back
CTIZAN AD

कोरोना भाइरसविरुद्ध अहोरात्र खटिएका नगरप्रमुख थापा आफै सङ्क्रमित बने

वि.सं.२०७७ मंसिर १३ शनिवार

747 

shares

१३ मंसिर, काठमाडौँ । आफ्ना नगरपालिकाका बासिन्दालाई कोरोना भाइरस सङ्क्रमणबाट जोगाउन अहोरात्र खटिएका सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापालाई कोरोना सङ्क्रमण भएको छ । प्रमुख थापाले आज सामाजिक सञ्जालबाट आफू कोरोना भाइरसबाट सङ्क्रमण भएको जानकारी दिँदै आफूसँग सम्पर्कमा आएकालाई परीक्षण गर्न र सचेत रहन आग्रह गरेका छन् । नगरपालिकाले कोरोना सङ्क्रमण रोक्न र सङ्क्रमितको व्यवस्थापनमा घुम्ती स्वाब सङ्कलनदेखि स्वास्थ्यका गतिविधिमा खटिनुभएका प्रमुख थापा आफै कोरोना सङ्क्रमित भएका हुन्।

होम आइसोलेसनबाटै नगरप्रमुख थापाले भन्नुभयो, “गत बिहीबार साँझ म घर पुगेपछि हल्का ज्वरोको महसुस भयो, शुक्रबार कोरोना परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आयो, हालसम्म पनि हल्का ज्वरोबाहेक अरु समस्या देखिएको छैन । केही दिनयता मसँग सम्पर्कमा आउनुभएका महानुभावलाई सतर्क रहन र कुनै समस्या देखिएमा कोरोना परीक्षण गरी ढुक्क हुन अनुरोध गर्दछु ।”

त्यसैगरी उपत्यका नगरपालिका फोरमले आज एक विज्ञप्ति जारी गर्दै फोरमका सदस्य एवं सूर्यविनायक नगरपालिकाका प्रमुख थापाको शीघ्र स्वाथ्यलाभको कामना गरेको छ । फोरमका अध्यक्ष विद्यासुन्दर शाक्य, उपाध्यक्ष चिरीबाबु महर्जन र सचिव मदनसुन्दर श्रेष्ठद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “आफ्ना नगरवासीलाई कोरोनाबाट जोगाउन कर्तव्यबोधका साथ अहोरात्र खटिने क्रममा नगरप्रमुख थापा आफैँ कोभिड–१९ बाट सङ्क्रमण हुनुभएकामा उहाँको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उहाँसँग सम्पर्कमा आउनुभएका सचेत रहेर पिसीआर परीक्षण गर्न आग्रह गर्दछौँ ।’

वि.सं.२०७७ मंसिर १३ शनिवार १९:१६ मा प्रकाशित

पशुपालनका निम्ति गोठ निर्माण गर्न अनुदान

पशुपालनका निम्ति गोठ निर्माण गर्न अनुदान

मुग्लिन (चितवन) । चितवनको इच्छाकामना गाउँपालिकाले किसानलाई व्यावसायिक पशुपालनमा आकर्षित...

सुनचाँदीको मूल्य बढ्यो

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।...

गोदावरीमा बगेर दुई महिलाको मृत्यु

गोदावरीमा बगेर दुई महिलाको मृत्यु

अत्तरिया (कैलाली)  । गोदावरीको बाढीमा परी दुई जनाको मृत्यु भएको...

मनै लोभ्याउने ‘माइपोखरी’

मनै लोभ्याउने ‘माइपोखरी’

फिक्कल (इलाम) । चारैतिर हरियाली जङ्गल, शान्त वातावरण । बीचमा...

विश्वकप फुटबलः चेक रिपब्लिकमाथि दक्षिण कोरियाको जित

विश्वकप फुटबलः चेक रिपब्लिकमाथि दक्षिण कोरियाको जित

काठमाडौँ । फिफा विश्वकप फुटबल प्रतियोगिता–२०२६ अन्तर्गत समूह ‘ए’ को...

विश्वकपका खेलहरु अवैध रुपमा स्ट्रिमिङ नगर्न दूरसञ्चारको निर्देशन, यसरी हेर्नुहोस् लाइभ

विश्वकपका खेलहरु अवैध रुपमा स्ट्रिमिङ नगर्न दूरसञ्चारको निर्देशन, यसरी हेर्नुहोस् लाइभ

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले फिफा विश्वकप २०२६ का खेलहरु...