back
CTIZAN AD

राष्ट्रपति भेट्न प्रचण्ड पुगे शितल निवास

वि.सं.२०७७ मंसिर २ मंगलवार

945 

shares

२ मंसिर, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड राष्ट्रपतिलाई भेट्न शितल निवास पुगेका छन् ।

नेकपाका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि बुधबारका लागि बोलाइएको सचिवालय बैठक सार्न चाहेपछि नयाँ परिस्थितिबारे छलफल गर्न अध्यक्ष प्रचण्ड राष्ट्रपतिलाई भेट्न शितल निवास पुगेका हुन् ।

बालुवाटारमा बसेको प्रधानमन्त्री ओली, महासचिव बिष्णु पौडेल, उपप्रधानमन्त्री ईश्वर पोखरेललगायतको बैठक सकिएसँगै दाहाल राष्ट्रपतिलाई भेट्न शीतल निवास पुगेका हुन् ।

यसअघि मंगलबार महासचिव पौडेल आन्तरिक विवाद समाधानबारे छलफल गर्न  अध्यक्ष दाहाल निवास पुगेका थिए । उनले पार्टी कमिटी बैठकमा आपसी विवाद गरेर समस्या झन् जटिल बनाउनुभन्दा दुई अध्यक्ष र अन्य नेताहरूबीच छलफल गरेर समाधानसहित छलफल गर्नुपर्ने प्रस्तावका बारेमा प्रचण्डसँग छलफल गरेको बताइएको छ । तर अध्यक्ष प्रचण्डले भने सचिवालयको मितिसमेत तोकिसकेको हुँदा बैठकले नै मिति तोक्न सक्ने अहिल्यै सार्न नसकिने बताएको एक सचिवालय सदस्यले बताएका छन् ।

नेकपाको सचिवालय बैठक बुधबार दिउँसो १ बजे बोलाइएको छ । यसअघि कार्तिक २८ गते बसेको सचिवालय बैठकमा कार्यकारी अध्यक्ष प्रचण्डले अध्यक्ष ओलिका कार्यशैलीप्रति असहमति जनाउँदै १९ पेज लामो प्रतिवेदन पेश गरेका थिए ।

वि.सं.२०७७ मंसिर २ मंगलवार १८:५२ मा प्रकाशित

एक खर्ब निक्षेप सङ्कलन गर्न बोलकबोल आह्वान

एक खर्ब निक्षेप सङ्कलन गर्न बोलकबोल आह्वान

काठमाडौँ । नेपाल राष्ट्र बैंकले रु एक खर्ब बराबरको निक्षेप...

नेप्से परिसूचक १४ अङ्कले बढ्यो

नेप्से परिसूचक १४ अङ्कले बढ्यो

काठमाडौँ ।  धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

न्युयोर्कमा नेपाली–अमेरिकन व्यापार तथा लागानी सम्मेलन हुने

न्युयोर्कमा नेपाली–अमेरिकन व्यापार तथा लागानी सम्मेलन हुने

काठमाडौँ । नेपाल र अमेरिकाबीच व्यापार, लगानी, उद्यमशीलता, नवप्रवर्तन तथा...

जल तथा मौसमजन्य विपद् जोखिम सम्बन्धी पूर्वसूचना प्रवाह गर्ने सम्बन्धमा सम्झौता

जल तथा मौसमजन्य विपद् जोखिम सम्बन्धी पूर्वसूचना प्रवाह गर्ने सम्बन्धमा सम्झौता

काठमाडौँ । नेपाल टेलिकम र जल तथा मौसम बिज्ञान विभागबीच...

एमालेका तीन मन्त्री र एक राज्यमन्त्री पदमुक्त

एमालेका तीन मन्त्री र एक राज्यमन्त्री पदमुक्त

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले नेपाल कम्युनिष्ट पार्टी...

निजी क्षेत्रलाई सरकारले उच्च प्राथमिकता दिएको छः प्रधानमन्त्री

निजी क्षेत्रलाई सरकारले उच्च प्राथमिकता दिएको छः प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले देशको पर्यटन प्रवद्र्धनका निम्ति द्रुत...