back
CTIZAN AD

कारको टायरमा गोली हानेर २० हजार ट्रामाडोलसहित तीन पक्राउ

वि.सं.२०८३ जेठ ३१ आइतवार

285 

shares

काठमाडौं । लागुऔषध नियन्त्रण ब्युरोको टोलीले ललितपुरमा कारको टायरमा गोली प्रहार गरी २० हजार क्याप्सुल ट्रामाडोलसहित तीन जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा बाराको सिम्रौनगढ नगरपालिका–३ निवासी ३५ वर्षीय जितेन्द्र पासवान तथा भारतीय नागरिक ३२ वर्षीय अहमद लड्न र ३३ वर्षीय महमद सद्दाम रहेका छन्।

ब्युरोका अनुसार बाराको सिम्रौनगढबाट काठमाडौंतर्फ आउँदै गरेको बागमती प्रदेश बीएडी ९२०१ नम्बरको रातो कारमा ठूलो परिमाणमा लागुऔषध ल्याइँदै गरेको सूचनापछि टोलीले कारको निगरानी तथा पिछा गरेको थियो। उक्त कारसँगै बा ५२ प ४५६७ नम्बरको मोटरसाइकल पनि रहेको प्रहरीले जनाएको छ।

प्रहरीले कार रोक्न खोज्दा चालकले भाग्ने प्रयास गरेपछि नियन्त्रणमा लिन कारको दायाँ टायरमा एक राउण्ड गोली प्रहार गरिएको लागुऔषध नियन्त्रण ब्युरोका एसपी तथा प्रवक्ता दुर्गाराज रेग्मीले जानकारी दिए।

कार नियन्त्रणमा लिएर गरिएको खानतलासीका क्रममा २० हजार क्याप्सुल ट्रामाडोल तथा पाँच थान मोबाइल फोन बरामद गरिएको प्रहरीले जनाएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

वि.सं.२०८३ जेठ ३१ आइतवार १३:४५ मा प्रकाशित

मध्यपूर्व तनाव घट्दै, ओपेक प्लसले उत्पादन कोटा बढाउने सम्भावना

मध्यपूर्व तनाव घट्दै, ओपेक प्लसले उत्पादन कोटा बढाउने सम्भावना

लन्डन । मध्यपूर्वमा युद्धपछि देखिएको तनाव क्रमशः कम हुँदै गएसँगै...

हुथी विद्रोहीको आक्रमणमा १४ यमनी सैनिकको मृत्यु

हुथी विद्रोहीको आक्रमणमा १४ यमनी सैनिकको मृत्यु

एडेन । यमनको इरान समर्थित हुथी विद्रोहीहरूले लाल सागर (रेड...

कङ्गोमा इबोलाको सङ्क्रमण समुदायस्तर मै फैलिँदै, हालसम्म ४९२ को मृत्यु

कङ्गोमा इबोलाको सङ्क्रमण समुदायस्तर मै फैलिँदै, हालसम्म ४९२ को मृत्यु

किन्शासा । ‘डेमोक्रेटिक रिपब्लिक अफ द कङ्गो’मा इबोलाको पछिल्लो प्रकोप...

मालदह आँपको मूल्य बढ्यो

मालदह आँपको मूल्य बढ्यो

धनुषा । मधेश प्रदेशमा मालदह जातको आँपको उत्पादन घट्दै गएपछि...

सरकारमा संविधानको मर्म र व्यवस्थाप्रतिको निष्ठा कमी देखियो: गगन थापा

सरकारमा संविधानको मर्म र व्यवस्थाप्रतिको निष्ठा कमी देखियो: गगन थापा

काठमाडौं । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले सरकारमा संविधानको मर्म...

उनन्चालिस लाख ठगीको अभियोगमा पक्राउ

उनन्चालिस लाख ठगीको अभियोगमा पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारेर रु ३९...