
१४ मंसिर,काठमाडौं । साताको पहिलो दिन आईतवार सेयर कारोवार नेप्से ७५ दशमलव ०२ अंकले बृद्धी भएर १९६८.२७ बिन्दुमा पुगेको छ । आज समग्र कारोवार ९ अर्ब नाघेकोे नेप्सेले बताएको छ ।
आज ठूला कम्पनीहरुको कारोवार मापक सेन्सेटिभ पनि दोहोरो अंकले वृद्धी भएको छ । आज सेन्सेटिभ १८.७६ अंकले बढेर ३८३.९३ बिन्दुमा पुगेको नेप्सेले जनाएको छ ।
आज चार कम्पनी उपसूचक समुहको परिसूचक बाहेका सबै ८ वटा कम्पनी उपसूचक समुहको परिसूचक उकालो लागेको छ । आज सबैभन्दा बढि जिवन बीमा कम्पनीका लगानीकर्ताहरुले कमाएका छन । उनीहरुले २४५.७५ अंकले कमाउएका छन् ।
आज कूल सूचिकृत मध्ये २०० कम्पनीको ९ अर्ब २२ करोड ७३ लाख ४८ हजार ३४८ रुपैयाँ वरावरको २ करोड ५९ लाख ४५ हजार ३८० कित्ता सेयर किनबेच भएको छ भने तिनको कारोवारमा ८० हजार २७१ पटक लेनदेन भएको छ ।
आजको कारोवारमा नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडले सबैभन्दा बढि कमाएको छ । उसले मात्र (४४) अंकले कमाउदै १० प्रतिशतको वृद्धि कायम गरेको छ । त्यस्तै अंकका आधारमा मुक्तिनाथ बिकास बैं (३९), प्रभु बैंक लिमिटेड(३४) ले कमाउदा विशाल बजार कम्पनी(४००), ग्लोबल आइएमइ लघुवित्त वित्तिय संस्था(४५), एनएमबि लघुवित्त वित्तिय संस्था(२९) लगायतका कम्पनीका लगातिकत्ताले गुमाएका छन् ।
आजको बजारमा कारोवार रकमको आधारमा नेपाल पुनर्बीमा कम्पनी शिर्ष स्थानमा रह्यो । उसको मात्र ५१ करोड ७९ लाख ९१ हजार ८३७ रुपैयाँ वरावरको कारोवार हुदा प्रतिकित्ता सेयर मुल्य १३७१ रहेको छ । त्यस्तै कुमारी बैंक लिमिटेड, नविल बैंक लिमिटेड, प्रभु बैंक लिमिटेड क्रमश दोश्रो, तेस्रो र चौथो स्थाानमा रहे ।
कारोवार संख्याको आधारमा कुमारी बैंक लिमिटेड शिर्ष संथानमा रह्यो । त्यस्तै सानिमा उक्यूटि फण्ड, प्रभु बैंक लिमिटेड, सिभिल बैंक लिमिटेड दोश्रो, तेस्रो र चौथो स्थाानमा रहे ।
आज कुल सूचिकृत कम्पनी मध्ये १०२ कम्पनीका लगानिकर्ताले कमाएका छनभने ५६ कम्पनीका लगानिकर्ताले गुमाएका छन् । त्यस्तै १४ कम्पनीको कारोवारमा कुनैपनि परिवरतन नआएको नेप्सेले जनाएको छ ।
Market Summary | |
Total Turnover Rs: | 9,227,348,348 |
Total Traded Shares | 25,945,380 |
Total Transactions | 80,271 |
Total Scrips Traded | 200 |
Index | Current | Points Change | %Change | ||
NEPSE | 1,968.27 | 75.02 | 3.96 | ![]() |
|
Sensitive | 383.93 | 18.76 | 5.14 | ![]() |
|
Float | 134.83 | 6.29 | 4.9 | ![]() |
|
Sen. Float | 123.97 | 7.4 | 6.35 | ![]() |
|
Sub-Indices | Current | Points Change | %Change | |
Banking | 1,549.89 | 112.32 | 7.81 | ![]() |
Trading | 2,284.94 | 35.37 | 1.52 | ![]() |
Hotels | 2,023.52 | 7.68 | 0.38 | ![]() |
Development Bank | 2,318.10 | 173.84 | 8.11 | ![]() |
HydroPower | 1,504.46 | 26.66 | 1.8 | ![]() |
Finance | 911.21 | 12.27 | 1.37 | ![]() |
Non Life Insurance | 9,675.15 | 45.55 | 0.47 | ![]() |
Manu.& Pro. | 4,368.82 | 37.27 | 0.85 | ![]() |
Others | 1,528.30 | 0.25 | 0.02 | ![]() |
Microfinance | 2,886.94 | 27.75 | 0.97 | ![]() |
Life Insurance | 11,216.03 | 245.75 | 2.24 | ![]() |
Mutual Fund | 11.72 | 0.05 | 0.41 | ![]() |