back

मनोज गजुरेल र मिना ढकालबीचको विवाद अदालतसम्म पुग्ने निश्चित

वि.सं.२०७७ मंसिर ३० मंगलवार

276 

shares
RBB AD
NTC AD

काठमाडौं । चर्चित कलाकार मनोज गजुरेल र उनकी पूर्वपत्नी मिना ढकालबीचको कलह सामाजिक सञ्जालमा छरपस्ट देखिएको छ । सम्बन्ध विच्छेदपछि पनि आन्तरिक विषयमा कुरा नमिलेपछि यस्तो देखिएको हो ।

विवाद अब अदालतसम्म पुग्नेसमेत निश्चित पनि देखिएको छ । दुवै पक्षले अदालतको बहसबाट टुंगो लगाउनुपर्ने धारणा पनि सामाजिक सञ्जालमार्फत नै राखेका छन् ।

आन्तरिक जीवनबारे नबोल्ने गजुरेलले पनि पोखे कुरा

मिना ढकालसँगको सम्बन्ध विच्छेदपश्चात कलाकार मनोज गजुरेलले आफ्नो व्यक्तिगत जीवनबारे कहिल्यै पनि कुरा पोखेका थिएनन् । प्रसंगअनुसार उठेका प्रश्नमा पनि उनी छलेरै उत्तर दिने गर्दथे ।

तर, मंगलबार बिहान भने उनले दुईबीचको सम्बन्धबारे सामाजिक सञ्जालमार्फत निकै लामो कुरा पोखेका थिए । जसमा उनले आफ्ना सन्तान, साथीभाइ तथा शुभचिन्तकको आग्रह पछि निजि जीवनका कुरा सार्वजनिक गरेको बताएका छन् ।

फेसबुक स्टाटसमा उनले पूर्वपत्नी मिना ढकालको कारण आफ्नो निजि जीवन नै समस्यामा परेको खुलाएका छन् । मिना ढकालले विभिन्न माध्यमको प्रयोग गरि आफ्नो र आफ्नो परिवारको निरन्तर गाली बेईज्जती गरिरहेको भनाई गजुरेलको छ ।

‘झन्डै तीन बर्षअघि नेपालको कानुन अनुसार डिभोर्स गरेर सम्बन्ध सकिएको कुरा यहाँहरुलाई विदितै छ तर, कानुनी रुपमै आ(आफ्ना बाटो लागि सकेपछी पनि अर्को पक्षबाट विभिन्न माध्यमबाट बारम्बार गाली बेईज्जती गर्ने क्रम रोकिएन, एउटा सार्वजनिक र जिम्मेवार नागरिकको नाताले अहिलेसम्म मौन रहेँ, दुई सन्तानको जिम्मा लिएर बसेको अविभावकको नाताले चुपचाप सहेँ’, सामाजिक सञ्जालमार्फत उनले भनेका छन्, ‘तर, यो गाली बेईज्जती, अनावस्यक तनावको श्रृँखला बढ्दै गएर मेरो परिवारसम्म असर पर्न थाल्यो, त्यसैले केही प्रष्टिकरण दिन बाध्य भएको छु ।’

गजुरेलले फेसबुकमार्फत नैै कानूनी उपचारको बारेमा पनि खुलाएका छन् । उनले अबको विकल्प कानूनी उपचार नै भएको प्रष्ट बताएका छन् । ‘यो पोष्ट तथा कदम मेरा सन्तान, साथीभाइ तथा शुभचिन्तकको धेरै पटकको आग्रह पछि लेख्दैछु, अब कानुनी रुपमा न्यायका लागि अगाडि बढ्न खुट्टा उचाल्दैछु’, उनले भनेका छन् ।

