back
CTIZAN AD

ठमेलका व्यवसायीलाई सटरभाडा तिर्नै मुस्किल, व्यवसाय छोड्ने धेरै

वि.सं.२०७७ मंसिर १४ आइतवार

729 

shares

काठमाडौं । विगत १५ वर्षदेखि ठमेलमा सुति कपडाको होलसेल व्यापार गरि रहेका नरेशमान सिंह अहिले फुर्सदिला छन् । ५/७ जना कामदारसहित व्यस्त रहने उनको दैनिकी घाम तापेरै बितेको छ । व्यापारी सिंहको गुनासो छ – चाड वाड आउँदा पनि व्यापारमा सामान्य संकेत पनि आएन !

‘पहिला मेरो पसलमा काम गर्ने कामदार मात्र पाँच ५/७ जना थिए, सब काममा निकै व्यस्थ रहन्थे, अनलाईनमार्फत आउने माग, नेपालभित्रका रिटेलरहरुको सामान किन्ने भिड निकै बाक्लो हुन्थ्यो’, व्यापारी सिंहले भने, ‘तर अहिले दिन घाम तापेरै बितेको छ, चाड वाडले फेरिएला भनेको संकेत पनि आएन ।’

यहि व्यवसायबाटै एक छोरालाई डाक्टर र अर्कालाई आईटिसम्म पढाउन सकेका उनी हालको अवस्था देख्दा भने निकै उदासिन छन् । उनका अनुसार भाडासमेत तिर्न नसक्दा ठमेलका कतिपय व्यवसायीले व्यापारै छोडेका छन् । उनले अगाडि भने, ‘आफ्नै व्यवसाय गर्नेहरुको हालग निकै बिजोग भो, कतिले सामान उठाएर व्यवसाय छोडि पनि सके, कति भाडा तिर्न नसक्दा अहिलेसम्म पनि सटर खोल्न आएका छैनन्, अबको परिस्थिति के हुने हो निश्चित नहुँदा चिन्ता छ ।’

‘नेपाली ग्राहकहरुको चहल पहल हुने क्षेत्रमा त व्यापार ठिकै होला, तर ठमेल एरिया बिजोग छ’, अगाडि देखाउँदै सिंहले भने, ‘हेर्नुन न भए भरका विदेशी गन्न मिल्छ ।’

सिंहका अनुसार अनलाइन व्यापार गर्ने नेपाली रिटेलरहरु पछिल्लो समय सम्पर्कमा छैनन् भने विदेशी खरिदकर्ता पनि खरिद गर्न चाहँदैनन् । सिंह भन्छन्, ‘पहिला विदेशबाट हुने अनलाईन माग अहिले ठप्प छ, नेपालमा अनलाईन कारोबार गर्नेहरु पनि सम्पर्कमा छैनन् ।” यो अवस्था रहिरहे कहिलेसम्म टिक्न सकिन्छ उनी पनि अन्योंलमा छन् ।

आड नै पर्यटक भएको व्यवसायहरु मुस्किलमा

ज्याठा ठमेलमा रुद्धाक्षको व्यवसाय गर्ने विष्णु तामाङको अनुभव पनि निकै पीडादायक छ । विशेषगरि चिनियाँ पर्यटकको रोजाईमा पर्ने उनको व्यवसायमा पर्यटक नआएसँगै सुख्खा लागेको हो । तामाङको गुनासो छ, भेटिएका फाट्ट फुट्ट ग्राहकले पनि निकै सस्तोमा पाए मात्रै किन्छन् ।

‘पहिला चाईनिजहरु सबैभन्दा महंगो रुद्धाक्ष खोज्थे, अहिले फाट्ट फुट्ट भेटिएका ग्राहक पनि सबैभन्दा सस्तो खोज्छन्’, तामाङ अगाडि भन्छन्, ‘भाडासम्म तिर्ने व्यापार त होलाकि भनेर आयो कहिले काहिँत बोहनीसम्म पनि नभै फर्कने गरेको छु ।’

हस्तकलासँग सम्बन्धीत व्यवसायजस्तै हालत पर्यटककै भरमा चलेको होटेल तथा रेष्टुराँ व्यवसायको पनि छ । ठमेलस्थीत मेलरोज रेष्टुरेन्टका म्यानेजर बिनोद भट्टराई पाउना नआउँदा खोलुँ कि बन्द गरौं भन्ने स्थितिमा रहेको गुनासो सुनाउँछन् ।

‘पाँच छ जना गेष्ट आएर हाम्रो व्यवसायको भार थामिने अवस्था छैन, भाडा र कामदारको पारिश्रमिक पनि यसरी उठ्दैन्’, भट्टराईले भने, ‘यसरी खोल्ने कि बन्द गर्ने अन्यौंल बन्यो ।’

उनका अनुसार कुन व्यवसायी टिक्छ कि टिक्दैन् भन्ने कुरा अबको केहि महिनाको माहोलले देखाउने छ । ‘घेरै व्यवसायीहरु बिस्थापित भैँ सके, अब केहिले जसोतसो चलाई रहेका छन्, अझै २/३ महिना यस्तै अवस्था रहि रहे ठमेलका धेरै जसो सटर पक्कै बन्द हुन्छन्, त्यसको विकल्प छैन् ।’

उडान खुल्दा पनि आएनन् टिकट किन्ने

ठमेल क्षेत्रमा ट्राभल एजेन्सीहरुको संख्या निकै बढि छ । विशेषगरि पर्यटकलाई यात्रा गराउनको लागि माध्यमका रुपमा बनेका यी एजेन्सीहरु अहिले बन्द जस्तै छन् । खुलेका कतिपयमा काम शुन्य छ ।

