back
CTIZAN AD

मन्त्री लेखकद्वारा भक्तपुरमा यातायात कार्यालय उद्घाटन

वि.सं.२०७३ माघ २ आइतवार

969 

shares

२ माघ,भक्तपुर। यातायात व्यवस्था विभागले जगातीबाट सवारी चालक अनुमतिपत्र सम्बन्धी सम्पूर्ण काम गर्ने गरी आजबाट शाखा कार्यालय खोलेको छ ।

अरनिको राजमार्गसँगै रहेको सो कार्यालय आज भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखकले उद्घाटन गर्नुभएको हो । देशभरीका सवारी चालक अनुमति पत्र अनलाइनबाटै दिन सरकारले तयारी गरेको बताउँदै उहाँले भन्नुभयो–“सवारी चालक अनुमति पत्रका लागि एउटा फाराम लिन समेत १५ घन्टा लाइन बस्नुपरेको मैले देखे, त्यस्तो समस्या अब अन्त्य गर्न सरकारले सवारी चालक अनुमति पत्र लिने, नवीकरण गर्नेदेखि यातायातका समग्र व्यवस्थापन अनलाइनको माध्यमबाटै गर्ने तयारी गरेको हो ।”

अहिले दिनमा पाँच सयवटा अनलाइन फारम दर्ता हुने गरेकामा अब उपत्यकाका चारवटै शाखाबाट दैनिक ५०० का दरले दिनमा २००० अनलाइन फाराम भर्ने व्यवस्था गर्न लागेको बताउँदै उहाँले अब लामो लाइनमा बस्ने झन्झट नहुने बताउनुभयो ।

अहिले मन्त्रालयले कार्यालय विस्तार र अर्को अनलाइन सेवालाई देशभर विस्तार गर्न लागेको बताउँदै उहाँले कार्यालय बढेअनुसार ट्रायल सेन्टर बढाउन पनि सुझाव दिनुभयो ।

कार्यालयमा अनियमितता रोक्न निर्देशन दिँदै मन्त्री लेखकले भन्नुभयो–“जहाँ भीड हुन्छ, त्यहीँ अनियमिमता हुँदो रहेछ, केही कर्मचारी लोभमा पनि फस्दा रहेछन्, त्यसले पनि कामलाई बाधा पुग्दोरहेछ, अब आजको काम आजै र केही घन्टाभित्रै हुने गरी काम गर्नुस्, अनियमितता र लोभमा परेमा त्यस्ता कर्मचारीलाई कारबाही गरिन्छ ।”

सचिव धनबहादुर तामाङले अब यातायात सम्बन्धी सबै काम सहज ढङ्गले हुने र जनताले दुःख भोग्नुपर्ने अवस्था अन्त्य हुने बताउनुभयो ।

ललितपुरमा पनि कार्यालय सञ्चालनमा ल्याइसकेको र अब केही दिनमै चाहबिलमा पनि कार्यालय सञ्चालनमा ल्याउने बताउँदै उहाँले उपत्यकाका चारवटै कार्यालयमध्ये जहाँबाट पनि सेवा लिन सकिने बताउनुभयो ।

कार्यक्रममा यातयात व्यवस्था विभागका महानिर्देशक चन्द्रमान श्रेष्ठले निकट भविष्यमा उपत्यका बाहिर थप कार्यालय स्थापना गर्ने तयारी भइरहेको बताउनुभयो । यातायात व्यवस्था कार्यालयका प्रमुख अनुज घिमिरले भोलि सोमबारबाट सवारी चालक अनुमतिपत्रको नवीकरण गर्ने र नेपालीकरण गर्ने कार्यको सुरुवात हुने बताउनुभयो ।

नयाँ अनुमतिपत्रको लागि भने कम्तीमा दुईसाता लाग्ने बताउँदै उहाँले कार्यालयले मापदण्ड पुगेको प्रयोगात्मक परीक्षा (ट्रायल) दिने स्थानको खोजी गरीरहेकाले तत्कालै नयाँ सवारी चालकको अनुमतिपत्र प्रदान गर्न कठिन भएकोे बताउनुभयो । रासस

वि.सं.२०७३ माघ २ आइतवार १०:३९ मा प्रकाशित

माथिल्लो त्रिशूली–३ ‘ए’ मा उद्धारको प्रयास जारी, ‘ब्रेक–थ्रु’ छिट्टै

माथिल्लो त्रिशूली–३ ‘ए’ मा उद्धारको प्रयास जारी, ‘ब्रेक–थ्रु’ छिट्टै

काठमाडौँ । बाढीका कारण नुवाकोटस्थित माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजना...

विपद्मा कलाकारको हातेमालो

विपद्मा कलाकारको हातेमालो

गण्डकी । केही दिनअघि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आर्थिक...

बाढी प्रभावित क्षेत्रमा निःशुल्क ‘भ्वाइस, डेटा र एसएमएस’ सुविधा

बाढी प्रभावित क्षेत्रमा निःशुल्क ‘भ्वाइस, डेटा र एसएमएस’ सुविधा

काठमाडौँ । नेपाल टेलिकमले भोटेकोशी बाढी प्रभावित क्षेत्र र आसपासका...

भोटेकोशी बाढीः त्रिशूली–३ आयोजनाको सुरुङको प्रवेशद्वार खोज्दै विशेषज्ञ टोली

भोटेकोशी बाढीः त्रिशूली–३ आयोजनाको सुरुङको प्रवेशद्वार खोज्दै विशेषज्ञ टोली

काठमाडौँ । रसुवास्थित भोटेकोशीमा आएको बाढीका कारण त्रिशूली–३ जलविद्युत् आयोजनाको...

भोटेकोशी बाढीः काभ्रेपलाञ्चोकबाट ३६ लाख सहयोग

भोटेकोशी बाढीः काभ्रेपलाञ्चोकबाट ३६ लाख सहयोग

काभ्रेपलाञ्चोक । भोटेकोशी बाढीप्रभावितको उद्धार, राहत तथा पुनःस्थापनाका लागि काभ्रेपलाञ्चोकका...

भोटेकोशी बाढीपछिको उद्धार तथा राहतमा  भारत–चीनसहित अन्तरराष्ट्रिय समुदायको सहयोग

भोटेकोशी बाढीपछिको उद्धार तथा राहतमा भारत–चीनसहित अन्तरराष्ट्रिय समुदायको सहयोग

काठमाडौँ । भोटेकोशी बाढी प्रभावित क्षेत्रमा जारी उद्धार तथा राहत...