back
CTIZAN AD

सुख्खा क्षेत्रमा खानेपानीको विशेष कार्यक्रम

वि.सं.२०७३ माघ २ आइतवार

1.2K 

shares

२ माघ,काठमाण्डौं। जनतालाई शुद्ध खानेपानी खुवाउने उद्देश्यले खानेपानी तथा ढल निकास विभागले सुख्खा क्षेत्र रहेका सात जिल्लामा विशेष कार्यक्रम सञ्चालन गरेको छ ।

विभागले सुख्खा डाँडामा बस्ती गरेर बसेका बासिन्दालाई शुद्ध पानी खुवाउने उद्देश्यले सुख्खा क्षेत्र खानेपानी आयोजना सञ्चालन गरेको हो । विभागका उपसचिव अरुणकुमार सिंखडाले सुख्खा क्षेत्रका बासिन्दालाई नदीको पानी मोटरबाट पानी तानेर प्रशोधन गरी खुवाउन सो कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “सबै नेपालीलाई शुद्ध खानेपानी खुवाउने लक्ष्यअनुसार यो कार्यक्रम ल्याएका हौँ ।” विभागले पाँचथरको यासोक र आङ्मामौवा, खोटाङको हलेसी, रामेछापको पकरबास र रामेछाप सुख्खा आयोजना, काभ्रेको तिमाल खानेपानी आयोजना, पाल्पाको कालीगण्डकी लिफ्ट खानेपानी आयोजना, गोरखाको दरौँदी लिफ्ट खानेपानी आयोजना र सुर्खेतको भेरी लिफ्ट खानेपानी आयोजना सञ्चालन गरेको हो ।

खानेपानी तथा सरसफाइ राज्यमन्त्री दीपक खड्काले सन् २०१७ को अन्त्यसम्म सबै नेपालीको घर घरमा शुद्ध खानेपानी पु¥याउने योजनानुसार मन्त्रालयले काम गरिरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “काठमाडौँ उपत्यकामा पनि मेलम्चीको काम द्रुतगतिमा अगाडि बढेको छ, अरु जिल्लामा पनि चाँडै खानेपानी पु¥याउने योजनाका साथ यस्ता कार्यक्रम ल्याएका हौँ ।

विभागले सुख्खा क्षेत्र खानेपानी आयोजना कार्यक्रमका लागि रु ६० करोड ९८ लाख विनियोजन गरेको छ ।

वि.सं.२०७३ माघ २ आइतवार १०:२४ मा प्रकाशित

भोटेकोशी बाढीः हालसम्म एक हजार ३२१ सम्पर्कविहीन

भोटेकोशी बाढीः हालसम्म एक हजार ३२१ सम्पर्कविहीन

नुवाकोट । भोटेकोशी बाढीका कारण हालसम्म नुवाकोट र रसुवा क्षेत्रबाट...

कृष्णभीर सडक भासियो, विज्ञ टोलीको अध्ययनपछि मात्र मर्मत गरिने

कृष्णभीर सडक भासियो, विज्ञ टोलीको अध्ययनपछि मात्र मर्मत गरिने

चितवन । पृथ्वी राजमार्गको कृष्णभीरमा आज बिहान भासिएको सडक अध्ययनका...

बाढीमा बेपत्ता भएका पर्साका दुई जना परिवारको सम्पर्कमा

बाढीमा बेपत्ता भएका पर्साका दुई जना परिवारको सम्पर्कमा

पर्सा । रसुवाको भोटेकोशी नदीमा गएको बाढीमा परी सम्पर्कविहीन भएका...

केरुङमा रोकिएका नागरिकलाई वैकल्पिक मार्गबाट नेपाल ल्याइन्छ : परराष्ट्रमन्त्री खनाल

केरुङमा रोकिएका नागरिकलाई वैकल्पिक मार्गबाट नेपाल ल्याइन्छ : परराष्ट्रमन्त्री खनाल

नुवाकोट । परराष्ट्रमन्त्री शिशिर खनालले भोटेकोशी बाढीका कारण चीनको केरुङमा...

माथिल्लो त्रिशूली–३ ‘ए’ मा उद्धारको प्रयास जारी, ‘ब्रेक–थ्रु’ छिट्टै

माथिल्लो त्रिशूली–३ ‘ए’ मा उद्धारको प्रयास जारी, ‘ब्रेक–थ्रु’ छिट्टै

काठमाडौँ । बाढीका कारण नुवाकोटस्थित माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजना...

विपद्मा कलाकारको हातेमालो

विपद्मा कलाकारको हातेमालो

गण्डकी । केही दिनअघि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आर्थिक...