न्यु अराइभल ट्राभलका निर्देशक रोसन अधिकारीका आन्तरिक तथा बाह्य उडान खुलेको झण्डै दुई महिनासम्म पनि कारोबार शुन्य छ । ‘उडान खुल्यो अब त व्यापार खुलेन, न कुनै हवाइ टिकट बिक्रि छ, न कुनै ग्रुप घुम्नको लागि भनेर सम्पर्कमा नै आएका छन्’, अधिकारीले भने, ‘झण्डै दुई महिनाको समयमा पनि व्यापार शुन्य बन्नु निकै दुःखद अनुभूति हो ।’

‘पर्यटकका लागि भिसा खुल्ला गर्दै सबै व्यवसाय खुल्ला गर्नुपर्छ’

सरकारले आन्तरिक तथा बाह्य उडान खुलाए पनि विदेशी नागरिकका लागि पर्यटक भिसा भने खुल्ला गरेको छैन् । पर्यटन व्यवसायी पर्यटकको आगमन सहज नबनाई पर्यटन क्षेत्रले गति नलिने बताउँछन् ।

ठमेल पर्यटन विकास परिषदका उपाध्यक्ष राजुमान ढंगोल आगमन भिसा खुल्ला गर्दै सबै व्यवसाय सञ्चालन गर्ने वातावरण नबनाएसम्म पर्यटन क्षेत्र खुल्न नसक्ने बताउँछन् । उनका अनुसार स्वास्थ्य मापदण्डलाई पालना गर्न दिँदै व्यवसाय खुल्ला गराउनुपर्छ । ‘पर्यटन मन्त्रालयमा पर्यटकहरुको लागि आगमन भिषा खुलाउन पर्ने र सम्पूर्ण व्यवसायहरु सुरक्षा मापदण्ड अपनाइ खुल्न दिनुपर्ने मागसहित ज्ञापनपत्र बुझाएका छौँ, हालसम्म हाम्रो कुराको सुनुवाइ भएको छैन’, उपाध्यक्ष डंगोलले भने, ‘सरकारले विदेशी पर्यटकका लागि आगमन भिसा खुल्लागर्नु पर्यो, सबै व्यवसायहरु पूर्ण रुपमा संचालन गर्न अनुमति दिनु पर्यो, तबमात्रै व्यवसायी सञ्चालनमा आउन सक्छन् ।’

उनका अनुसार अझै पनि सञ्चालनमा आउन नसकेका व्यवसायको कर्जाको ब्याज मिहनाला, विद्युतको शुल्क छुटलगायतका कुरामा सरकारले सहजीकरण गर्नुपर्छ । घरबेटीले भाडा छुट नगरी नहुने उनको भनाई छ । ‘परिषद व्यवसायिहरुको हालको अवस्थाप्रति जानकार रहेको छ, व्यवसायिहरुकै हितका लागि परिषदले विद्युत प्राधिकरण, घरधनीसँगको भाडा छुटको कुरा, पर्यटन मन्त्रालयलाई पर्यटन क्षेत्र खोल्न आग्रह र बैंकहरुलाई व्यवसायिहरुको कर्जाको व्याज चुक्ता गराउन निरन्तर लागिरहेको छ’, डंगोलले भने, ‘सरकारले यी सबै कुरालाई गम्भीरताका साथ लिएमात्र व्यवसाय सञ्चालनमा आउन सक्छन् ।’

वि.सं.२०७७ मंसिर १४ आइतवार १६:०७ मा प्रकाशित

ऊर्जा तथा आपूर्ति शृङ्खलाका अवरोध रोक्न लाग्नुपर्नेमा नेपालको जोड

ऊर्जा तथा आपूर्ति शृङ्खलाका अवरोध रोक्न लाग्नुपर्नेमा नेपालको जोड

काठमाडौँ । नेपालले ऊर्जा तथा आपूर्ति शृङ्खलाका अवरोध रोक्न अन्तरराष्ट्रिय...

मधेसमा एचआइभी संक्रमितको संख्या बढ्दो, बालबालिका र गर्भवतीमा पनि सङ्क्रमण

मधेसमा एचआइभी संक्रमितको संख्या बढ्दो, बालबालिका र गर्भवतीमा पनि सङ्क्रमण

सुरेश झा,जनकपुरधाम । मधेस प्रदेशका आठ जिल्लामध्ये पर्सा जिल्लामा एचआइभी/एड्स...

प्रधानमन्त्री कार्यालयको नाम जोडेर सचिवलाई नै धम्क्याउने व्यक्ति पक्राउ

प्रधानमन्त्री कार्यालयको नाम जोडेर सचिवलाई नै धम्क्याउने व्यक्ति पक्राउ

काठमाडौँ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको नाम दुरूपयोग गरी राष्ट्रसेवक कर्मचारीलाई...

लुम्बिनीमा यातायात नभएका जिल्लामा सेवा विस्तार

लुम्बिनीमा यातायात नभएका जिल्लामा सेवा विस्तार

तुलसीपुर (दाङ) । लुम्बिनी प्रदेश सरकारले यातायात व्यवस्था कार्यालय नभएका...

तीव्र गतिमा सवारीसाधन चलाउने चालक कारबाहीमा

तीव्र गतिमा सवारीसाधन चलाउने चालक कारबाहीमा

मुग्लिन –चितवन । तीव्र गतिमा सवारीसाधन चलाउने चालकलाई ट्राफिक प्रहरीले...

भारतले रोक्यो चिनी निर्यात, नेपालमा महँगीको डर

भारतले रोक्यो चिनी निर्यात, नेपालमा महँगीको डर

काठमाडौं । भारत सरकारले चिनी निर्यातमा तत्काल प्रभावबाट प्रतिबन्ध लगाएसँगै...