
२ पुस, काठमाडौँ । तीनदिन देखि लगातार घटेको सुनको मूल्य आज १४ सयले बढेको छ ।
बुधबार ९२ हजार १ सय मूल्यमा कारोबार भएको सुनको मूल्य आज १४ सयले बढेर प्रतितोला ९३ हजार ५ सय मूल्यमा कारोबार भइरहेको छ । यस्तै तेजाबी सुन पनि १४ सयले बढेर ९३ हजार ५० रुपैँयामा कारोबार भइरहेको छ ।
बजारमा सुनको मूल्य बढेसँगै चाँदीको मूल्य पनि बढेको छ । बुधबार प्रतितोला १२३० रुपैँयामा कारोबार भएको चाँदीको मूल्य आज २५ रुपैँयाले बढेर प्रतितोला १२५५ रुपैँयामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।