ढकालको आक्रोशयुक्त स्टाटस, भन्छिन्– अबको बहस अदालतमै

यता, एकाएक गजुरेलको भनाई सामाजिक सञ्जामार्फत नै आएपछि आक्रोशित मिना ढकालले ‘युद्ध सुरु भएका’ संज्ञा दिएकी छिन् । पूर्वपति गजुरेलले सुरु गरेको युद्धमा आफुँ पछि नहट्ने भनाई उनको छ ।

गजुरेलको सार्वजनिक अभिव्यक्तिबाट आक्रोशित मिना ढकालले भने सुरु भएको युद्धको निकास अदालतबाटै खोजीने बताएकी छिन् ।

‘हट्ने होइन डटि लड्ने…अब मेडिकल काउन्सिल तिर नि धाउने । बाकी ५२ साल देखीका घट्ना परिघट्ना अनि डिभोर्स हुँदै आज सम्मका कुरा अदालत मै बहसका विषय बन्ने।’, सामाजिक सञ्जालमा ढकालले भनेकी छिन् ।

सामाजिक सञ्जालमा किन पोखियो विवाद ?

पछिल्लो समय कोरोना संक्रमणका कारण अस्पताल पुगेका गजुरेलप्रति सहानुभूति राख्दै ढकालले निकै भावुक खालको स्टाटस सार्वजनिक गरेकी थिइन् । जुन घटनापश्चात धेरैले दुईबीचको सम्बन्ध पुनः सामान्यकृत हुँदै गएको पनि बताएका थिए ।

तर, निको भएपछि गजुरेलले एक टेलिभिजन कार्यक्रममार्फत आफुँ दोस्रो विहे गर्ने सोंचमा रहेको बताएपछि विभिन्न अनलाईन तथा युट्युब मिडियामा मिना ढकालका प्रतिक्रियाहरु सार्वजनिक भएका थिए । जसबाट दुईबीचको सम्बन्धमा थप समस्यामा देखिएको अनुमान गर्न सकिन्छ ।

वि.सं.२०७७ मंसिर ३० मंगलवार १२:४३ मा प्रकाशित

NLIC AD
NABIL bank AD
नेपालमै पहिलो पटक ‘फर्की फर्की’ चलचित्रमा ‘टाइम लुप’को प्रयोग

नेपालमै पहिलो पटक ‘फर्की फर्की’ चलचित्रमा ‘टाइम लुप’को प्रयोग

काठमाडौँ । नेपालमा सामाजिक विधा (सोसल ड्रामा) मा धेरै चलचित्र...

श्रीमतीको उजुरीपछि गायक रवि ओड प्रहरी नियन्त्रणमा

श्रीमतीको उजुरीपछि गायक रवि ओड प्रहरी नियन्त्रणमा

काठमाडौं । नेपाल आइडल २ का विजेता गायक रवि ओड...

तनहुँमा प्रयोगात्मक चलचित्र निर्माण कार्यशाला

तनहुँमा प्रयोगात्मक चलचित्र निर्माण कार्यशाला

डुम्रे (तनहुँ) । जिल्लाको भिमाद नगरपालिका-२ रघुगाउँमा मगर चलचित्रकर्मी सङ्घको...

चलचित्रको कथा बोल्ने गीत ‘बुझिन् मैले’

चलचित्रको कथा बोल्ने गीत ‘बुझिन् मैले’

काठमाडौँ । केही समययता नेपाली चलचित्र ‘बोक्सीको घर’ मा समावेश...

नेपाली चलचित्रले दर्शकको साथ पाए

नेपाली चलचित्रले दर्शकको साथ पाए

काठमाडौँ । नयाँ वर्ष विसं २०८१ को सुरूभएदेखि नै दर्शकहरूले...

अभिनेता राई भन्छन्-अब निर्देशक बन्ने सोचमा छु

अभिनेता राई भन्छन्-अब निर्देशक बन्ने सोचमा छु

काठमाडौँ । अभिनेता दयाहाङ राई कुशल अभिनेतासँगै रङ्गमञ्चमा निर्देशकका रुपमा...