back
CTIZAN AD

आहा रारा फुटबल प्रतियोगितामा अमेरिकाको टोली पनि

वि.सं.२०७३ माघ २ आइतवार

879 

shares

पोखरा । सहारा क्लब पोखराको आयोजनामा यही माघ ४ देखि १५ गतेसम्म पोखरा रङ्गशालामा हुने १५ औँ आहा रारा गोल्ड कप फुटबल प्रतियोगितामा अमेरिकाको एकसहित १२ टोलीको सहभागिता रहने भएको छ ।

यहाँ आज आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार अमेरिकाको अना युएसए फुटबल टिम, बङ्गलादेशको फरासगन्ज एससी र भारतको युनाइटेड सिक्किम फुटबल क्लबले भाग लिने छन् ।

त्यस्तै आयोजक सहारा क्लब, सुदूरपश्चिम ११ स्पोर्टिङ क्लब, धरान फुटबल क्लब, नेपाल एपिएफ क्लब, रमपम झापा ११, सङ्कटा क्लब, नेपाल पुलिस क्लब, लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ््दी क्लब र त्रिभुवन आर्मी क्लब छन् ।

प्रतियोगिताको विजेता टोलीले रु पाँच लाख एक हजार एक र उपविजेताले रु दुई लाख ५१ हजार एकसहित सिल्ड, पदक र प्रमाणपत्र पाउने क्लबका महासचिव केशवराज बरालले जानकारी दिनुभयो ।
प्रतियोगिताका उत्कृष्ट खेलाडीलाई नेपाल जनरल मार्केटिङ प्रालिद्वारा प्रायोजित एक थान ड्यास हिरो स्कुटर, प्रतियोगिता अवधिभर टिकट काटी अवलोकन गर्ने दर्शकमध्ये एक जनालाई गोलाप्रथाद्वारा एक तोला सुनको सिक्का र एलजी टेलिभिजन प्रदान गरिने क्लबका अध्यक्ष वीरभद्र आचार्यले बताउनुभयो ।

यस्तै बेस्ट किपर, डिफेन्स, मिड फिल्डर, स्ट्राइकर र प्रशिक्षकलाई पनि नगद पुरस्कार दिइने छ । प्रतियोगिताको मुख्य प्रायोजक हिमश्री फुड्स प्रालिद्वारा उत्पादित रु एक लाख बराबरको रारा तथा अन्य विभिन्न चाउचाउ पनि टिकटका दर्शकलाई वितरण गरिने कार्यक्रम छ ।

हङकङ निवासी समाजसेवी देव गुरुङले क्लबलाई रु ५१ हजार एक सय ११ सहारा क्लबलाई सहयोग गर्नुभएको छ । ‘रेडियो अन्नपूर्ण’का कार्यकारी प्रमुख दीपेन्द्र श्रेष्ठले आज उक्त रकम बराबरको चेक क्लबका अध्यक्ष वीरभद्र आचार्यलाई हस्तान्तरण गर्नुभएको थियो । रासस

वि.सं.२०७३ माघ २ आइतवार १०:१७ मा प्रकाशित

विश्वकप क्रिकेटः वेस्टइन्डिजविरुद्ध नेपाल ब्याटिङ गर्दै

विश्वकप क्रिकेटः वेस्टइन्डिजविरुद्ध नेपाल ब्याटिङ गर्दै

काठमाडौँ । आईसीसी पुरुष टी–२० विश्वकप क्रिकेट, २०२६ अन्तर्गत वेस्टइन्डिजविरुद्धको...

सात वर्षको उमेरमै विश्व कीर्तिमानः कान्छी अन्तराष्ट्रिय योग प्रशिक्षक आस्था घिमिरे सम्मानित

सात वर्षको उमेरमै विश्व कीर्तिमानः कान्छी अन्तराष्ट्रिय योग प्रशिक्षक आस्था घिमिरे सम्मानित

काठमाडौँ । योग क्षेत्रमा अभूतपूर्व इतिहास रचेकी विश्वकै कान्छी अन्तराष्ट्रिय...