१९ मंसिर, काठमाडौं । सिद्धार्थ बैंकले नेपाल पर्वतारोहण संघलाई आर्थिक सहयोग गरेको छ । बैंकले बिहिवार काठमाडौंको नक्सालस्थित नेपाल पर्वतारोहण संघलाई सामाजिक उत्तरदायित्व अन्तर्गत एक लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको हो ।
सो रकम बैंकका तर्फबाट नायव प्रबन्धक भ्याली रिर्सोसेस अर्पण गिरीले संघका प्रमुख कार्यकारी अधिकृत कुल प्रसाद राईलाई हस्तान्तरण गरेका हुन् । उक्त रकम संघले नेपाल पर्वतीय पर्यटन प्रवद्घनको कार्य क्षेत्रमा खटिदा दुर्घटनामा परी निधन भएको आरोहीका बालबालिकालाई शैक्षिक छात्रवृत्ति प्रदान गर्नकालागि उपयोग गर्ने जनाएको छ ।
उक्त संघले विगत् ४७ वर्ष देखि नेपालको पर्वतीय पर्यटन क्षेत्र विकासको सहयोग गर्ने कार्य गर्दै आइरहेको र सो रकमबाट निधन भएका पर्वत आरोहीका २० जना बालबालिकाहरुलाई शैक्षिक छात्रवृत्ति प्रदान गर्ने जनाएको छ ।
वि.सं.२०७७ मंसिर १९ शुक्रवार १३:४९ मा प्रकाशित





























