back
CTIZAN AD

विदेशबाट फर्किएका युवालाई व्यवसायिक तरकारी खेती तालिम

वि.सं.२०७७ मंसिर ९ मंगलवार

774 

shares

स्याङ्जा । सूर्योदय क्लब स्याङ्जाले विदेशबाट फर्किएका युवाहरुलाई व्यवसायिक तरकारी खेती तालिम दिएको छ । पुतलीबजार नगरपालिका र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम युएनडिपीको आर्थिक सहयोग क्लबले तालिम दिएको हो ।

तालिममा नगरपालिकाभित्रका १४ वडाका ५० युवा कृषकहरु सहभागी छन् । तालिममा सहभागी कृषकलाई नगरपालिकाले छनौट गरि पठाएको हो ।

क्लबले जानकारी दिएअनुसार ताालिमपश्चात कृषकलाई ८५ प्रतिशत अनुदान सहयोगसहित तरकारी खेतीमा लगाईनेछ । जनाइएअनुसार प्लास्टिक घर, बिउ बिजनसहित क्लबले खेतीमा सहभागी कृषकलाई नियमित परामर्श तथा प्राविधिक सहयोग पनि गर्नेछ ।

क्लबका अध्यक्ष अनन्तकुमार श्रेष्ठका अनुसार व्यवसायिक कृषक सिर्जना गर्ने लक्ष्यसहित कार्यक्रम तयार गरिएको हो । तालिम कार्यक्रममा कोरोना भाइरस (कोभिड–१९)को महामारीबाट प्रभावित परिवारहरु र विदेशबाट फर्किएका युवाहरुलाई समेटिएको छ ।

तालिममा मलखाद व्यवस्थापन र उत्पादन पछि बजार व्यवस्थापनबारे पनि सिकाईने श्रेष्ठले जानकारी दिए ।

वि.सं.२०७७ मंसिर ९ मंगलवार १७:५२ मा प्रकाशित

पर्वत मिलन समाजका सदस्यलाई चरक मेमोरियल अस्पतालमा विशेष छुट

पर्वत मिलन समाजका सदस्यलाई चरक मेमोरियल अस्पतालमा विशेष छुट

पोखरा । पर्वत मिलन समाज, पोखरा र चरक मेमोरियल अस्पताल...

फापरखेत पहिरोको विकल्पमा मोटरेबल पुल

फापरखेत पहिरोको विकल्पमा मोटरेबल पुल

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला...

सात महिनामा सक्ने सम्झौता भएको सडक दुई वर्षमा पनि सकिएन

सात महिनामा सक्ने सम्झौता भएको सडक दुई वर्षमा पनि सकिएन

बागलुङ । निर्माण व्यवसायीको चरम लापरवाही बागलुङ जिल्ला सदरमुकामको एक...

तुलसा च्याउ दिदीका नामले चिनिन थालिन्

तुलसा च्याउ दिदीका नामले चिनिन थालिन्

दाङ । तुलसा आजकाल च्याउ दिदीका नामले चिनिन थाल्नुभएको छ...

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

कपिलवस्तु । कपिलवस्तु नगरपालिका–६ सिद्धिपुरस्थित भित्री सडकखण्डमा तीन जना सवार...

पहिरोले बेनी-जोमसोम सडक अवरुद्ध

पहिरोले बेनी-जोमसोम सडक अवरुद्ध

गण्डकी । कालीगण्डकी करिडोरअन्तर्गत म्याग्दी सदरमुकाम बेनीबाट मुस्ताङको जोमसोम जोड्ने...