाररत छन् ।
मन्त्रालयका अनुसार प्रदेश १ मा ४८, प्रदेश २ मा ११, बागमती प्रदेशमा १६१,गण्डकी प्रदेशमा ८९, लुम्बिनी प्रदेशमा ५५, कर्णाली प्रदेशमा १० र सुदूरपश्चिममा ६ जना गरी जम्मा ३८० जना आइसीयुमा उपचाररत छन् ।

त्यसैगरी प्रदेश १ मा ३ जना, प्रदेश २ मा १ जना, बागमती प्रदेशमा ३८ जना, गण्डकी प्रदेशमा १४ जना, लुम्बिनी प्रदेशमा ५ जना र सुदूरपश्चिम प्रदेशमा १ जना गरी जम्मा जना भेन्टिलेटरमा उपचाररत छन् ।

त्यस्तै ५०० भन्दा बढी संक्रमित उपचार रहेको जिल्ला, झापा, मोरङ, सुनसरी, काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, मकवानपुर, काभ्रे, कास्की, दाङ, रुपन्देही र कैलाली गरी १२ वटा रहेका छन् ।

यसैगरी क्वारेन्टिनमा ७६७ जना रहेका छन् भने शून्य संक्रमित रहेको जिल्ला मनाङ रहेको छ ।

त्यस्तै आज थपिएका २१०३ जनासँगै नेपालमा हालसम्मको कूल संक्रमितको संख्या २ लाख १५ हजार २० पुगेको छ । साथै आज २८५८ जना निको भएसँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या १ लाख ८५ हजार ६३८ पुगेको छ ।

आज १७ जना थपिएसँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १२७६ पुगेको छ ।

आज देशैभरी २१०३ जनामा कोरोना संक्रमण
नेपालमा आज काठमाडौं उपत्यकाका १२२९ जनासहित देशैभरी २१०३ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौंमा ९६५, ललितपुरमा १८९ र भक्तपुरमा ७५ जना संक्रमित थपिएका हुन् ।

मन्त्रालयका अनुसार आज प्रदेश १ को इलाममा २, उदयपुरमा ४, ओखलढुंगामा २, खोटाङमा १, झापामा ५१, पाँचथरमा १२ भोजपुरमा १, मोरङमा १२८, संखुवासभामा ९ र सुनसरीमा ७९ गरी प्रदेशमा आज २९० जना संक्रमित थपिएका हुन् ।

प्रदेश २ को धनुषाा १६, पर्सामा १६, बारामा ३, महोत्तरीमा ४, रौतहटमा ३, सप्तरीमा २०, सर्लाहीमा ५ र सिराहामा १० जना गरी प्रदेशमा आज ७७ जना संक्रमित थपिएका छन् ।

बागमती प्रदेशको काठमाडौंमा ९६५, काभ्रेपलान्चोकमा १६, चितवनमा ८०, दोलखामा १, धादिङमा ९, नुवाकोटमा १४, भक्तपुरमा७५, मकवानपुरमा २३, रसुवामा २, रामेछापमा १, ललितपुरमा १८९, सिन्धुपाल्चोकमा ९ र सिन्धुलीमा ३ जना गरी प्रदेशमा आज १३८७ जनामा संक्रमण देखिएको छ ।

गण्डकी प्रदेशको कास्कीमा ७६, गोरखामा १४, तनहुँमा ११, नवलपरासीपूर्वमा १२, पर्वतमा २, मुस्ताङमा ४, लमजुङमा १२, बागलुङमा १३ र स्याङजामा १० जना गरी प्रदेशमा आज १५४ जना संक्रमित थपिएका छन् ।

त्यस्तै लुम्बिनी प्रदेशको अर्घाखाँचीमा ४, कपिलवस्तुमा ११, गुल्मीमा १२, दाङमा ३२, नवलपरासीमा १२, पाल्पामा १०, बर्दियामा ६, बाँकेमा २१ र रुपन्देहीमा ५७ जना गरी प्रदेशमा आज जम्मा १६५ जनामा संक्रमण पुष्टि भएको छ ।

कर्णाली प्रदेशको दैलेखमा ४ र रुकुमपश्चिममा २ जना गरी प्रदेशमा आज ६ जना संक्रमित थपिएका हुन् ।

