back
CTIZAN AD

यस्तो छ हेर्नुहोस् नेपालमा मंसिर ३ गतेसम्मको कोरोना अपडेटको पूर्ण विवरण

वि.सं.२०७७ मंसिर ३ बुधवार

729 

shares

३ मंसिर, काठमाडौं । नेपालमा बुधबार (३ मंसिर ) सम्म पिसीआर प्रविधिबाट १६ लाख २३ हजार ७५४ वटा कोरोना भाइरसको नमुना परीक्षण गरिएको छ ।

जसमा पछिल्लो २४ घण्टामा पिसीआर प्रविधिबाट ६,७३१ वटा नमुना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

त्यसैगरी हालसम्म देशैभरी संक्रिय संक्रमित २८ हजार ८७८ जना रहेका छन् । ती मध्ये देशका विभिन्न अस्पताल तथा आइसोलेशन सेन्टरहरुमा २४५७ जनाको उपचार भइरहेको छ । साथै होम आइसोलेसनमा बस्नेको संख्या २६ हजार ४२१ रहेको छ ।

त्यसैगरी देशभरका विभिन्न अस्पतालको आइसीयुमा ३२६ जना संक्रमित उपचाररत छन् ।
मन्त्रालयका अनुसार प्रदेश १ मा ४९, प्रदेश २ मा १०, बागमती प्रदेशमा ११९, गण्डकी प्रदेशमा ७९ , लुम्बिनी प्रदेशमा ५५, कर्णाली प्रदेशमा ९ र सुदूरपश्चिममा ५ जना गरी जम्मा ३२६ जना आइसीयुमा उपचाररत छन् ।

त्यसैगरी प्रदेश १ मा ७ जना, प्रदेश २ मा २ जना, बागमती प्रदेशमा २९ जना, गण्डकी प्रदेशमा १२ जना र लुम्बिनी प्रदेशमा ४ जना गरी जम्मा ५४ जना भेन्टिलेटरमा उपचाररत छन् ।

त्यस्तै ५०० भन्दा बढी संक्रमित उपचार रहेको जिल्ला, झापा, मोरङ, सुनसरी, काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, काभ्रे, कास्की, दाङ, रुपन्देही, पाल्पा र कैलाली गरी १३ वटा रहेका छन् ।

यसैगरी क्वारेन्टिनमा १२५९ जना रहेका छन् भने शून्य संक्रमित रहेको जिल्ला मनाङ रहेको छ ।

त्यस्तै आज थपिएका १४४२ जनासँगै नेपालमा हालसम्मको कूल संक्रमितको संख्या २ लाख १२ हजार ९१७ पुगेको छ । साथै आज ३५३८ जना निको भएसँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या १ लाख ८२ हजार ७८० पुगेको छ ।

आज १२ जना थपिएसँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १२५९ पुगेको छ ।

आज देशैभरी १४४२ जनामा कोरोना संक्रमण
नेपालमा आज काठमाडौं उपत्यकाका १०३८ जनासहित देशैभरी १४४२ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौंमा ८२२, ललितपुरमा १६८ र भक्तपुरमा ४८ जना संक्रमित थपिएका हुन् ।

मन्त्रालयका अनुसार आज प्रदेश १ को इलाममा ३, उदयपुरमा १, झापामा १६, ताप्लेजुङमा १, पाँचथरमा १, भोजपुरमा १, धनकुटामा २, संखुवासभामा १, मोरङमा २९ र सुनसरीमा २ गरी प्रदेशमा आज ५६ जना संक्रमित थपिएका हुन् ।

प्रदेश २ को धनुषामा १०, पर्सामा १, बारामा ४, महोत्तरीमा ६,सप्तरीमा ५, सर्लाहीमा ९ र सिराहामा ६ जना गरी प्रदेशमा आज ४१ जना संक्रमित थपिएका छन् ।

बागमती प्रदेशको काठमाडौंमा ८२२, काभ्रेपलान्चोकमा ६, चितवनमा १०५, धादिङमा ७, नुवाकोटमा ७, भक्तपुरमा ४८, मकवानपुरमा १७, रामेछापमा ३, ललितपुरमा १६८, सिन्धुपाल्चोकमा ७ र सिन्धुलीमा २ जना गरी प्रदेशमा आज ११७२ जनामा संक्रमण देखिएको छ ।

गण्डकी प्रदेशको कास्कीमा ३२, गोरखामा ५, तनहुँमा १३, नवलपरासीपूर्वमा २३, पर्वतमा २, म्याग्दीमा ३, लमजुङमा २, बागलुङमा ५ र स्याङजामा १५ जना गरी प्रदेशमा आज १०० जना संक्रमित थपिएका छन् ।

