back
CTIZAN AD

ओली र प्रचण्डलाई कमल थापाको आग्रह – राजसंस्था पक्षधरलाई समेत लाज लाग्ने गरि गणतन्त्रणको धज्जी नउडाउनुहोस्

वि.सं.२०७७ पुस २ बिहीवार

813 

shares

पौष २, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सत्तारुढ नेकपाभित्रको किचलो बन्द गर्न आग्रह गरेका छन् । बिहिबार सामाजिक सञ्जाल ट्विटरमार्फत नेकपाका अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सम्बोधन गर्दै उनले यस्तो भनेका हुन् ।

उनका अनुसार गणतन्त्रवादी नेकपाको शैलीले राजसंस्थावादीलाई समेत लाज लागेको बताए । ‘अब अतिभो,गाईजात्रा बन्द गर्नुहोस् केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ हामी जस्ता राजसंस्थसहितको लोकतन्त्र पक्षधरलाई समेत लाज लाग्ने गरी गणतन्त्रको धज्जी नउडाउनु होस्’, सामाजिक सञ्जालमार्फत उनले भनेका छन् ।

उनका ओली र प्रचण्डले देखाएको गाईजात्राले दुवैको व्यक्तित्वसमेत धुलिसात भएको छ । सामाजिक सञ्जालमार्फत थापाले लोकलज्जाको ख्याल गर्न दुवैलाई आग्रह गरेका छन् ।

‘हिजो हिमालय पर्वत जस्तो भिमकाय तपाईंहरूको व्यक्तित्व खिया परेर अहिले धुलिसात भैसक्यो, कमसेकम लोकलज्जाको त ख्याल राख्नोस्’, उनले भनेका छन् ।

पछिल्लो समय सत्तारुढ नेकपाभित्र निकै किचलो छ । समाधान उन्मुख नदेखिएको किचलोप्रति चौतर्फी आलोचना भईरहेको छ ।

वि.सं.२०७७ पुस २ बिहीवार १२:२२ मा प्रकाशित

सालदुममा निःशुल्क स्वास्थ्य शिविर, ३५० विद्यार्थी प्रत्यक्ष लाभान्वित

सालदुममा निःशुल्क स्वास्थ्य शिविर, ३५० विद्यार्थी प्रत्यक्ष लाभान्वित

धादिङ । नागार्जुन सिकाइ केन्द्र, सालदुमको आयोजनामा गङ्गाजमुना गाउँपालिका–४ स्थित सालदुममा...

परराष्ट्रमन्त्री खनाल चार दिवसीय भ्रमणमा चीन प्रस्थान

परराष्ट्रमन्त्री खनाल चार दिवसीय भ्रमणमा चीन प्रस्थान

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनाल चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणामा...

यस्तो छ आजका लागि समितिले तोकेको कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि समितिले तोकेको कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

हात्तीले कुल्चेर एक महिलाको मृत्यु

हात्तीले कुल्चेर एक महिलाको मृत्यु

सुरुङ्गा (झापा) । मेचीनगरमा हात्तीको आक्रमणमा परी एक जना महिलाको...

भारतको कडाइपछि बन्द हुँदै चिया उद्योग, समस्यामा किसान

भारतको कडाइपछि बन्द हुँदै चिया उद्योग, समस्यामा किसान

इलाम । भारतले नेपाली चियामा कडाइ गरेपछि इलामको सूर्योदय क्षेत्रका...

आजको मौसम विवरण : कोशी प्रदेशमा चट्याङसहित वर्षा र हिमाली प्रदेशमा हिमपात हुने

आजको मौसम विवरण : कोशी प्रदेशमा चट्याङसहित वर्षा र हिमाली प्रदेशमा हिमपात हुने

काठमाडौँ । हाल देशको उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय...