back
CTIZAN AD

बाग्लुङबाट काठमाडाैं आउँदै गरेको हेलिकप्टर चिलसँग ठोक्किएपछि आकस्मिक अवतरण

वि.सं.२०७७ मंसिर १४ आइतवार

720 

shares

१४ मंसिर, काठमाडौं । बाग्लुङबाट काठमाडौंका लागि उडेको कैलाश एयरको होलिकप्टर ठूलो दुर्घटना हुनबाट बचेको छ ।

बाग्लुङको गलकोट नगरपालिका वडा नं ३ का वडाअध्यक्ष वीरजंगसाहि सहित ६ जना सवार उक्त हेलिकप्टरमा एक्कासी चिल आएर ठोक्किदा हेलिकप्टरको अगाडिको भाग दुर्घटनाग्रस्त भएको छ । अगाडिका सिसा समेत फुटेको छ ।

उक्त घटना पश्चात हेलिकप्टलाई नुवाकोटको बेलकोटगढीमा आपतकालिन अवतरण गरिएको थियो । अग्रभागमा रहेका वडा अध्यक्ष साहीको हात र घुँडामा सामान्य चोट लागेको छ ।

‘पाइलटको साइडमा चिल ठोकिएको भए, सकुसल रहने सम्भावना थिएन । अर्को साइडबाट ठोकिएकोले कसैलाई केही भएन । मलाई हात र घुँडामा सामान्य चोट लागेको छ । म काठमाडौं आइपुगेको छु ।’ अध्यक्ष साहीले संसारन्युजसँग भने ।

उक्त हेलिकप्टरमा पाइलटसहित बाग्लुङबाट काठमाडौं फर्किन लागेका अमृत खत्री, सुरेन्द्र श्रेष्ठ, सरोज मल्ल, गीता मल्ल र वडाअध्यक्ष साही रहेका थिए ।

वि.सं.२०७७ मंसिर १४ आइतवार १६:०७ मा प्रकाशित

जन्मदिनमा ट्रम्पको ‘फाइट नाइट’

जन्मदिनमा ट्रम्पको ‘फाइट नाइट’

वासिङ्टन  । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो ८०औँ जन्मदिनलाई असामान्य...

कामपाको नीति तथा कार्यक्रमः फोहोरमैला व्यवस्थापन उच्च प्रथामिकतामा

कामपाको नीति तथा कार्यक्रमः फोहोरमैला व्यवस्थापन उच्च प्रथामिकतामा

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको १९औँ नगर अधिवेशनले आगामी आर्थिक वर्ष...

अल्लोबाट आत्मनिर्भर बन्दै रुमका महिला

अल्लोबाट आत्मनिर्भर बन्दै रुमका महिला

म्याग्दी । जिल्लाको मालिका गाउँपालिका–२ रुमका महिलाले जङ्गलमा खेर जाने...

पर्सामा एक सय किलो गाँजा पक्राउ

पर्सामा एक सय किलो गाँजा पक्राउ

काठमाडौैँ । जिल्ला प्रहरी कार्यालय पर्सा र सशस्त्र प्रहरी बल...

‘नेपाललाई आँखा उपचारको केन्द्र बनाउन सकिन्छ’

‘नेपाललाई आँखा उपचारको केन्द्र बनाउन सकिन्छ’

काठमाडौँ । विज्ञहरूले नेपालमा आँखा उपचारको सेवाका पहुँचमा वृद्धि भए...

प्रतिनिधिसभामा असार १ र २ गते मन्त्रालयगत विनियोजन शीर्षकमाथि छलफल हुने

प्रतिनिधिसभामा असार १ र २ गते मन्त्रालयगत विनियोजन शीर्षकमाथि छलफल हुने

काठमाडौँ । प्रतिनिधिसभामा विनियोजन विधेयक, २०८३ अन्तर्गत मन्त्रालयगत विनियोजन शीर्षकमाथि...