२ मंसिर, काठमाडौं । नेपालमा मंगलबार ( २ मंसिर) सम्म पिसीआर प्रविधिबाट १६ लाख १७ हजार २३ वटा कोरोना भाइरसको नमुना परीक्षण गरिएको छ ।
जसमा पछिल्लो २४ घण्टामा पिसीआर प्रविधिबाट ३११२ वटा नमुना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
त्यसैगरी हालसम्म देशैभरी संक्रिय संक्रमित ३० हजार ९८३ जना रहेका छन् । ती मध्ये देशका विभिन्न अस्पताल तथा आइसोलेशन सेन्टरहरुमा २७७९ जनाको उपचार भइरहेको छ । साथै होम आइसोलेसनमा बस्नेको संख्या २८ हजार २०७ रहेको छ ।
त्यसैगरी देशभरका विभिन्न अस्पतालको आइसीयुमा ३१८ जना संक्रमित उपचाररत छन् ।
मन्त्रालयका अनुसार प्रदेश १ मा ४३, प्रदेश २ मा १६, बागमती प्रदेशमा १०३, गण्डकी प्रदेशमा ७८, लुम्बिनी प्रदेशमा ६४, कर्णाली प्रदेशमा ९ र सुदूरपश्चिममा ५ जना गरी जम्मा ३१८ जना आइसीयुमा उपचाररत छन् ।
त्यसैगरी प्रदेश १ मा ७ जना, प्रदेश २ मा २ जना, बागमती प्रदेशमा २२ जना, गण्डकी प्रदेशमा २ जना, लुम्बिनी प्रदेशमा ४ जना र सुदूरपश्चिममा १ गरी जम्मा ३८ जना भेन्टिलेटरमा उपचाररत छन् ।
त्यस्तै ५०० भन्दा बढी संक्रमित उपचार रहेको जिल्ला, झापा, मोरङ, सुनसरी, काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, काभ्रे, कास्की, दाङ, रुपन्देही, पाल्पा र कैलाली गरी १३ वटा रहेका छन् ।
यसैगरी क्वारेन्टिनमा १००३ जना रहेका छन् भने शून्य संक्रमित रहेको जिल्ला मनाङ रहेको छ ।
त्यस्तै आज थपिएका ५०२ जनासँगै नेपालमा हालसम्मको कूल संक्रमितको संख्या २ लाख ११ हजार ४७५ पुगेको छ । साथै आज २८७८ जना निको भएसँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या १ लाख ७९ हजार २४२ पुगेको छ ।
आज १७ जना थपिएसँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १२४७ पुगेको छ ।
आज देशैभरी ५०२ जनामा कोरोना संक्रमण
नेपालमा आज काठमाडौं उपत्यकाका ३३९ जनासहित देशैभरी ५०२ जना कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौंमा २८९, ललितपुरमा ३८ र भक्तपुरमा १२ जना संक्रमित थपिएका हुन् ।
मन्त्रालयका अनुसार आज प्रदेश १ को झापामा ६, संखुवासभामा १ र सुनसरीमा १ गरी प्रदेशमा जम्मा ८ जना संक्रमित थपिएका हुन् ।
प्रदेश २ को धनुषामा ११, पर्सामा १, बारामा ४, महोत्तरीमा ५, रौतहटमा १, सप्तरीमा २, सर्लाहीमा २ र सिराहामा १ जना गरी प्रदेशमा आज २७ जना संक्रमित थपिएका छन् ।
बागमती प्रदेशको काठमाडौंमा २८९, काभ्रेपलान्चोकमा ३, चितवनमा १८, धादिङमा ३, भक्तपुरमा १२, मकवानपुरमा १२, रामेछापमा २, ललितपुरमा ३८, सिन्धुपाल्चोकमा २ र सिन्धुलीमा १ जना गरी प्रदेशमा आज ३८० जनामा संक्रमण देखिएको छ ।
गण्डकी प्रदेशको गोरखामा २, तनहुँमा ३, नवलपरासीपूर्वमा ९, लमजुङमा २, बागलुङमा १ र स्याङजामा १ जना गरी प्रदेशमा आज १८ जना संक्रमित थपिएका छन् ।
त्यस्तै लुम्बिनी प्रदेशको अर्घाखाँचीमा १, गुल्मीमा २, दाङमा १, नवलपरासीमा ४, पाल्पामा १८, बर्दियामा १, बाँकेमा ४ र रुपन्देहीमा ३६ जना गरी प्रदेशमा आज जम्मा ६७ जनामा संक्रमण पुष्टि भएको छ ।
त्यस्तै आज सुदूरपश्चिम प्रदेशको कन्चनपुरमा र दार्चुलामा १÷१ जना थपिएसँगै आज देशैभरी ५०२ जना संक्रमति थपिएका हुन् । जसमा महिला २०४ र पुरुष २५८ जना रहेका छन् ।
आज थपिएका ५०२ जनासँगै नेपालमा हालसम्मको कूल संक्रमितको संख्या २ लाख ११ हजार ४७५ पुगेको छ ।
आज २८७८ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज
पछिल्लो २४ घण्टामा देशैभरी २८७८ जना कोरोना संक्रमित निको भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा देशका विभिन्न आइसोलेशन सेन्टर र होम आइसोलेसनमा रहेकाहरु मध्ये २८७८ जना संक्रमणबाट मुक्त भएर डिस्चार्ज भएका हुन् ।
आज निको भएका २८७८ जनासँगै नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या १ लाख ७९ हजार २४२ पुगेको छ । मन्त्रालयका अनुसार कूल संक्रमित मध्ये निको हुनेको यो दर ८४.८ प्रतिशत हो ।
कति छन् त होम आइसोलेसनमा ?
स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म २८ हजार २०७ जना कोरोना संक्रमित होम आइसोलेसनमा रहेका छन् ।
जसमा प्रदेश १ मा ३४०२, प्रदेश २ मा ६८४, बागमती प्रदेशमा १८,७३५, गण्डकी प्रदेशमा १९६५, लुम्बिनी प्रदेशमा २२०३, कर्णाली प्रदेशमा २१३ र सुदूरपश्चिम प्रदेशमा १००५ जना गरी २८ हजार २०७ जना रहेका छन् । साथै देशका विभिन्न अस्पताल तथा आइसोलेसन सेन्टरमा .. जनाको उपचार भइरहेको छ ।
कोरोना संक्रमणबाट आज १७ जनाको मृत्यु
नेपालमा आज पनि कोरोना संक्रमणबाट १७ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज विभिन्न जिल्लाका १७ जनाको मृत्यु भएको हो ।
आज थपिएका १७ जनासँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १२४७ पुगेको छ ।
.
वि.सं.२०७७ मंसिर २ मंगलवार १६:५८ मा प्रकाशित






























