back
CTIZAN AD

विश्वभरका गोरखालीको अध्यक्ष बने विनय, सार्वजनिक गरियो नौ बुँदे कार्ययोजना

वि.सं.२०७७ मंसिर ४ बिहीवार

822 

shares

विभिन्न देशमा रहेका गोर्खालीहरुको साझा संस्था ग्लोबल गोरखा समाज अन्तर्राष्ट्रिय समितिको अध्यक्षमा विनय अधिकारी(बेलायत) निर्विरोध निर्वाचित भएका छन् । भर्चुअल माध्यमबाट सम्पन्न समाजको दोस्रो महाधिवेशनले अधिकारीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो ।

लोकनाथ अधिकारी संयोजक र विकल आचार्य तथा छविलाल बगाले सदस्य रहेको निर्वाचन मण्डलले नयाँ कार्यसमितिको घोषणा गरेको हो । जसको उपाध्यक्षमा गोकर्णप्रसाद ढकाल(हङकङ), यदु लामिछाने(कोरिया), जानुका रेग्मी(स्पेन), श्रीकृष्ण भट्टराई(कतार), नारायण भट्ट(अमेरिका) र विनोद पोखरेल(जापान) रहेका छन् ।

त्यस्तै महासचिवमा अष्ट्रेलियाबाट त्रिलोचन पोखरेल र सचिवमा युएईबाट प्रकाश बन्जारा चयन गरिएका छन् भने कोषाध्यक्षमा आकाश बन्जारा रहेका छन् ।

समितिको सदस्यमा दिलबहादुर गुरुङ(हङकङ), शंकर लामिछाने(युएई), कृष्णप्रसाद बगाले(साउदी अरब), बासु अर्याल(जर्मनी), रामजी खत्री(कतार), विष्णुप्रसाद पन्त(बेलायत), डा सृष्टि पोखरेल(क्यानडा), प्रितम गुरुङ्(स्विट्जरल्याण्ड), कुलबहादुर वस्ती(पोल्याण्ड), विनीता अर्याल(फिनल्याण्ड), मनोहर रेग्मी(डेनमार्क), तुलसी अम्माई(नेदरल्याण्ड), प्रकाश भट्टराई(स्पेन), निर्मला अधिकारी(बेल्जियम), राम घले(बेल्जियम), ज्ञानेन्द्र न्यौपाने(कतार) कमला काप्री(जापान), सञ्जिव पन्त(अमेरिका), विक्रम घिमिरे(अमेरिका), खगेश्वर अधिकारी(इजरायल), सुरेन्द्र काप्री(फान्स) र हरि थापा(पोर्चुगल) रहेका छन् ।

महाधिवेशनले नयाँ कार्यसमितिलाई तीनमहिनाभित्र विधानको टुंंगो लगाउने जिम्मेवारी दिँदै त्यसका लागि हरिहर अर्याल, रामप्रताप थापा, डिल्ली ढकाल, बुधबल गुरुङ र कृष्ण लामिछाने रहेको विधान तथा नीति परिमार्जन समिति बनाएको छ ।

यसैबीच नयाँ कार्यसमितिको पहिलो बैठक सम्पन्न गरेको छ । भर्चुअल रुपमा सम्पन्न सो बैठकले  विभिन्न देशबाट सिफारिस भएका नामहरुलाई कार्यसमितिमा समावेश गरेको छ । त्यसैगरी संरक्षक समिति र सल्लाहकार समिति समेत बनाएको छ ।

कार्यसमितिमा थपियो
समाजले सचिवमा विराटबाबु खनाललाई (जापान) र सकुन्तला गुरुङ(युके) मनोनित भएका छन् ।
समाजको कार्यसमिति सदस्यमा मोती गुरुङ(जापान), प्रकाश बस्ताकोटी (अष्ट्रेलिया), प्रताप बगाले (माल्टा), रामचन्द्र ढकाल (यूएई), उर्मिला घले (हङकङ), मनिश भट्ट (स्पेन), किरणबहादुर गुरुङ (मलेसिया), खोप गुरुङ (कुवेत), पदम गुरुङ (बहराइन) र देवप्रसाद अधिकारी (बहराइन) रहेका छन् ।

