काठमाडौँ । कलाकार नाजिर हुसेन र लक्ष्मी वर्देवा फिचर्ड ‘चाकान चुकन’ गीतको भिडियो सार्वजनिक भएको छ । थिएटरका फाइन कलाकारले खेलेको भिडियोलाई दर्शकले सकारात्मक प्रतिक्रिया दिएका छन् ।
शंकर अधिकारील घायलको शब्द रहेको गीतमा बबुल गिरी र नित्याशिवाको स्वर छ । संगीत तथा एरेञ्ज बबुलकै हो । सुरेन्द्र मल्लको निर्देशन र कन्सेप्ट रहेको भिडियोको कोरियोग्राफी सियोन श्रेष्ठले गरेका हुन् । चक्र बहादुर बरालको छायाँकन रहेको भिडियोको सम्पादन सिलन लम्सालले गरेका हुन् ।
वि.सं.२०७७ पुस २ बिहीवार १२:२६ मा प्रकाशित


























