काठमाडौँ । नयाँ चलचित्र जुग जुग जिओुको शूटिङमा ब्यस्त रहेका बलिउड अभिनेता वरुण धवनलाई कोरोना पोजेटिभ देखिएको छ ।
सामाजिक सञ्जाल मार्फत आफूलाई कोरोना सङ्क्रमण भएको वरुणले जानकारी गराएका छन् । इन्स्टाग्राममा वरुणले साथीहरूसँग भिडिओ च्याट गरेको स्क्रिनसट पोस्ट गर्दै लेखेका छन्, भिटामिन साथीहरू, महामारी समयमा पनि म काममा फर्केँ। हाम्रो प्रोडक्सन टोलीले सावधानीका सबै उपायहरू पनि अपनाएकै थियौँ ।
तर त्यतिले काफी भएन क्यारे ! थप सतर्कताको आवश्यक छ । सबै जना सुरक्षित रहौँ । हाल वरुण चन्दिगडमै क्वारेनटाइनमा बसिरहेका छन् । उनी मात्र नभई चलचित्रका अन्य टिमलाई पनि कोरोना सङ्क्रमण देखिएको छ ।
वि.सं.२०७७ मंसिर २३ मंगलवार ११:१४ मा प्रकाशित






