संरक्षक समिति गठन, प्रमुख संरक्षकमा भवन भट्ट
एनआरएनए पूर्व अध्यक्ष भवन भट्ट प्रमुख संरक्षक रहने गरि ७ सदस्यीय संरक्षक समिति समेत गठन गरेको छ । समितिको संरक्षकमा एनआरएनए अध्यक्ष कुमार पन्त, ग्लोबल गोरखा समाजका निवर्तमान अध्यक्ष जयप्रकाश गुरुङ,एनआरएनए नैतिक पाठशालाका संयोजक कृष्ण लामिछाने, एनआरएनए पूर्व विधान समितिका सदस्य हरिहर अर्याल, एनआरएनए संरक्षक रामप्रताप थापा, एनआरएनए आइसिसी सदस्य डा विष्णुमाया परियार रहेका छन् ।

१६ सदस्यीय सल्लाहकार समिति गठन
समाजको सल्लाहकार समितिमा डा. राघब धिताल, डा. प्रदिप वाग्ले, डा. ठाकुर भट्टराई, डा. कुमोद धिताल, निर्मल अर्याल, डिल्ली ढकाल, विकलचन्द्र आचार्य, बुधबल गुरुङ, राकेश श्रेष्ठ, पितम गुरुङ, तिल कुमारी गुरुङ, ठाकुर दाहाल, मनिश अमात्य, मोहमद रमजान अलि मियाँ, इन्द्र बहादुर गुरुङ र चुडामणी भट्टराईलाई चयन गरिएको छ ।
सो बैठकमा अध्यक्ष अधिकारीले ९ बुँदे कार्ययोजना सार्वजनिकसमेत गरेका छन् ।

९ बुँदे कार्ययोजना सार्वजनिक
ग्लोबल गोरखा समाजको अध्यक्षमा निर्वाचीत भएसँगै अध्यक्ष अधिकारीले आगामी दुई वर्षे कार्यकालको लागि आफना कार्ययोजना सार्वजनीक गरेका छन् ।  आफू जन्मेको मातृभूमीमा केहि गरौ भन्ने भावनाले आफनो कार्यकाललाई सदुप्रयोग गर्ने बताउँदै आफना विभिन्न कार्ययोजनाहरु सार्वजनीक गरेका हुन् । उनले आफनो कार्यकालमा गोरखाबासी नेपाली समुदायलाई एकजुट बनाउँदै अगाडि बढ्ने बताउँदै हाल २९ देशमा गोरखालीको सञ्जाल विस्तार भएको मा अब विश्वभरि विस्तार गरिने बताएका छन् । हाल २९ देशमा गोरखाली समाज स्थापना भएको जानकारी दिँदै अधिकारीले अब विश्वभरि विस्तार गरिने जानकारी दिँदै अध्यक्ष अधिकारीले समाजलाई राजनैतिकमुक्त बनाई एक विशुद्ध प्रवित्र सामाजिक संस्थाको रुपमा विकास गरिने प्रतिबद्धतासमेत व्यक्त गरेका छन् ।

