back
CTIZAN AD

अवैध गतिविधि नियन्त्रणमा प्रहरीको ‘स्विप अप्रेसन’ प्रभावकारी

वि.सं.२०८३ वैशाख ३० बुधवार

330 

shares

गण्डकी । समाजमा अवैध गतिविधि, गुण्डागर्दी गर्ने र शान्तिसुरक्षामा खलल पु¥याउनेविरुद्ध जिल्ला प्रहरी कार्यालय, कास्कीले सञ्चालन गरेको ‘स्वीप अप्रेसन’ प्रभावकारी देखिएको छ ।

उक्त अप्रेरसका क्रममा हालसम्म २०६ जनालाई नियन्त्रणमा लिई कारबाही गरिएको कार्यालयले जनाएको छ । यही असोज ९ गते पोखराका पाँच स्थानमा ‘स्विप अप्रेसन’ चलाई एकै रातमा १२३ जनालाई नियन्यत्रणमा लिएको प्रहरीले त्यसयता दुईपटक उक्त अप्रेसन सञ्चालन गरेको हो ।

असार १० गते राति पोखरामा विभिन्न स्थानमा ‘स्वीप अप्रेसन’ गर्दा थप ६१ जनालाई प्रहरीले पक्राउ गरेका थियो । यस्तै गत सोमबार राति बगर, टुँडिखेल, तेस्रापट्टि, बागलुङ बसपार्क, हरिचोक, बाटुलेचौर, लामाचौरलगायत क्षेत्रमा चलाइएको उक्त अप्रेसनका क्रममा २३ जनालाई नियन्त्रणमा लिइएको कार्यालयका प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले जानकारी दिए ।

सोमबार पक्राउ परेकामध्ये सात जनालाई अभद्र व्यवहार मुद्दामा अदालतबाट १० दिन म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको उनकोे भनाइ छ । सात जनालाई रु एक हजार जरीवाला तिराएर छोडिएको छ भने छ जनालाई आफन्तको जिम्मा लगाई तारेखमा लगाइएको हो । यस्तै तीन जनालाई जुवा मुद्दामा सात दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

रातको समयमा होहल्ला गर्ने, सार्वजनिक शान्ति सुरक्षामा खलल पु¥याउने, गाँजालगायत अवैध लागुऔषध सेवन गर्ने, जुवा खेलाउनेजस्ता अवैध गतिविधिमा संलग्नहरूलाई नियन्त्रणमा लिइएको प्रनाउ बस्नेतले बताए ।

जिल्ला प्रहरी कार्यालय र मातहतका प्रहरी युनिटबाट खटिएको टोलीले ‘स्विप अप्रेसन’ सञ्चालन गर्ने गरेको उनकोे भनाइ छ । लेकसाइडलगायत क्षेत्रमा गाँजाजन्य पदार्थ र मदिरा सेवन गरी रातिको समयमा होहल्ला गर्ने गरेको जनगुनासो बढेपछि प्रहरी विशेष अप्रेसन चलाएको हो ।

मदिरा र गाँजाजन्य पदार्थ सेवन गरेकालाई सम्झाइबुझाइ अभिभावकलाई जिम्मा लगाउने गरिएको प्रहरीले जनाएको छ । आपराधिक पृष्ठभूमि भएका, पटके रूपमा यस्ता क्रियाकलापमा संलग्न र चेकजाँचका क्रममा प्रहरीलाई उल्टै दुव्र्यवहार गर्ने व्यक्तिलाई अदालतमा मुद्दा दर्ता गरी कानुनी कारबाहीको प्रक्रिया अगाडि बढाइएको प्रनाउ बस्नेतले बताए ।

आपराधिक गतिविधि नियन्त्रण र शान्तिसुरक्षा कायम गर्न ‘स्वीप अप्रेसन’ प्रभावकारी देखिएको उनकोे भनाइ छ । यस अभियानले निरन्तरता पाउने प्रनाउ बस्नेतले बताए ।

वि.सं.२०८३ वैशाख ३० बुधवार १६:४६ मा प्रकाशित

रोनाल्डोको गोलमा पोर्चुगल विजयी, उज्वेकिस्तान ५–० ले पराजित

रोनाल्डोको गोलमा पोर्चुगल विजयी, उज्वेकिस्तान ५–० ले पराजित

काठमाडौँ । फिफा विश्वकप प्रतियोगिताअन्तर्गत आज भएको खेलमा पोर्चुगल विजयी...

विश्वकप फुटवल : इङ्ल्याण्ड र घानाबीचको खेल बराबरीमा

विश्वकप फुटवल : इङ्ल्याण्ड र घानाबीचको खेल बराबरीमा

काठमाडौँ । फिफा विश्वकप प्रतियोगिताअन्तर्गत आज भएको खेलमा इङ्ल्याण्ड र...

कूटनीतिमा महिला दिवसः विश्वव्यापी शान्ति र समावेशी शासनका लागि समान सहभागितामा जोड

कूटनीतिमा महिला दिवसः विश्वव्यापी शान्ति र समावेशी शासनका लागि समान सहभागितामा जोड

काठमाडौँ । आज अन्तरराष्ट्रिय कूटनीतिमा महिला दिवस विश्वका विभिन्न देशमा...

आजको मौसम विवरण : यी दुई प्रदेशमा तातो दिनको सम्भावना

आजको मौसम विवरण : यी दुई प्रदेशमा तातो दिनको सम्भावना

काठमाडौँ । हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र,...

ठगीको अभियोगमा तीन जना पक्राउ

ठगीको अभियोगमा तीन जना पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विदेश पठाउने...

विद्यार्थीलाई ‘करेसाबारी’ सम्बन्धी सीप सिकाइँदै

विद्यार्थीलाई ‘करेसाबारी’ सम्बन्धी सीप सिकाइँदै

मान्म (कालीकोट) । कालीकोटको महावै गाउँपालिकाले छवटा माध्यमिक विद्यालयमा पढ्ने...