back
CTIZAN AD

नेता गुरुङको देउवालाई खबरदारी – नेकपासँग सती जान हुँदैन

वि.सं.२०७७ मंसिर ७ आइतवार

870 

shares

७ मंसिर, काठमाडौँ । नेपाली कांग्रेसका नेता धनराज गुरुङले पार्टी सभापति शेरबहादुर देउवालाई नेकपासँग सती जान नहुने भन्दै खबरदारी गरेका छन् ।

नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी भित्रको विवादका कारण पार्टी अब मिलाउनै नसकिने अवस्थामा पुगेको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासँग सत्ता साझेदारीका लागि आग्रह गरेका खबरहरु सार्वजनिक भैरहेका बेला नेता गुरुङले यस्तो खबरदारी गरेका हुन् ।

कांग्रेसलाई ५ बर्षको लागि प्रतिपक्षमा रहेर कार्य गर्ने जनादेश प्राप्त भएको भन्दै नेता गुरुङले टिव्टरमामार्फत ‘नेकपाको सत्ता भाँडभैलोमा सहभागी भएर नेकपासँगै कांग्रेस सती जानु नहुने’ बताएका हुन् ।

प्रधानमन्त्री ओलीले नेकपा फुटको संघारमा रहेको संकेत गर्दै प्रमुख प्रतिपक्षी कांग्रेसका सभापति शेरबहादुर देउवासँग शनिबार छलफल गरी आठ वटा मन्त्रालयको प्रस्ताव गरेका खबरहरु बाहिरीएका छन् । भने सभापति देउवाले यस विषयमा पार्टीमा छलफल गरेर उचित जवाफ फर्काउने जनाएका छन् ।

वि.सं.२०७७ मंसिर ७ आइतवार १७:४५ मा प्रकाशित

पूर्वतिर सर्दै वर्षा गराउने प्रणाली, आवश्यक सतर्कता अपनाउन आग्रह

पूर्वतिर सर्दै वर्षा गराउने प्रणाली, आवश्यक सतर्कता अपनाउन आग्रह

काठमाडौँ । हाल लुम्बिनी, कर्णाली, बागमती, मधेस र कोशी प्रदेशका...

१० महिनामा १९ खर्ब १६ अर्ब बढी रेमिट्यान्स भित्रियो

१० महिनामा १९ खर्ब १६ अर्ब बढी रेमिट्यान्स भित्रियो

काठमाडौँ । चालु आर्थिक वर्षको १० महिनामा विदेश गएका नेपालीले...

नवनियुक्त मन्त्रीद्वय गुरुङ र पुनद्वारा पद तथा गोपनियताको शपथ ग्रहण

नवनियुक्त मन्त्रीद्वय गुरुङ र पुनद्वारा पद तथा गोपनियताको शपथ ग्रहण

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नवनियुक्त गृहमन्त्री सुधन गुरुङ र...

बीस किलोमिटर नहर क्षेत्रमा अतिक्रमणः अतिक्रमण हटाउन सात दिने अल्टिमेटम

बीस किलोमिटर नहर क्षेत्रमा अतिक्रमणः अतिक्रमण हटाउन सात दिने अल्टिमेटम

महेन्द्रनगर । महाकाली सिँचाइ आयोजनाअन्तर्गतको पहिलो र दोस्रो चरणको मूल...

मन्त्रिपरिषद् बैठकमा डिडीसीको उत्पादन प्रवद्र्धनको एजेन्डामा छलफल

मन्त्रिपरिषद् बैठकमा डिडीसीको उत्पादन प्रवद्र्धनको एजेन्डामा छलफल

काठमाडौँ । स्वदेशी उत्पादनलाई राष्ट्रिय गौरवका रूपमा प्रवद्र्धन गर्न सरकारले...

बिपी राजमार्गको रोशी क्षेत्रमा सवारी आवागमन बन्द

बिपी राजमार्गको रोशी क्षेत्रमा सवारी आवागमन बन्द

काभ्रेपलाञ्चोक । सम्भावित जोखिमलाई मध्यनजर गर्दै बिपी राजमार्गमा आज मध्याह्न...