back
CTIZAN AD

अन्तर्राष्ट्रिय कलहरूमा रिटेल पल्स अवधि ६० सेकेन्ड कायम

वि.सं.२०८३ वैशाख ३१ बिहीवार

165 

shares

काठमाडाैँ । नेपाल टेलिकम ले फोन तथा मोबाइल सेवा प्रयोग गरी अन्तर्राष्ट्रिय आउटगोइङ कल गर्ने ग्राहकका लागि लागू गरिएको रिटेल पल्स अवधि (Retail Pulse Duration) मा परिमार्जन गरेको जनाएको छ। कम्पनीका अनुसार विभिन्न देशका दूरसञ्चार सेवा प्रदायकसँगको अन्तरसम्बन्ध (Interconnection) मा प्रयोग हुने एक्सेस कोड ००/१७२/१४२०/१४२१ प्रयोग गरी गरिने आउटगोइङ कलमा अब ६० सेकेन्डको पल्स दर लागू हुनेछ।

कम्पनीले २०८१ जेठ ३ गतेदेखि नेपाल दूरसञ्चार प्राधिकरणबाट प्राप्त स्वीकृतिअनुसार ५६ देशमा लागू गरिएको पुरानै पल्स दरलाई निरन्तरता दिएको हो। नयाँ व्यवस्था २०८२ जेठ ७ गतेदेखि कार्यान्वयनमा आउने जनाइएको छ।

यसअन्तर्गत अङ्गोला, अर्जेन्टिना, अमेरिकन सामोआ, अजरबैजान, बहामास, बेनिन, ब्राजिल, भुटान, चीन, कोमोरोस, कुक आइल्यान्ड, घाना, ग्रीनल्याण्ड, इरिट्रिया, इथियोपिया, फिजी, फ्रेन्च पोलिनेसिया, गाम्बिया, गिनी, गिनी-बिसाउ, हाइटी, भारत, इन्डोनेसिया, आइभरी कोस्ट, किर्गिस्तान, लेसोथो, लाइबेरिया, मकाउ, माल्दिभ्स, माली, मेक्सिको, माइक्रोनेसिया, मोजाम्बिक तथा रुवान्डालगायतका देशमा कल गर्दा ६० सेकेन्डको पल्स दर कायम रहनेछ।

त्यसैगरी नाउरु, न्यू क्यालेडोनिया, न्यूजिल्याण्ड, नाइजेरिया, नियु, पलाउ, पनामा, पपुवा न्यूगिनी, सामोआ, साउदी अरेबिया, सियरा लियोन, सोलोमन आइल्यान्ड, दक्षिण अफ्रिका, दक्षिण कोरिया, श्रीलंका, सुडान, सुरिनाम, स्वाजिल्याण्ड, टोगो, टोकेलाउ, टोङ्गा, टुभालु, वनुआटु र भियतनाममा समेत यही व्यवस्था लागू हुने बताइएको छ।

नेपाल टेलिकमले विभिन्न देशका दूरसञ्चार सेवा प्रदायकसँग सम्पर्क गर्न आवश्यक एक्सेस कोड व्यवस्था गरेको जनाएको छ। अन्तर्राष्ट्रिय कल गर्नुअघि सम्बन्धित एक्सेस कोड डायल गरी त्यसपछि सेवा प्रदायकको नम्बर डायल गर्नुपर्ने व्यवस्था रहेको कम्पनीले स्पष्ट पारेको छ।

वि.सं.२०८३ वैशाख ३१ बिहीवार ११:५४ मा प्रकाशित

महाशिलाका १५ घरपरिवार गाउँ फर्किएपछि व्यावसायिक खेतीतर्फ

महाशिलाका १५ घरपरिवार गाउँ फर्किएपछि व्यावसायिक खेतीतर्फ

पर्वत । जिल्लाको महाशिला गाउँपालिकाले बढ्दो बसाइँसराइ रोक्न ‘गाउँ फर्क...

पाँच किलो गाँजा र ब्राउन सुगरसहित चार जना पक्राउ

पाँच किलो गाँजा र ब्राउन सुगरसहित चार जना पक्राउ

सुरुङ्गा (झापा) । नेपाली प्रहरीले पाँच किलो गाँजा र १४...

भारतका प्रधानमन्त्री मोदी र सभापति लामिछानेबीच भेटवार्ता

भारतका प्रधानमन्त्री मोदी र सभापति लामिछानेबीच भेटवार्ता

काठमाडौँ । भारत भ्रमणमा रहनुभएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति...

नेपाली बजारमा प्योर डर्माको औपचारिक प्रवेश, १५ उत्पादन एकसाथ सार्वजनिक

नेपाली बजारमा प्योर डर्माको औपचारिक प्रवेश, १५ उत्पादन एकसाथ सार्वजनिक

काठमाडौं । युरोपेली स्किनकेयर तथा व्यक्तिगत स्याहार (पर्सनल केयर) ब्रान्ड...

आकस्मिक सेवा दिनुपर्ने बिरामीको मात्र उपचार गर्न बिमा बोर्डको निर्देशन

आकस्मिक सेवा दिनुपर्ने बिरामीको मात्र उपचार गर्न बिमा बोर्डको निर्देशन

काठमाडौँ । स्वास्थ्य बिमा बोर्डले निजी स्वास्थ्य संस्था (अस्पताल)लाई आकस्मिक...

मकैको खोस्टा उपयोगका लागि तालिम

मकैको खोस्टा उपयोगका लागि तालिम

दमौली (तनहुँ) । केही समयअघिसम्म मकै भित्र्याएपछि खेतबारी वा घरआँगनमा...