back
CTIZAN AD

सिटिजन्स बैंकद्वारा नवयुवा लक्षित “सिटिजन्स जेन–जी सेभिङ्ग अकाउन्ट” सञ्चालनमा

वि.सं.२०८३ वैशाख ३१ बिहीवार

387 

shares

काठमाडाैं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्ना ग्राहकहरुलाई उत्कृष्ट सेवा सुविधा उपलब्ध गराउने क्रममा नवयुवा लक्षित बचत खाता “सिटिजन्स जेन–जी सेभिङ्ग अकाउन्ट” संचालनमा ल्याएको छ । आज मिति २०८२ साल मंसिर ८ गतेका दिन बैंकको कर्पोरेट कार्यालयमा आयोजित एक कार्यक्रमका माझ बैंकका प्रमुख कार्यकारी अधिकृत श्री गणेशराज पोखरेल ज्यूले “सिटिजन्स जेन–जी सेभिङ्ग अकाउन्ट” को प्रारम्भ गरे ।

सार्वजनिक गरिएको यस बचत खाताले युवाहरू विशेषगरी विद्यार्थी, फ्रीलान्सर, क्रिएटर, उद्यमशील युवा तथा डिजिटल प्लेटफर्ममा सक्रिय जनसमुदायलाई उनीहरूको जीवनशैली अनुरूपको वित्तीय आवश्यकताको समाधान प्रदान गर्ने विश्वास बैंकले लिएको छ ।

यस बचत खाताका विशेषताहरुमा न्यूनतम रु १०० मा नै खाता सञ्चालन गर्न सकिनुका साथै वार्षिक ३.०२ प्रतिशत ब्याजदर प्रदान गरिनेछ । साथै, युवाग्राहकको कारोवारलाई सहज बनाउन चेकबुक, डिम्याट खाता, सि–आश्वा कमिशन तथा सि–आश्वा रेजिष्ट्रेशन जस्ता महत्वपूर्ण सेवाहरू पहिलो वर्ष निःशुल्क उपलब्ध गराइनेछ ।

डिजिटल सेवामा अझै बढी प्रोत्साहन दिन बैंकले एटीएम कार्ड, मोबाइल बैंकिङ, ई–कम कार्ड र इन्टरनेट बैंकिङ गरी चारै सेवा एकैपटक लिएमा मात्र रु ५०० मा उपलब्ध हुने विशेष बन्डल्ड सुविधा समेत राखेको छ, जसले युवाग्राहकलाई न्यून लागतमा सम्पूर्ण डिजिटल सुविधको पहुँच प्रदान गर्ने विश्वास बैंकले लिएको छ । ग्राहकहरूले ट्राभल कार्ड इश्यू चार्जमा ५० प्रतिशत छुट र मोबाइल बैंकिङमा समर्पित जेन–जी ड्यासबोर्ड मार्फत व्यक्तिगत डिजिटल अनुभवको आनन्द लिने अवसर पाउँनुहुनेछ । यस बचत खाता प्रयोगकर्ताहरूलाई पहिलो मोबाइल टप–अपमा २५ प्रतिशत नगद फिर्ता प्राप्त हुनेछ ।

“विश्वकै प्रतिष्ठित अवार्ड बैंक अफ द ईयर २०२४ को उपाधि प्राप्त गर्न सफल भएको बैंकले यस अघि नै फोनपेसँगको सहकार्यमा नेपालमै पहिलो पटक “सिटिजन्स फोनपे क्रेडिट कार्ड” भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा ल्याएको छ, फ्रिलान्सरहरूलाई लक्षित गरी विशेष ‘फ्रिलान्सर सेविङ्ज अकाउन्ट’ नामक नयाँ बचत खाता शुरु गरेको छ ।

नेपालमै पहिलो पटक मोबाइल बैंकिङ एपमार्फत नै शेयर आवेदन र ऋच्ल् नम्बर सेवा लिन सकिने सुबिधा लगायत क्रस बैंक टेलर सुविधा जसमा अन्य बैंकका ग्राहकले सिटिजन्स बैंकको शाखाबाट टेलर क्यू आर स्क्यान गरी नगद प्राप्त गर्न सकिने समेत ल्याएको छ ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी ६१ जिल्लामा फैलिएका आफ्ना २०० वटा शाखा, १६९ वटा ए.टि.एम., ३ विस्तारित काउन्टर र ४२ वटा शाखा रहित बैंकिङ्ग ईकाइहरुबाट १९ लाख ५४ हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदानगर्दै आएको छ ।

 

 

वि.सं.२०८३ वैशाख ३१ बिहीवार ११:५८ मा प्रकाशित

पाँच किलो गाँजा र ब्राउन सुगरसहित चार जना पक्राउ

पाँच किलो गाँजा र ब्राउन सुगरसहित चार जना पक्राउ

सुरुङ्गा (झापा) । नेपाली प्रहरीले पाँच किलो गाँजा र १४...

भारतका प्रधानमन्त्री मोदी र सभापति लामिछानेबीच भेटवार्ता

भारतका प्रधानमन्त्री मोदी र सभापति लामिछानेबीच भेटवार्ता

काठमाडौँ । भारत भ्रमणमा रहनुभएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति...

नेपाली बजारमा प्योर डर्माको औपचारिक प्रवेश, १५ उत्पादन एकसाथ सार्वजनिक

नेपाली बजारमा प्योर डर्माको औपचारिक प्रवेश, १५ उत्पादन एकसाथ सार्वजनिक

काठमाडौं । युरोपेली स्किनकेयर तथा व्यक्तिगत स्याहार (पर्सनल केयर) ब्रान्ड...

आकस्मिक सेवा दिनुपर्ने बिरामीको मात्र उपचार गर्न बिमा बोर्डको निर्देशन

आकस्मिक सेवा दिनुपर्ने बिरामीको मात्र उपचार गर्न बिमा बोर्डको निर्देशन

काठमाडौँ । स्वास्थ्य बिमा बोर्डले निजी स्वास्थ्य संस्था (अस्पताल)लाई आकस्मिक...

मकैको खोस्टा उपयोगका लागि तालिम

मकैको खोस्टा उपयोगका लागि तालिम

दमौली (तनहुँ) । केही समयअघिसम्म मकै भित्र्याएपछि खेतबारी वा घरआँगनमा...

अन्नपूर्ण आरोहणको ७६ वर्ष पूरा

अन्नपूर्ण आरोहणको ७६ वर्ष पूरा

म्याग्दी । अन्नपूर्ण प्रथम हिमाल आरोहण भएको ७६ वर्ष पूरा...