back
CTIZAN AD

ऋषिकेशजंग शाह विश्व हिन्दू महासंघको कर्णाली प्रदेश संयोजकमा मनोनीत

वि.सं.२०७७ मंसिर ९ मंगलवार

1K 

shares

९ मंसिर, काठमाडौं । विश्व हिन्दू युवा संघको केन्द्रीय अध्यक्ष ऋषिकेशजंग शाह विश्व हिन्दू महासंघको कर्णाली प्रदेश संयोजकमा मनोनीत भएका छन् ।

महासंघका अध्यक्ष डाक्टर रामचन्द्र अधिकारीले केन्द्रीय कार्यालयमा एक कार्यक्रमको आयोजना गरी शाहलाई कर्णाली प्रदेश संयोजकको जिम्मेवारी दिएका हुन् ।

शाहले विश्व हिन्दू युवा संघको अध्यक्षको हैसियतले देशभर संगठन निर्माण तथा धार्मिक जागरणको कार्यक्रम गर्दै आएका छन् । उनी नेपालमा पूर्वीय दर्शनको नीति लागू हुनुपर्ने र नेपाललाई हिन्दू राष्ट्र बनाउनु पर्ने अभियानमा निरन्तर लागि रहेका छन् ।

बिश्व हिन्दू युवा संघको जिम्मेवारी पाएको केहि महिनामै संगठनलाई देशभर बिस्तार गरेर शाहले यसलाई बलियो धार्मिक संगठन बनाउन महत्वपूर्ण भूमिका समेत खेल्दै आएका छन् ।

शाहले छोटो समयमा युवा संघमा देखाएको सक्रियता तथा स्वदेश शाहले विदेशमा रहेका युवाहरुमा सनातन हिन्दु धर्म संस्कृतिकोको आकर्षण बढाउने एवम् ओमकार परिवारलाई जोड्ने प्रयास जस्ता संस्थाको हितमा गरेको उच्च मूल्यांकन गर्दै हाम्रो संस्थाको विधान अनुसार सातै प्रदेशमा प्रदेश सभामार्फत प्रदेश समिति गठन गर्ने वैधानिकता रहेकोले कर्णाली प्रदेशमा आवश्यक प्रक्रिया पुरा गरी प्रदेश भित्रका सबै जिल्लाहरुमा जिल्ला समिति गठन र पुनर्गठन गरी आगामी फाल्गुण मसान्तभित्र प्रदेश सभा सम्पन्न गर्ने तयारीका लागि कर्णाली प्रदेशसभा तयारी समितिको संयोजक तोकिएको जनाइएको छ ।

आफूलाई महासंघको कर्णाली प्रदेश प्रमुखको जिम्मेवारी प्राप्त भएकोमा आभार व्यक्त गर्दै उनले जिम्मेवारिलाइ मन बचन र कर्मले पुरा गर्ने अठोट ब्यक्त गरेका छन् ।

वि.सं.२०७७ मंसिर ९ मंगलवार १७:४६ मा प्रकाशित

देशैभरी मनसुन सक्रिय, आज यी स्थानमा भारी वर्षाको सम्भावना !

देशैभरी मनसुन सक्रिय, आज यी स्थानमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।...

आज विश्व आदिवासी मनाइदै, अधिकार र पहिचान संरक्षणमा जोड

आज विश्व आदिवासी मनाइदै, अधिकार र पहिचान संरक्षणमा जोड

काठमाडौँ । विश्वका आदिवासी जनजातिको अधिकार, पहिचान, संस्कृति र जीवनपद्धतिको...

झापाका हात्तीपीडितले पाए दुई करोड क्षतिपूर्ति

झापाका हात्तीपीडितले पाए दुई करोड क्षतिपूर्ति

भद्रपुर (झापा) । झापामा मानव–हात्ती द्वन्द्वका कारण एक वर्षमा करिब...

नेत्रज्योति सङ्घलाई ‘पब्लिक हेल्थ अवार्ड’

नेत्रज्योति सङ्घलाई ‘पब्लिक हेल्थ अवार्ड’

काठमाडौँ । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) को दक्षिणपूर्वी एशिया क्षेत्रीय...

सत्तारुढ सांसदको दोहोरो भूमिकामाथि डा. आचार्यको प्रश्न

सत्तारुढ सांसदको दोहोरो भूमिकामाथि डा. आचार्यको प्रश्न

काठमाडाैँ ।  वरिष्ठ अधिवक्ता एवं संविधानविद् डा भीमार्जुन आचार्यले सत्तारुढ...

१० घण्टामा प्रधानमन्त्री बालेनका दुई स्टाटस, देशलाई आत्मनिर्भर बनाउने यात्रामा साथ दिन आग्रह

१० घण्टामा प्रधानमन्त्री बालेनका दुई स्टाटस, देशलाई आत्मनिर्भर बनाउने यात्रामा साथ दिन आग्रह

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ले करिब १० घण्टाको अन्तरालमा...