अधिकारीद्वारा सार्वज्निक गरिएको नौ बुँदे योजना यस्तो छ  :
१) संस्थाको विधी र विधानलाई अनुशरण गर्दै संस्थाका अग्रज ब्यक्तीत्व, सल्लाहकार, संरक्षकहरुहरुको राय सल्लाह अनुसार अगाडि बढ्ने,
२) ग्लोबल गोरखा समाजको दर्ता प्रक्रियालाई छिटो भन्दा छिटो सम्पन्न गर्ने,
३) प्रवासमा रहेका जिल्लागत संस्थाहरुमध्ये आगामी ६ महिनाभित्र लोबल गोरखा समाजलाई विश्वमा एक नम्बरको संस्थाको रुपमा स्थापीत गर्न लागिपर्ने,
४) विश्वब्यापी रुपमा गोरखाबासी नेपालीहरुलाई एकजुट बनाउँदै सबै देशमा सञ्जाल विस्तार गर्ने र सदस्यता संख्या बढाउने,
५)गोरखा जिल्लामा शिक्षा, स्वास्थ्यको गुणस्तरको पहिचान गर्दै गुणस्तरलाई माथि उकास्न र हाईडो पार्वरका सम्भाब्यतालाई पहिचान गरि प्रवासबाट गोरखाबासी नेपालीको लगानी जिल्लामा लग्ने वातावरण सृजना गर्ने,
६) प्रवासमा रहनु भएको गोरखाबासी नेपाली विज्ञहरुको पहिचान गर्दै क्षेत्रीय रुपमा विज्ञ भेला गर्दै गोरखाबासी नेपालीले विदेशमा सिकेको ज्ञान,सिप र प्रविधि भित्र्याउन पहल गर्ने । साथै ग्लोबल गोरखा समाजलाई चलायमान बनाउन विभिन्न टाक्स फोर्स कमिटि निर्माण गर्दै विज्ञहरुको भूमीका बढाउने,
७) विश्वभरि रहेका नेपालीहरुको साझा संस्था गैर आवासीय नेपाली संघ (एनआरएनए) सँग समन्वय गरि अगाडि बढ्ने,
८) ग्लोबल गोरखा समाजमा महिलाहरुको सहभागिता बढाउने र महिलालाई विशेष प्राथमिकतामा राखेर प्रोत्साहन गर्ने,
९)ग्लोबल गोरखा समाजलाई राजनैतिकमुक्त बनाई एक बिशुद्ध प्रवित्र सामाजीक संस्थाको रुपमा विकास गर्ने र सबैको भावना समेट्ने ।

वि.सं.२०७७ मंसिर ४ बिहीवार १७:४५ मा प्रकाशित

एनआरएनए क्यानडाद्वारा टोरोन्टोकाे जबरजस्ती करणीसम्बन्धी घटनाबारे आधिकारिक धारणा सार्वजनिक

एनआरएनए क्यानडाद्वारा टोरोन्टोकाे जबरजस्ती करणीसम्बन्धी घटनाबारे आधिकारिक धारणा सार्वजनिक

काठमाडौं ।  गैरआवासीय नेपाली संघ (एनआरएनए) क्यानडाले गतवर्ष टोरोन्टोमा सार्वजनिक...

बेलायतमा नेपाली समुदायलाई सतर्क रहन एनआरएनए यूकेको आग्रह

बेलायतमा नेपाली समुदायलाई सतर्क रहन एनआरएनए यूकेको आग्रह

काठमाडौं। बेलायतका विभिन्न स्थान, विशेषगरी उत्तरी आयरल्याण्ड लगायतका क्षेत्रमा आप्रवासनसम्बन्धी...

एनसीसी कतारको विवादपछि एकता, महाधिवेशनको निर्वाचन खर्च छानबिन अध्ययनको जिम्मा सागर नेपाललाई

एनसीसी कतारको विवादपछि एकता, महाधिवेशनको निर्वाचन खर्च छानबिन अध्ययनको जिम्मा सागर नेपाललाई

गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् (एनसीसी) कतारको लामो...

नेपाली विद्यार्थी समाज टेक्सासको अध्यक्षमा राजकुमार गिरी

नेपाली विद्यार्थी समाज टेक्सासको अध्यक्षमा राजकुमार गिरी

एल पासो, टेक्सास।अमेरिकाको टेक्सासस्थित द युनिभर्सिटी अफ टेक्सास एट एल...

दोहामा नेपाली श्रमिकका लागि सचेतना कार्यक्रम सम्पन्न

दोहामा नेपाली श्रमिकका लागि सचेतना कार्यक्रम सम्पन्न

दोहा, कतार । दोहास्थित नेपाली राजदूतावासले नेपाली श्रमिकहरूका लागि सचेतना...

अफ्रिकामा कूटनीतिक उपस्थितिको निरन्तरताका लागि गम्भीर ध्यानाकर्षण

अफ्रिकामा कूटनीतिक उपस्थितिको निरन्तरताका लागि गम्भीर ध्यानाकर्षण

काठमाडौं । अफ्रिकी क्षेत्रमा नेपाली कुटनीतिक उपस्थितिको निरन्तरताका लागि गम्भीर...