back
CTIZAN AD

ग्लोबल बैंकले स्थिर सम्पत्ति बिक्री गर्दै, ७ दिनभित्र प्रस्ताव आह्वान

वि.सं.२०८३ असार ३१ बुधवार

207 

shares

काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो एक शाखा कार्यालयको समायोजन पश्चात् बाँकी रहेका आन्तरिक सजावट तथा स्थिर सम्पत्तिहरू बिक्री गर्ने प्रक्रिया अघि बढाएको छ ।

बैंकले एक सूचना जारी गर्दै गुल्मी जिल्लाको तमघासस्थित अस्पताल लाइन शाखा कार्यालयका आन्तरिक भौतिक सामग्रीहरू जहाँ जे जस्तो अवस्था र परिमाणमा छन्, सोही अवस्थामा बिक्री गर्न लागिएको जानकारी दिएको हो ।

बैंकका अनुसार उक्त अस्पताल लाइन, तमघास १, गुल्मीमा रहेको शाखा कार्यालयलाई वि.सं. २०८३ साल असार ३१ गतेदेखि एक आपसमा समायोजन गरी एकीकृत कारोबार सञ्चालन गर्न लागिएकाले यो कदम चालिएको हो। समायोजन पश्चात् रिक्त रहने उक्त कार्यालयका आन्तरिक सजावट तथा स्थिर सम्पत्तिहरू बैंक तथा वित्तीय संस्था, बिमा कम्पनी, सहकारी संस्था वा अन्य कार्यालय प्रयोजनका लागि उपयुक्त रहेको बैंकले जनाएको छ ।

ती स्थिर सम्पत्ति तथा सजावटका सामग्रीहरू खरिद गर्न इच्छुक सङ्घ वा संस्थाहरूलाई सूचना प्रकाशित भएको मितिले ७ (सात) दिनभित्र आफूले खरिद गर्न चाहेको मूल्य खुलाएर औपचारिक प्रस्ताव पेश गर्न बैंकले आह्वान गरेको छ। इच्छुक खरिदकर्ताहरूले काठमाडौँको कमलादीस्थित ग्लोबल आइएमई बैंकको केन्द्रीय कार्यालयमा रहेको सामान्य सेवा विभागमा आफ्नो प्रस्ताव बुझाउनु पर्नेछ। यससम्बन्धी थप जानकारीका लागि बैंकको सामान्य सेवा विभाग वा ग्लोबल कनेक्ट नम्बरहरूमा सिधै सम्पर्क गर्न सकिने बैंकले जनाएको छ ।

May be an image of text

 

 

वि.सं.२०८३ असार ३१ बुधवार १३:५७ मा प्रकाशित

नेपाल बैंक र पिपल्स डेन्टल कलेज एण्ड हस्पिटल प्रा.लि बीच सम्झौता

नेपाल बैंक र पिपल्स डेन्टल कलेज एण्ड हस्पिटल प्रा.लि बीच सम्झौता

काठमाडौँ । नेपाल बैंक लिमिटेडमा खाता रहेका ग्राहकहरु र बैकमा...

तरकारी बोकेको ट्रक चण्डी खोलामा खस्दा एक जनाको मृत्यु, चालक घाइते

तरकारी बोकेको ट्रक चण्डी खोलामा खस्दा एक जनाको मृत्यु, चालक घाइते

मकवानपुर । मकवानपुरको भिमफेदी गाउँपालिका–२ तिलटारस्थित त्रिभुवन राजमार्गमा तरकारी बोकेको...

मौसम पूर्वानुमान : आज यी तीन प्रदेशमा भारी वर्षा हुने  !

मौसम पूर्वानुमान : आज यी तीन प्रदेशमा भारी वर्षा हुने !

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।...

एलपी ग्यासको आपूर्ति केही दिनभित्रै सहज हुन्छ–मन्त्रालय

एलपी ग्यासको आपूर्ति केही दिनभित्रै सहज हुन्छ–मन्त्रालय

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले बजारमा खाना पकाउने...

‘हेलो सरकार’मा एक वर्षमा ३२१ प्रतिशतले बढे गुनासा

‘हेलो सरकार’मा एक वर्षमा ३२१ प्रतिशतले बढे गुनासा

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो,...

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

काठमाडौँ । वर्तामान समयमा नेपालमा विद्युतीय सवारीको प्रयोग बढ्दो छ...