त्यस्तै लुम्बिनी प्रदेशको अर्घाखाँचीमा १, कपिलवस्तुमा ५, गुल्मीमा १, दाङमा १४, नवलपरासीमा ५, पाल्पामा ६, प्युठानमा ४, बर्दियामा २, बाँकेमा ८, रुपन्देहीमा १६ र रोल्पामा १ जना गरी प्रदेशमा आज जम्मा ६३ जनामा संक्रमण पुष्टि भएको छ ।

सुदूरपश्चिम प्रदेशको कैलालीमा ८ र दार्चुलमामा २ गरी प्रदेशमा आज १० जना थपिएसँगै देशैभरी १४४२ जना संक्रमति थपिएका हुन् । जसमा महिला ५३४ र पुरुष ९०८ जना रहेका छन् ।

आज थपिएका १४४२ जनासँगै नेपालमा हालसम्मको कूल संक्रमितको संख्या २ लाख १२ हजार ९१७ पुगेको छ ।

आज एकैदिन ३५३८ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज
पछिल्लो २४ घण्टामा देशैभरी ३५३८ जना कोरोना संक्रमित निको भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा देशका विभिन्न आइसोलेशन सेन्टर र होम आइसोलेसनमा रहेकाहरु मध्ये ३५३८ जना संक्रमणबाट मुक्त भएर डिस्चार्ज भएका हुन् ।

आज निको भएका ३५३८ जनासँगै नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या १ लाख ८२ हजार ७८० पुगेको छ । मन्त्रालयका अनुसार कूल संक्रमित मध्ये निको हुनेको यो दर ८५.८ प्रतिशत हो ।

कति छन् त होम आइसोलेसनमा ?
स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म २६ हजार ४२१ जना कोरोना संक्रमित होम आइसोलेसनमा रहेका छन् ।
जसमा प्रदेश १ मा ३०४३, प्रदेश २ मा ६५६, बागमती प्रदेशमा १७,७९०, गण्डकी प्रदेशमा १८५७, लुम्बिनी प्रदेशमा१८९६ , कर्णाली प्रदेशमा १९४ र सुदूरपश्चिम प्रदेशमा ९८५ जना गरी २६ हजार ४२१ जना रहेका छन् । साथै देशका विभिन्न अस्पताल तथा आइसोलेसन सेन्टरमा २४५७ जनाको उपचार भइरहेको छ ।

कोरोना संक्रमणबाट आज १२ जनाको मृत्यु
नेपालमा आज पनि कोरोना संक्रमणबाट १२ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज विभिन्न जिल्लाका १२ जनाको मृत्यु भएको हो । आज थपिएका १२ जनासँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १२५९ पुगेको छ ।

यस्तो छ हेर्नुहोस् नेपालमा मंसिर २ गतेसम्मको कोरोना अपडेटको पूर्ण विवरण

.

वि.सं.२०७७ मंसिर ३ बुधवार १७:४१ मा प्रकाशित

नेकपा संयोजक प्रचण्ड तीन दिने भ्रमणका लागि श्रीलङ्का प्रस्थान

नेकपा संयोजक प्रचण्ड तीन दिने भ्रमणका लागि श्रीलङ्का प्रस्थान

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड श्रीलङ्का...

रौतहटमा एक युवकद्वारा आत्मदाह प्रयास, कीर्तिपुर बर्न अस्पताल रिफर

रौतहटमा एक युवकद्वारा आत्मदाह प्रयास, कीर्तिपुर बर्न अस्पताल रिफर

काठमाडौं । रौतहटमा एक युवकले आफ्नै शरीरमा पेट्रोल छर्केर आत्मदाहको...

प्रभु बैंकको ४८ करोड कर्जा दुरुपयोग प्रकरणमा एक पक्राउ, सीआईबीद्वारा अनुसन्धान तीव्र

प्रभु बैंकको ४८ करोड कर्जा दुरुपयोग प्रकरणमा एक पक्राउ, सीआईबीद्वारा अनुसन्धान तीव्र

काठमाडौं । प्रभु बैंक लिमिटेडबाट रिसोर्ट निर्माण तथा जग्गा खरिदका...

कर्णाली सरकारका चार मन्त्रीद्धारा सामूहिक राजीनामा

कर्णाली सरकारका चार मन्त्रीद्धारा सामूहिक राजीनामा

काठमाडौं । कर्णाली सरकारमा सहभागी कांग्रेसका चार मन्त्रीले सामूहिक राजीनामा...

आज यी चार प्रदेशमा भारी वर्षाको पूर्वानुमान

आज यी चार प्रदेशमा भारी वर्षाको पूर्वानुमान

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।...

अब निजी सञ्चार माध्यामलेपनि सरकारी विज्ञापन पाउने

अब निजी सञ्चार माध्यामलेपनि सरकारी विज्ञापन पाउने

काठमाडौँ । सर्वोच्च अदालतले सरकारी विज्ञापन प्रकाशनका लागि सरकारले लागू...