सुदूरपश्चिम प्रदेशको कन्चनपुरमा ३, कैलालीमा ५, डडेल्धुरामा ४, दार्चुलामा २, बझाङमा ९ र बैतडीमा १ जना गरी प्रदेशमा आज २४ जना थपिएसँगै देशैभरी २१०३ जना संक्रमति थपिएका हुन् । जसमा महिला ८६४ र पुरुष १२३९ जना रहेका छन् ।

आज थपिएका २१०३ जनासँगै नेपालमा हालसम्मको कूल संक्रमितको संख्या २ लाख १५ हजार २० पुगेको छ ।

आज देशैभरी २८५८ जना कोरोना संक्रमण मुक्त
पछिल्लो २४ घण्टामा देशैभरी २८५८ जना कोरोना संक्रमित निको भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा देशका विभिन्न आइसोलेशन सेन्टर र होम आइसोलेसनमा रहेकाहरु मध्ये २८५८ जना संक्रमणबाट मुक्त भएर डिस्चार्ज भएका हुन् । आज निको भएका २८५८ जनासँगै नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या १ लाख ८५ हजार ६३८ पुगेको छ । मन्त्रालयका अनुसार कूल संक्रमित मध्ये निको हुनेको यो दर ८६.३ प्रतिशत हो ।

कति छन् त होम आइसोलेसनमा ?
स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म २५ हजार ३४७ जना कोरोना संक्रमित होम आइसोलेसनमा रहेका छन् ।
जसमा प्रदेश १ मा २९५४, प्रदेश २ मा ६५९, बागमती प्रदेशमा १६,८९८, गण्डकी प्रदेशमा १८९३, लुम्बिनी प्रदेशमा १८२६, कर्णाली प्रदेशमा १९४ र सुदूरपश्चिम प्रदेशमा ९२३ जना गरी २५ हजार ३४७ जना रहेका छन् । साथै देशका विभिन्न अस्पताल तथा आइसोलेसन सेन्टरमा .. जनाको उपचार भइरहेको छ ।

कोरोना संक्रमणबाट आज पनि १७ जनाको मृत्यु
नेपालमा आज पनि कोरोना संक्रमणबाट १७ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज विभिन्न जिल्लाका १७ जनाको मृत्यु भएको हो । आज थपिएका १७ जनासँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १२७६ पुगेको छ ।

यस्तो छ हेर्नुहोस् नेपालमा मंसिर ३ गतेसम्मको कोरोना अपडेटको पूर्ण विवरण

.

वि.सं.२०७७ मंसिर ४ बिहीवार १७:४२ मा प्रकाशित

सुस्तामा भारतीय हस्तक्षेपप्रति हर्कको कडा आपत्तिः रक्षामन्त्रीलाई संसदमा उभ्याउन रुलिङको माग

सुस्तामा भारतीय हस्तक्षेपप्रति हर्कको कडा आपत्तिः रक्षामन्त्रीलाई संसदमा उभ्याउन रुलिङको माग

काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं संसदीय दलका नेता...

युनलाई थप ३० वर्ष जेल सजाय

युनलाई थप ३० वर्ष जेल सजाय

सियोल । उत्तर कोरियासँग तनाव चर्काउने उद्देश्यले सन् २०२४ मा...

इरान-अमेरिका सम्झौता अन्योलमा

इरान-अमेरिका सम्झौता अन्योलमा

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले निकट दिनमा इरानसँग सम्झौता...

पाल्पाका किसान उन्नत जातका धान उत्पादनमा आकर्षित

पाल्पाका किसान उन्नत जातका धान उत्पादनमा आकर्षित

तानसेन (पाल्पा) । उन्नत जातका धान उत्पादनमा किसानहरुको आकर्षण बढेको...

लागुऔषधसहित ३३ जना पक्राउ

लागुऔषधसहित ३३ जना पक्राउ

काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले मुलुकका विभिन्न भागबाट...

पशुपालनका निम्ति गोठ निर्माण गर्न अनुदान

पशुपालनका निम्ति गोठ निर्माण गर्न अनुदान

मुग्लिन (चितवन) । चितवनको इच्छाकामना गाउँपालिकाले किसानलाई व्यावसायिक पशुपालनमा आकर्षित...