
पौष २, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सत्तारुढ नेकपाभित्रको किचलो बन्द गर्न आग्रह गरेका छन् । बिहिबार सामाजिक सञ्जाल ट्विटरमार्फत नेकपाका अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सम्बोधन गर्दै उनले यस्तो भनेका हुन् ।
उनका अनुसार गणतन्त्रवादी नेकपाको शैलीले राजसंस्थावादीलाई समेत लाज लागेको बताए । ‘अब अतिभो,गाईजात्रा बन्द गर्नुहोस् केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ हामी जस्ता राजसंस्थसहितको लोकतन्त्र पक्षधरलाई समेत लाज लाग्ने गरी गणतन्त्रको धज्जी नउडाउनु होस्’, सामाजिक सञ्जालमार्फत उनले भनेका छन् ।
अब अतिभो,गाईजात्रा बन्द गर्नुहोस् @kpsharmaoli @cmprachanda
हामी जस्ता राजसंस्थसहितको लोकतन्त्र पक्षधरलाई समेत लाज लाग्ने गरी गणतन्त्रको धज्जी नउडाउनु होस्
हिजो हिमालय पर्वत जस्तो भिमकाय तपाईंहरूको व्यक्तित्व खिया परेर अहिले धुलिसात भैसक्यो।
कमसेकम लोकलज्जाको त ख्याल राख्नोस् pic.twitter.com/cbHRdcQ5sJ— Kamal Thapa (@KTnepal) December 17, 2020
उनका ओली र प्रचण्डले देखाएको गाईजात्राले दुवैको व्यक्तित्वसमेत धुलिसात भएको छ । सामाजिक सञ्जालमार्फत थापाले लोकलज्जाको ख्याल गर्न दुवैलाई आग्रह गरेका छन् ।
‘हिजो हिमालय पर्वत जस्तो भिमकाय तपाईंहरूको व्यक्तित्व खिया परेर अहिले धुलिसात भैसक्यो, कमसेकम लोकलज्जाको त ख्याल राख्नोस्’, उनले भनेका छन् ।
पछिल्लो समय सत्तारुढ नेकपाभित्र निकै किचलो छ । समाधान उन्मुख नदेखिएको किचलोप्रति चौतर्फी आलोचना भईरहेको छ ।