
१४ मङ्सिर, सिन्धुली । एकनाले भरुवा बन्दुक सहित एकजना पक्राउ परेका छन् ।
दुधौली नगरपालिका–१२ सिन्कौलीबाट २ थान एकनाले भरुवा बन्दुक सहित सोही ठाउँ बस्ने ३० वर्षीय दल बहादुर बुढाथोकीलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
दलबहादुर र सोही ठाउँ बस्ने ३२ वर्षीय राजन कार्की बन्दुक बोकी हिँडिरहेको अवस्थामा ईलाका प्रहरी कार्यालय डकाहाबाट खटिएको प्रहरीले फेला पारी उनलाई पक्राउ गरेको हो ।
हाल फरार राजनको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरीले जानकारी दिएको छ ।